Tuesday, September 26, 2017

अब रहिनन् कलाकार लक्ष्मी राना मगर

कुनै बेला कम्प्युटर जस्तै नाच्ने उपमाले सुशोभित नृत्याङ्गना लक्ष्मी राना मगरको ४१ बर्षको अल्पायूमा उपचारकै क्रममा आज देहावसान भएको छ।उहाँ लामो समय देखि मृगौला सम्बन्धी समस्याबाट पिडित हुनुहुन्थ्यो। नेपाल मगर संघले उपचारमा सहयोग गर्दै उहाँको बनस्थली मिर्गौला हस्पिटलमा आज निधन भएको हो।उहाँ विगत आठ बर्ष देखि मृगौला सम्बन्धी समस्याबाट पिडित हुनुहुन्थ्यो।

पर्सा जिल्लाको वीरगञ्जबाट उति बेलाको चर्चित पञ्चम क्लबसँग आवद्ध भएर कला यात्रा शुरु गरेकी रानाले टेलिसिरियलको पकड राम्रो भएको बेला बाचा विर्सेको छैन,निमित्त नायक,एक साँझ लगायत थुप्रै टेलिशृङ्खलामा अभिनय गर्नु भएको थियो।उहाँ नृत्यमा यति पारङ्गत हुनुहुन्थ्यो कि उहाँले नृत्यबाटै धेरैको मन जित्नु भएको थियो।तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याको सिफारिसमा उहाँ पहिलो पटक फ्रान्समा कार्यक्रम गर्न जानुभएको थियो।उहाँले भारत,स्पेन,जापान,स्वीजरल्याण्ड,फ्रान्स लगायत सय भन्दा बढी देशहरुमा आफ्नो कला प्रस्तुत गर्नु भएको थियो।

लक्ष्मी राना एक समयको निकै व्यस्त नृत्यांगना हुनुहुन्थ्यो। स्टेज प्रोग्रामका लागि देश तथा विदेशका धेरै ठाउँहरुमा पुग्नुहुन्थ्यो। उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि काम गर्नुभएको थियो। उहाँको मुख्य विशेषता भनेको नेपाली सांस्कृतिक नृत्य थियो।लक्ष्मी राना मगरले मारुनी, टप्पा, झ्याउरे, स्याब्रु, मैथली सबै प्रकारका लोक नाचमा अब्बल हुनुहुन्थ्यो।साथै उहाँलाई साल्सा,ज्याज जस्ता मोर्डन डान्स पनि गर्नुहुन्थ्यो।

सानो छँदै बावु-आमाको मृत्यु भई सकेको र एक मात्र भाईको पनि केही बर्ष अगाडी मृत्यु भएको हुनाले अविवाहित लक्ष्मी राना मगर कालोपुल स्थित एक घरको सानो कोठामा एक्लै बस्दै आउनु भएको थियो।जीवनको लामो समय नृत्यकला र अभिनय गरेर कमाएको पैसाले मृगौलाको उपचार गर्दा गर्दै सकिएकाले नेपाल मगर सँघ,दीपशिखा फाउण्डेसन लगायतका संघसंस्था र सहयोगी मन भएका व्यक्तिहरुले उहाँको उपचारमा सहयोग गरिरहनु भएको थियो।
यस दुखद घडीमा उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना गर्दछौं।americanepal

The post अब रहिनन् कलाकार लक्ष्मी राना मगर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xxTXcf
via IFTTT

No comments:

Post a Comment