Saturday, September 23, 2017

आज दोस्रो पटक उत्तर कोरियाको आकाशमा अमेरिकी लडाकू विमान

एजेन्सी। उत्तर कोरियाले हिजो सातौं आणविक परीक्षण गरेको विषयमा संयुक्त राष्ट्रसंघका बहस चलिरहेका बेला आज बिहानै अमेरिकाले उत्तर कोरियाको आकाशमा अमेरिकाले लडाकू विमान उडाएको छ ।

उत्तर कोरियाले हिजोमात्रै सातौं परमाणु परक्षिण गरेको आशंका गरिएको थियो । त्यसको भोलिपल्टै अमेरिकाले शक्ति प्रदर्शन गरेको हो । आज अमेरिकाले यसरी लडाकू विमान उडाएको यो दोस्रो पटक हो । यसअघि अमेरिकाले १८ सेप्टेम्बरका दिन पनि उत्तर कोरियामाथि बमबर्षक विमान उडाएको थियो । १५ सेप्टेम्बरका दिन उत्तर कोरियाले जापानमाथि परमाणु मिसाइल हानेको थियो ।

The post आज दोस्रो पटक उत्तर कोरियाको आकाशमा अमेरिकी लडाकू विमान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ylmCjU
via IFTTT

No comments:

Post a Comment