Monday, September 4, 2017

इजरायलको प्रविधि पहिलो पटक परिक्षणको क्रममा नेपालको रामेछापबाट शुरुवात

रामेछापको खाँडादेवीमा निर्माणाधिन नेपालकै पहिलो सोलार लिफ्ट सिँचाई आयोजनाले विपन्न माझी बस्तीका एक सय रोपनी खेतीयोग्य जमिन सिंचाई गर्ने भएको छ ।

आयोजनाको सिंचाई राज्यमन्त्री अमरसिंह पुन मगरले निरिक्षणपछि रामेछापका सुख्खाग्रस्त क्षेत्र अन्तर्गत साविकका २९ गाविसमा यो प्रविधि लैजान मन्त्रालयले योजना अघि सारेको बताउनुभयो ।

सिचाई विभागले सुख्खाग्रस्त देश इजरायलको प्रविधि पहिलो पटक परिक्षणको क्रममा नेपालको रामेछापबाट शुरुवात गरेको बिभागका आयोजना प्रमख देवराज निरौलाले बताउनुभयो ।

विभाग अन्तर्गत नयाँ प्रविधिमा आधारित सिंचाई आयोजनाको ८५ लाख रुपैयाँमा सम्पन्न हुनेछ । सुनकोशी नदी छेउमा इनार निमार्ण गरी करिव ७ सय मिटर माथी निमार्ण गरिएको रिजर्भ ट्याकीमा सोलारको माध्यमवाट तानी जम्मा गरिएको पानीले सिचाई गरिनेछ ।news24nepal

The post इजरायलको प्रविधि पहिलो पटक परिक्षणको क्रममा नेपालको रामेछापबाट शुरुवात appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vZ5TSe
via IFTTT

No comments:

Post a Comment