Tuesday, October 31, 2017

संसारकै होचो कलाकारमा गिनिज वर्ल्ड रेकर्डमा दीपेनको दाबी

काठमाडौं : गिनिज वल्र्ड रेकर्डमा संसारकै होचो कलाकारका रूपमा नेपाली कलाकार दीपेन शाहले दाबी गरेका छन् । केही समयअघि निर्माण भएको होचापुड्का कलाकारहरू अभिनीत चलचित्र सारथिमार्फत अभिनय यात्रामा लागेका दीपेन हास्य टेलिचलचित्र छेउ न टुप्पो तथा झ्याइँकुटी झ्याइँमार्फत दर्शकको मनमा बसेका थिए ।

यी टेलिचलचित्रमा समाज सुधारकको भूमिकामा देखिएपछि उनलाई उद्योगमा ‘दीपेन सर’ का नामले चिनिन्छ । ‘सारथिमा होचा कलाकारको खोजी भइरहेको छ भन्ने सुनेर खोज्दै पुगेको थिएँ, निर्देशकले पनि मन पराउनुभयो अनि कलाकार बनेँ’, आफ्नो अनुभव सुनाउँदै दीपेनले भने ।

सानैदेखि हिरो बन्ने सपना पालेका उनी अभिनय यात्रामा आफूले पाएको सफलताबाट उत्साहित छन् । ‘एक दिन हिरो बनेर देखाउँछु, हिरोइनसँग गीत गाउँछु, नाच्छु पनि’, सुटबुट र कालो टोपीमा ठाँटिएका उनले भने।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिकामा जन्मेका दीपेश अहिले १९ वर्षका भए । ‘जन्मँदा दुई पाउको थियो । हत्केलामा अटाउने’, बाबु दीपक शाहले भने, खाने, रुने सामान्य नै भए पनि साह्रै थोरै तौलको थियो । पछि निकै बिरामी पर्न थालेपछि हामी परिवार नै काठमाडौं सर्‍यौं ।

मेरो जागिर पनि यतै भएपछि उसको उपचारतिर लागियो । केही वर्षपछि उसको स्वास्थ्य सामान्य बन्दै गए पनि उचाइ भने बढेन ।’ ‘हामीले खाने ठूलो एक गाँस भात जति उसको आहारा छ । एउटा बल्ल खाइसक्छ’, छोराको खानपिनबारे उनले भने ।

सुरुमा उनकी आमा धनकुमारी छोराको उचाइले निकै चिन्तित थिइन् । कलाकारितामा लागेर नाम कमाउन थालेपछि भने उनको चिन्ता केही कम भएको छ । उनका दुई दिदी र एक दाजुको उचाइ भने औसत नेपालीकै छ । दीपेनको तौल अहिले ११ केजी र उचाइ ३१ इन्च छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दीपेनको नाम लेखाउन अहिले दीपेन शाह फान्डेसन र शिखर नेपालनामक दुई संस्था लागिरहेका छन् ।

हामीले पहिलो चरणमा पठाउनुपर्ने सबै डकुमेन्ट पठाइसकेका छौं । गिनिज रेकर्डले पनि पहिलो चरणको भेरिफिकेसन गरिसकेको छ । अबको तीन महिनामा दीपेनले विश्वका होचा कलाकारको प्रमाणपत्र पाउनेमा हामी विश्वस्त छौं । -शेखर खनाल, अध्यक्ष शिखर नेपाल

शिखर नेपालका अध्यक्ष शेखर खनाल भन्छन्, ‘हामीले पहिलो चरणमा पठाउनुपर्ने सबै डकुमेन्ट पठाइसकेका छौं । गिनिज रेकर्डले पनि पहिलो चरणको भेरिफिकेसन गरिसकेको छ । अबको तीन महिनामा दीपेनले विश्वका होचा कलाकारको प्रमाणपत्र पाउनेमा हामी विश्वस्त छौं ।’ ‘यो विधामा अहिलेसम्म गिनिज बुकमा कुनै दाबी नै परेको रहेनछ, त्यसैले हामीले नै पाउनेमा निर्धक्क छौं’, खनालले भने ।

