Saturday, August 26, 2017

नेपाल आइडलमा निशान र प्रतापलाई समर्थन गर्दा रामकृष्ण ढकाल विवादमा

हाल चर्चामा रहेको सांगितिक रियालीटि सो ‘नेपाल आइडल’मा शुक्रबार लोकप्रिय गायक रामकृष्ण ढकाल अतिथी निर्णायकका रुपमा पुगेका थिए। कार्यक्रममा उनले नामै तोकेर दुईजना प्रतिष्पर्धीलाई समर्थन गरेपछि उनी विवादमा तानिएका छन्।

कार्यक्रममा उनले आफ्नो मनपर्ने प्रतिस्पर्धी निशान भट्टराई र प्रताप दास रहेको बताउँदै भने, ‘प्रताप दास, निशान भट्टराई जस्तो राम्रो गायकहरु डेन्जर जोनमा पर्दा दुःख लाग्छ।’ उनले निशानका लागि कार्यक्रम सकिएपछि भोट हाल्ने आश्वासन दिँदै सबैलाई अनुरोध पनि गरे,‘हाम्रालाई भन्दा राम्रालाई भोट हालौँ।’

अतिथि निर्णायकका रुपमा पुगेका रामकृष्ण कार्यक्रममा यसरी प्रस्तुत हुँदै गर्दा बाँकी प्रतिष्पर्धीको मुहारमा निराशा झल्किन्थ्यो। अहिले रामकृष्णको यही प्रस्तुतीलाई लिएर सामाजिक संजालमा आलोचना भइरहेको छ।

रामकृष्णलाई इंगित गर्दै प्रदिप धमलाले ट्विटरमा लेखेका छन्, ‘जजको कुर्सी बाट ब्यक्ति तोकेर अझ म भोट तिमिलाई गर्छु भन्नू जायज हो र? अतिथि निर्णायक नै भएपनि आफुलाई सम्हाल्न सक्नुपर्थ्यो।’ अर्का एक दर्शक निश्चल पिएसले ‘नेपाल आइडलमा प्रतिष्पर्धीको समर्थनमा रामकृष्ण ढकालको अप्रत्याशित र पक्षपातपुर्ण कमेन्ट’ भन्दै ट्विट गरेका छन्। उता निशान र प्रतापका समर्थक भने रामकृष्ण र आफ्नो छनोट एउटै भएकोमा दङ्ग छन्। nepalkhabar

The post नेपाल आइडलमा निशान र प्रतापलाई समर्थन गर्दा रामकृष्ण ढकाल विवादमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xlB63A
via IFTTT

No comments:

Post a Comment