Sunday, September 24, 2017

खुशिको खबर : अब छोरी जन्माउने परिवारलाई पाँच हजार भत्ता….

पर्सा, ८ असोज । हालै सम्पन्न तेश्रो चरणको स्थानिय तहको चुनावमा निर्वाचित पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानुले छोरी जन्माउने परिवारलाई छोरीको नाममा पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेका छन्।

अध्यक्ष श्रीलाल साह कानुले सपथग्रहण कार्यक्रममा छोरीको भु्रण हत्या गर्ने घटना बढेकाले निररुत्साहित गर्न यो अभियान सुरु गरेको बताए।

कानुले भने,‘छोरी जन्मने बितिक्कै बैंकमा मुद्धति खाता खोली रकम जम्मा गर्दिन्छौं।’ जम्मा भएको रकमले छोरीको पालन पोषण र उच्च शिक्षा सहयोग पुग्ने पनि उनले बताए।

त्यस्तै, अध्यक्ष कानुले ज्येष्ठ नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा भत्तामा गाउँपालिकाको अन्तरिक स्रोतबाट पाँच सय रुपैयाँ थप गरी वितरण गर्ने, गरिब जेहेन्दार विद्यार्थीलाई मासिक हजार रुपैयाँ छातवृत्ति दिने घोषणासमेत गरे।

The post खुशिको खबर : अब छोरी जन्माउने परिवारलाई पाँच हजार भत्ता…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wPJJSL
via IFTTT

No comments:

Post a Comment