खनाल र उनको संस्था शिखर फाउन्डेसनकै पहलमा यसअघि पनि खगेन्द्र थापामगरले गिनिज रेकर्डमा होचा व्यक्तिको प्रमाणपत्र पाएका थिए । ‘उचाइ कम भए पनि प्रस्ट बोली र तीक्ष्ण दिमाग भएकाले पनि दीपेनको दाबेदारीलाई अरूले उछिन्ने सम्भावना छैन । यो उचाइ र शारीरिक बनावट भएको प्रस्ट बोल्ने व्यक्ति पाउन गाह्रो पर्छ’, खनालले भने ।

ललितपुरको डाँफे स्कुलमा कक्षा १० अध्ययनरत दीपेन अहिले स्टेज कार्यक्रमहरूबाट राम्रै कमाइ गरिरहेका छन् । ‘छोराको कमाइबाट सन्तुष्ट छु’, बाबु दीपक भन्छन्, ‘होचो कलाकारका रूपमा विश्व कीर्तिमान रह्यो भने त झन् नेपालकै नाम रहन्छ । यसको पहलमा सहयोग गरिदिनेहरूलाई धन्यवाद छ।’
अभिनय र फिल्मतिर धेरै ध्यान दिएर पढाइमा अलि पछि परेकोमा केही चिन्ता लागे पनि छोराका अरू कुराले आफू सन्तुष्ट नै रहेको बताउँछन् दीपक । ‘दाजुले बिहे नगरेरमात्रै हो नत्र म बिहे गर्ने मुडमा पो पुगेको छु त’, रोमन्टिक बन्दै दीपेनले भने,

‘दाजुको पालो मिच्नु भएन के गर्नु? ’ उनले आफू कसैको प्रेममा परेको सम्म भन्न भ्याए । ‘अहिले नै सबै कुरा खुलाउनु त भएन नि’, उनले भने, ‘गिनिज बुकमा नाम लेखाउन पाए त देशकै नाम हुन्थ्यो । अनि बिहे गर्नुपर्छ ।’
from annapurnapost.com

The post संसारकै होचो कलाकारमा गिनिज वर्ल्ड रेकर्डमा दीपेनको दाबी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iOZb09
via IFTTT

नितम्ब बारेका ७ रोचक तथ्य जानी राखौं

तपाइँले मानिसका नितम्बका विषयमा विभिन्न खालेे जोकहरु सुन्नु भएकै होला । नितम्बका बारेमा धेरै कथा कहानीहरु पनि सुन्नु भएके होला । ती मध्ये कति सत्य होलान् कति असत्य । तर यहाँ नितम्बका विषयमा यस्ता तथ्य प्रस्तुत गरिएको छ, जुन पूर्ण सत्य छन् तर सुन्दैमा अचम्म लाग्छ ।

मानिसले आफ्नो नांगो नितम्ब देखाउने चलन कुनै नयाँ चलन होइन । यो ट्रेण्ड निकै पूरानो हो । रोमका मानिसहरुले पहिलो सताब्दीमै यो चलनको सुरुवात गरेका थिए र अहिले पनि विश्वमा कहीँकतै नांगो नितम्ब देखाउने कार्यक्रमकै आयोजना गरिन्छ ।

* शरीरमा सबैभन्दा ठूला र धेरै मांशपेशी हुने अंग नितम्ब नै हो ।

* अरुको नितम्ब देखेर मानिसमा उत्पन्न हुने यौन भावनालाई पाइगफिलिया भनिन्छ ।

* ब्रिटिस फेन्टासी रिसर्च प्रोजेक्टले गरेको अध्ययन अनुसार महिलालाई नितम्बमा स्पर्श गर्दा समेत यौनिक उत्तेजना प्राप्त हुन्छ । साथै आफ्नो नितम्बको प्रसंंशा अरुले गरिदिँदा पनि महिलालाई अर्कै आनन्दको अनुभुति हुन्छ ।

* एक अध्ययन अनुसार पुरुषलाई महिलाको नितम्बको साइजमा भन्दा त्यसको सेपमा बढि रुची हुन्छ ।

