Friday, September 29, 2017

छोरीलाई हार्वडमा छोड्दा मुटु चिरेजस्तो भो, रोएँ’ -ओबामा

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नी छोरी मालियालाई कलेजमा छोड्न जाँदा मुटु चिरेजस्तो अनुभव भएको बताएका छन्। उनले आफूले आँशु थाम्न नसकेको पनि सुनाए।

सोमबार डेलावेयरको विलमिङ्टनमा बाल सुरक्षासम्बन्धी एक संस्थाको कार्यक्रममा बोल्दै ओबामाले आफ्नो अनुभूति सुनाएका हुन्।

‘मैले मालियालाई कलेजमा छोडेँ। त्यसबेला मेरो मुटु चिरेर शल्यक्रिया गरेजस्तो लागेको कुरा मैले जो र जिललाई सुनाएँ,’ उनले आफ्नो कार्यकालका उपराष्ट्रपति जो बाइडेनतर्फ इशारा गर्दै भने, ‘म गर्व गरिरहेको थिएँ, त्यसैले मालियाको सामुन्ने रोइनँ।

तर फर्किँदै गर्दा म सुँक्कसुँक्क गरेको र नाक सफा गरेको सेक्रेट सर्भिसका मान्छेहरुले नदेखे, नसुनेझैँ गरिरहेका थिए। यो निकै कठोर कुरा थियो।’

ओबामाकी ठूली छोरी १९ वर्षीया मालिया हाइस्कुल सकेपछि एक वर्ष अन्तर राखेर यसै वर्ष हार्वड भर्ना भएकी छन्।

ओबामा दम्पत्तीले नै हार्वड ल स्कुलमा पढेका थिए। एजेन्सी

The post छोरीलाई हार्वडमा छोड्दा मुटु चिरेजस्तो भो, रोएँ’ -ओबामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xR4FNv
via IFTTT

No comments:

Post a Comment