Sunday, September 3, 2017

बाढी पीडितका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती बनाउने

काठमाडौं, भदौ १८ –चर्चित कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ ।

फाउण्डेशनले बाढी प्रभावित तराईका १२ जिल्लाका २३ स्थानमा झण्डै ६५ लाख बरावरको राहत सामग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले पीडितहरुको अवस्थालाई देखेर आफूहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् ।

एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाए पनि कहाँ र कति लागतमा बनाउने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको फाउण्डेशनको भनाई छ ।

बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माणसँगै केही समयअघि मात्रै ५ अर्बको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको काम पनि निरन्तर अगाडि बढिरहने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्तीजस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भुकम्प प्रतिरोधी हुनेछ । फाउण्डेशनले यसअघि ३ वटा एकीकृत नमुना बस्ती सफलतापूर्वक निर्माण सम्पन्न गरेर नेपालीहरुको मन जितिसकेको छ । ujyaaloonline

The post बाढी पीडितका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती बनाउने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eRxhM6
via IFTTT

No comments:

Post a Comment