* शोधकर्ताहरुका अनुसार ठूलो आकारको हिप भएको महिलाबाट जन्मिएका बच्चाहरु स्लिम महिलाबाट जन्मिएका बच्चा भन्दा बढि बुद्धिमान हुन्छन् । आइन्स्टाइनकी आमाको हिप निकै ठूलो थियो ।

* सन् २०१४ मा अनुहारको सेल्फीलाई नितम्बको बेल्फीले जितेको थियो । अर्थात् विश्वमा सोसल मिडियामा महिलाले अपलोड गरेका आफ्ना तस्वीरमा अनुहारको सेल्फी भन्दा आफ्नो नितम्बको सेल्फी अर्थात् बेल्फीको संख्या धेरै थियो ।

The post नितम्ब बारेका ७ रोचक तथ्य जानी राखौं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ijz6lU
via IFTTT

लाइभ कार्यक्रममै रोए धुर्मुस सुन्तलि, आफुलाई लागेको आरोपबारे बोल्दै यसो भने हेर्नुहोस् भिडियो

पोखरा । आपतको समयामा पुकारीने नाम हो हे भगवान । जब आपतको बेला मानिस नै भगवानको रुपमा उभिन्छ तब साच्चिनै उ भगवानको ठाउमा नै रहन्छ । एक ठाउमा मात्र होइन हरेका ठाउमा जब समस्या र बिपत्तीको नाम आउछ तब त्यहाँ पुग्छ पहिले त्यहा पुग्छन् अहिलेका भगवान धुर्मुस सुन्तली । मैले यहा आएर धुर्मुस र सुन्तलीलाई भग्वान भनदिए कतै तपाई आपत्तित परेन ?

कलाकारिता गर्दा गर्दै समाजसेवा गर्न सुरु गरेर धेरैको लागि भगवान बन्न पुगेका धुर्मुस सुन्तलिले एक लाइभ कार्यक्रममा आँसु झारेका छन् । आफुमाथि लागेको बिभिन्न आरोपहरुको उत्तर दिदै उनिहरुले आफुमा गलत सोच (कुबुद्धि ) राख्ने सोचाई आएको दिनमा आफु धर्तिमै नरहने बताएका छन् । उनिहरुको जवाफ उनिहरुकै मुखवाट सुन्न हेर्नुहोस यो भिडियो

The post लाइभ कार्यक्रममै रोए धुर्मुस सुन्तलि, आफुलाई लागेको आरोपबारे बोल्दै यसो भने हेर्नुहोस् भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yZUQxr
via IFTTT

१०,००० बर्ष पुरानो, समुद्रभन्दा १३० फीटमुनि भेटियो श्रीकृष्णको द्वारका (भिडियो)

भारतको गुजरातमा अरब सागरमा १३० फीटको गहिराइमा १० हजार वर्ष पुरानो अवशेष फेला परेको छ । विज्ञहरूका अनुसार, यो द्वापर युगमा भगवान् श्रीकृष्णले बनाउनुभएको द्वारका नगरी हो ।अरब सागरमा प्रदूषणको मात्रा चिरहेको टोलीले यो सफलता हासिल गरेको हो ।सरकारले आधुनिक प्रविधि प्रयोग गरेर द्वारकाका अवशेषहरू पत्ता लगाइरहेको छ । सन् २००० देखि २०११ सम्म नेसनल इन्स्टिच्युट ओसन टेक्नोलोजीले समुद्रमा प्रदूषण जाँच गरिरहँदा अवशेष भेटेको हो ।समुद्रको गर्भमा एक पर्वत फेला परेको थियो ।

पौराणिक ग्रन्थअनुसार, भगवान् श्रीकृष्णले इहलीला समाप्त गरेपछि समुद्रले द्वारका नगरलाई डुबाइदिएको थियो ।वैज्ञानिक रूपमा हेर्दा महाभारतको युद्धमा आणविक बमहरूको प्रयोगपछि विश्वको तापक्रम बढेर समुद्रको जलस्तर बढेर द्वारका डुबेको हुनसक्छ ।अनुसन्धानका क्रममा ढुंगाको हतियार, माटोको भाँडो, नहर बनाउने संसाधन, स्नानागार, मूल्यवान पत्थरका साथसाथै मानव हड्डी पनि फेला परेको थियो । त्यसैले कुनै समयमा यहाँ मानव बस्ती थियो भन्ने देखिन्छ ।

