Saturday, September 30, 2017

खुशिको खबर: नेपालमा जन्मिएका बालकृष्ण परे भारतको २०१७ का धनीहरुको सूचीको आठौं स्थानमा

चिनियाँ अनुसन्धान संस्था ‘हुरुन’ले भारतमा सन् २०१७ का धनीहरुको सूची निकालेको छ जसको आठौं स्थानमा पतञ्जलीका प्रमुख कार्यकारी आचार्य बालकृष्ण आठौं स्थानमा परेका छन्।

गत वर्ष बालकृष्ण २५औं नम्बरमा थिए।

यो वर्ष उनको सम्पत्ति १७३ प्रतिशतले बढेर ७० हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब सवा ११ खर्ब नेपाली रुपैयाँ पुग्यो।

हुरुनका अनुसार, नोटबन्दी र वस्तु तथा सेवा कर जीएसटीले बालकृष्णको सम्पत्ति वृद्धिमा मद्दत गर्यो।

‍नोटबन्दीले संगठित क्षेत्रमा सकारात्मक प्रभाव पारेको ठानिएको छऽ

४४ वर्षका बालकृष्ण यही मार्चमा फोर्ब्स अखबारले निकालेको संसारका अर्बपतिहरुको सूचीमा ८१४ नम्बरमा थिए।

त्यतिखेर २०४३ अर्बपतिको सूची निकालिएको थियो।

चौकीदारको छोराबाट खर्बपति
प्रगति

गत वर्ष फोर्ब्सको सूचीमा भारतका १०० धनीको सूचीमा उनी साढे २ अर्ब डलरसहित ४८औं नम्बरमा थिए।

पछिल्लो आर्थिक वर्षमा पतञ्जलीले १० हजार ५६१ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो।

पतञ्जलीले बहुराष्ट्रिय कम्पनीहरुलाई कडा चुनौती दिइरहेको छ।
बालकृष्ण प्रसिद्ध भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी हुन्।
पृष्ठभूमि

बालकृष्णको जन्म नेपालमा भएको थियो र हरियाणाको एक गुरुकुलमा उनले योगगुरु रामदेवसँगै पढाइ गरेका थिए।

सन् १९९५ मा यी दुई जना मिलेर दिव्य फार्मेसीको स्थापना गरे।

सन् २००६ मा पतञ्जली आयुर्वेदको स्थापना भयो।

अहिले पतञ्जलीले श्याम्पूदेखि लिएर अनाज, साबुनदेखि लिएर चाउचाउसमेत बेच्छ।

हुरुनको सूचीमा पहिलो नम्बरमा मुकेश आम्बानी छन्।

उनको कुल सम्पत्ति २ लाख ५७ हजार ९ सय करोड भारतीय रुपैयाँ छ।

त्यो गत वर्षको तुलनामा ५८ प्रतिशतले बढेको हो। BBC

The post खुशिको खबर: नेपालमा जन्मिएका बालकृष्ण परे भारतको २०१७ का धनीहरुको सूचीको आठौं स्थानमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wpD0zu
via IFTTT

No comments:

Post a Comment