Monday, September 4, 2017

किन भनिन् रेखा थापाले राजेशपायललाई ‘आइ लभ यू’ ?

काठमाडौं, २० भदौ । नायिका रेखा थापाले गायक राजेशपायल राईलाई ‘आइ लभ यू’ भनेकी छन् । उनले फेसबुक स्टाटसमा राईलाई ‘आइ लभ यू’ लेखेकी हुन् ।

उनले यस्तो लेख्नुको पछाडी गायक लाई अघिल्लो साता रियालिटी शो ‘नेपाल आइडल’मा अतिथि निर्णायकका रुपमा जाँदा गाएको ‘तिमीलाई रोझे’ बोलको गीत हो । उनको प्रस्तुतिमात्रै राखेर ‘बेस्ट पर्फमेन्स टिल नाउ इन नेपाल’ शिर्षकमा अपलोड गरिएको भिडियो अहिले नेपालमा युट्युब ट्रेन्डिङको चार नम्बरमा छ। यही कारणले रेखाले राईलाई ‘आइ लभ यू’ लेखेकी हुन् ।

उनले मंगलबार बिहानै राजेशको उक्त प्रस्तुति रहेको भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘तिमीलाई रोझे, मुटु झिकेर तिमीलाई सुम्पिदिए। माई हिरो, फिलिङ, यू स्टोलन माई हार्ट। रेखा थापा लभ यू। रुद्रपिया बिइङ क्रेजी। आई लभ यू राजेशपायल राई।’

उनले ‘आइ लभ यू’ लेख्दै राजेशपायलको उक्त प्रस्तुतिको भिडियो फेसबुकमा सेयर गरेकीछ छन् । चारदिन अघिमात्रै रेखाले राजेशपायललाई ‘आई लभ यू’ लेखेर यही भिडियो सेयर गरेकी थिइन्। रेखा र राजेश निकटका साथी समेत हुन् । medianp

The post किन भनिन् रेखा थापाले राजेशपायललाई ‘आइ लभ यू’ ? appeared first on Taja nepali news.

http://ift.tt/2eY3LnO

from SHYANE http://ift.tt/2wAnFi8
via IFTTT

No comments:

Post a Comment