यहाँ भेटिएको काठको सामानको कार्बन डेटिङले नौ हजार ५०० वर्ष पुरानो सामान भएको पत्ता लाग्यो । त्यसबाहेक यहाँ हडप्पा सभ्यतामा देखिएका तलाउ र स्नानागार जस्ता कुरा पनि भेटिए ।अनुसन्धानका क्रममा एक हजार नमूना भेटिए र तिनमा २५० वटा कुरा पुरातात्त्विक महत्त्वका छन् ।

The post १०,००० बर्ष पुरानो, समुद्रभन्दा १३० फीटमुनि भेटियो श्रीकृष्णको द्वारका (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lzoxQH
via IFTTT

एउटा दुखद मन छुने सत्य प्रेमकथा: जसले रुवाउने छ तपाईलाई, दुईमिनेट समय निकालेर अवश्य पढ्नुहोला

एउटा दुखद मन छुने सत्य प्रेमकथा: जसले रुवाउने छ तपाईलाई, दुईमिनेट समय निकालेर अवश्य पढ्नुहोला
“कसो-कसो एकदिन फेसबुकमा”find friend”तिर नजर लाउन मन लाग्यो।त्यहा धेरै थरीका”आईडीहरु थिए।।त्यसै बिच म पनी हेर्दै थिए”खोई कसरी मेरो नजर तिम्रो फोटो तिर गयो।

त्यहा एउटा छुट्टै आईडी थियो।हतपत गएर,त्यो आईडी चियाए”त्यहा तिम्रो फोटो देखे।।सायद पुरानो आईडी होला भन्दै”त्यस भित्र फोटो हेर्दै गए,तर अपसोच त्यो पुरानो आईडी नभएर”कसै सँग बोल्ने गोप्य आईडी थियो।

मनले मानेन,सोचेको थिए,नसोधौ,आखिर कति दिन झुट बोल्दो रैछ।।तर मनले मानेन”फोन गरे,उठाएन।पछि”I am bg cal back letter”भन्दै मेसेज आयो।।

मैले धेरै फोन गरे तर उम”फोन बरु अफ भयो।।मेसेज गरे”हजुर कति झुटो है भन्दै”।।त्यो दिनभर मलाई शरिरमा कुनै फुर्तिपन आएन।फेरि आउछ पनी कसरी”जब हरेक कुरामा आफ्नोपन देखाउथियो”माया गर्छु,तिमी नपाए मर्छु भन्थियो।त्यस्तो बेलुका”9बजे उस्ले फोन गर्यो।मैले रिसले बोलीदिए”म पहिला पनी उस्ले फोन गर्दा”अलिक रिसाए झै गर्थिए तर त्यो बेला साच्चै नै म आक्रोस थिए।।

उस्ले”के झुटो भन्दै मेसेज गरेकी भनेर सोध्यो”मैले सबै कुरा भने।।तर उ त मजाक गर्दै बोल्यो।।मलाई सम्झाउदै के-के भन्यो।।म पनी उसैको कुरा सहमत जनाउदै गए।

म प्रत्येक दिन”त्यो आईडी सर्ज गर्दै हेर्थिए”एकदिन मैले आफै”request”गरे।।एकैछिनमा”accept”भयो।।मैले उही नै होला भन्दै”राजा भन्दै मेसेज गरे तर उता बाट”सरी को हो भनेर मेसेज आयो।।

मैले उ जिस्किएको हो कि भन्दै”हजुरको बुढी भने तर फेरि उस्ले मलाई पागल हो भन्यो।।मलाई रिस उठ्यो।।को हो भनेर सोधे।
–उस्ले म”आरती भनेर मेसेज आयो।

मलाई त्यो बेला पनी उसैले मलाई सताई रहेको छ झै लाग्यो तर उस्को त्यो लेखाई नै भिन्न थियो।।मैले को हो तिमी?प्रोफाईलमा भएको मान्छे को हो भने?

