Sunday, September 3, 2017

मृत्युदण्ड कुरेर बसेका एक व्यक्ति जसले आफ्नो अन्तिम इच्छा ब्यक्त गर्दा संसारलाई रुवायो

एजेन्सी । मृत्‍यु दण्ड कुरेर बसेका एक ब्यक्तिले आफ्नो अन्तिम इच्छा स्वरुप एउटा पेन्सिल र कागज मागे । निकैबेर लेखेर त्यस कैदिले त्यो चिठ्ठी आफ्नो आमालाई भनेर जेलको गार्डलाई थमाइ दिए ।

चिठ्ठी यस्तो थियो :
आमा !
यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्‍यु दण्ड दिइनु पर्छ । मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि त्यतिकै दोष छ। मैले एकजना केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ ? बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ। मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ ? त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका थियौ ।

मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिएँ । शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भएं। अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु ।

आमा, म त त्यतिबेला बच्चै थिए। म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ । जे हुनु भैगयो । म तिमीलाई माफ दिन्छु । संसारभरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु, ताकी उनारुले थाहा पाओस के ले मानिसलाइ असल र खराब बनाउँछ,,,,,,शिक्षा हो त्यो !सेएर गर्दै जानुहोला सबै नेपाली ले पढ्ने मौका मिलोस !!!

The post मृत्युदण्ड कुरेर बसेका एक व्यक्ति जसले आफ्नो अन्तिम इच्छा ब्यक्त गर्दा संसारलाई रुवायो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gBIvIg
via IFTTT

No comments:

Post a Comment