–उस्ले लामो मेसेज गर्दैथिई।।

म पर्खी रहे,उ अनलाईन थिएन,सायद उही होला भन्ने भयो।।एकछिन पछि मेसेज आयो।।
–ए ए उ मेरो बोईफेण्ड हो,किन र?

–मलाई अहिले पनी उही जस्तो लागेर,मजाक गर्दै!अरे कस्ती पागल रैछे,मेरो उस्लाई अनेक भन्छे भन्दै मेसेज गरे।
–हो र!उ त मेरो बुढो हो नी भन्दै”लभवाला इमो पठाए।
–एकछिन पछि आतिए झै”सरी मैले हजुरको कुरा बुझीन?उस्को बिहे भाको छ र?

मलाई अब पुरा सक हुदै थियो।।मैले उसैलाई सबै सोधे”उस्को घर धरान रे।आरती मल्ल रैछ।मनमा पिर भए नी जान्न मन लाग्यो।सोधे कसरी चिनेउ,कति भयो लभ परेको?

–जब उस्का कुराहरु सुने तब मलाई पुरै उ प्रति रिस उठ्यो,कस्तो फल्ट मान्छे रैछ।।म सँग सम्बन्धमा रहदा पनी अरु सगै नजिक रैछ।।

–उ भन्दै थिई।दिदि म उस्लाई धेरै माया गर्छु”मलाई थाहा थिएन,उ यस्तो मान्छे हो भन्ने,हामी बिच सबै कुरा सियर भाको छ।।पिल्ज हजुर उस्को जिबन देखी टाढा गईदिनु”सायद उस्ले मलाई अब छाड्छ होला।

यो आईडी पनी उसैले बनाईदिएको हो।।आजभोलि उ परिबर्तन हुदै गाको छ।।किन भन्दा बिजी छु भन्छ।।यस्तो भन्दैथिई”बिचरा”कति कमजोर हुन्छन छोरी मान्छे”कोही कसैलाई पाउन आफ्नो शरिर दिन्छन तर उनीहरुले कुनै मजा लुटीरहेको हुन्छन।।

“म पनी त उस्की प्रेमीका,म पनी माया गर्थिए,प्रेम गर्थिए तर अब यस्को के अर्थ।जब कोही उस्की प्रेमीका सँग”उही माग्छ भने म के भनौ।।म केही बोल्नै सकिन,उ मेसेज गर्दैथिन,म एक पछि अर्को पढ्दैथिए।।एक्कासी उसैको फोन आयो”पहिला त सोचे”फोन नउठाउ तर गद्दार सँग टाढै रहे पनी”मनका कुरा भन्छौ भन्दै बोले।

“उ के छ”काली भन्दै थियो।।मैले सबै कुरा भनिदिए”रुदै”मन आफै रुने रैछ जति कन्टोल गरे पनी।।मैले सबै कुरा भनेर”सहन सकिन फोन राखे।।तब उस्ले मेसेज गर्यो।

”सरी पिल्ज।।हो मेरो गल्ती छ तर यो सबै अन्जानमा भयो।म तिमीलाई सबै भन्छु भन्दैथिए।।तर मौका पाईन।।लभ यु।।म तिमीलाई माया गर्छु”उ त मेरो जस्ट टाईम पास थिई।।

यस्तै भन्दै थियो।।कति सजिलै भन्छ है”टाईमपास रे”आखिर मैले उस्लाई बोल्नको लागी जति बिजी भए पनी समय दिएकै थिए।।कसैको जिबनमा आएर”उसैको शरिर स्पर्ष गरेर उ भन्दै थियो”यो सबै गल्ति भयो,अन्जानमा भयो तर यही पिडा मलाई भएको भए के हुन्थियो।

सुनेको थिए”छोरी मान्छेको ईज्जत भनेको माडोको भाडो हो रे”भोडे पछि सकियो।बिचरा”उस्ले पनी बिश्वासको साथ माया गरेकी थिई होली।यस्तै सोचे”रात भर।

–भोली पल्ट”उठ्ने बितिकै मेसेज गरिदिए उसैलाई।।

–सरी”म तिम्रो हुन सक्दिन।।तिमी यति सम्म गर्छौ भन्ने थाहा थिएन।।म कसैको बोझ हुन चाहान्न।।।कसैको मन सँग खेल्नु,उसेको शरिर छुनु त्यो तिम्रो गल्ती,अन्जान होला तर म त्यसलाई यो मान्दिन कि तिम्रो हरेक मोजमा म तिमीलाई सरी दिउ।

त्यसैले अब बाट मलाई फोन नगर भन्दै मेसेज गरे।।उस्ले फोन गर्दैथियो।।मैले मोवाईल”अफ पारीदिए।।अझ सिमै फेरिदिए।।फेसबुकमा कुनै दिन बोलिन”बरु मेसेज हेर्दै मौन बसीदे।।

पछि-पछि उ खोई!कता हराउदै गयो”कुनै खोजी भएन उस्को।।तर आज एक्कासी”उस्को साथीले”ओई भनेर बोलायो।मैले नरमका साथ”हजुर भनीदिए।।तर मैले जुन कुरा सुने त्यो कुरा साच्चै नै सपना हुनु नी झै भयो”आँखा बाट तरररररर”आँशु झरे”डाको छोडेर रुदै भने”सरी पिल्ज सरी”तिमी मलाई छाडेर नजाऊ।

म तिम्रो नजिक थिईन तर मन तिमी सगै थियो,भन्दै रुए।।।मैले आफुलाई सम्हाल्न सकिन”चिच्याएर रोए।।मेरो यो रुवाई देखेर”दिदि आएर मलाई के भयो भन्दैथिन”तर म त त्यही ढले छु।

पछि होस आउछ”म नजिकैको हस्पिटलमा थिए”आँखा बाट बगीरहेका थिए”उसैको सम्झनामा आँशु”मलाई आफु देखी नै रिस उठेको थियो।मेरो छेउमा मेरा परिवार सबै थिए।।”मलाई सिलेन दिईराको थियो।

म जुरुक्क उठेर”बाहिर जान खोजे तर सबैले मलाई प्रश्न गरे”के भयो?किन यसरी रुएकी।मैले जिद्दीका साथ”डाक्डरलाई भनेर”त्यो सिलेन नलगाउनु भने।

मेरो जिद्दीले उस्ले मेरो हातमा भएको”सुई झिक्यो”रगत बग्दैथियो तर कुनै मतलब थिएन”घर गएर”रुदै उस्को मेसेज हेरे”मर्न मन थियो”फेरि मलाई यो सुख भन्दा”त्यो मसानघाट नै प्यारो थियो”जहा उस्लाई पाउथिए”मरौ की झै लाग्यो तर म मरे पछि मेरा परिवार कसरी रहन्छन।।

म रोईरहे”मेसेज हेर्दैथिए। तब कलेज पढ्ने”साथीले फोन गरी”बोल्न मन थिएन”तर धरै पटक गरी”रुदै बोले”उस्ले पनी सम्झाउदैथिई रोएर केही हुन्न उ अब तेरो आँशु पछ्न पनी आउने छैन “बरु उस्को अन्तिम पटक मरे कै शरिर भए पनी हेर्न चाहान्छेस भने”उस्को घर जा।।तर म सँग यो सबै”सहने क्षमता थिएन।

कसरी म उस्को मृत्तक शरिर हेर्न सक्छु”म त पागल हुन्छु।।मैले फोन राखीदिए”हे भगवान किन यस्तो गरेउ”कती घात गर्छौ तिमी पनी भन्दै रोए।

उस्को प्रोफाईल हेरे”त्यहा उस्ले एउटा स्टाटस लेखेको रैछ”रुदै पढे”लेखीएको थियो।
-धेरै दिक्क नमान मेरै कारण,

यदि यसै गर्दै गयौ भने सहन सक्ने आट छैन मलाई”त्यागी दिन्छु तिमी बिनाको यो संसार ।मलाई झनै रुवायो”मेसेज हेरे”कति झुकीरहेको थियो म सामु”उस्को अन्तिम मेसेज हेरे।।त्यहा लेखिएको थियो।

–मेरो हरेक गल्ति माफ गर्दिने तिमी पिल्ज यो पनी माफ गर्देऊ।म तिमीलाई चाहान्छु।।हो!मैले अन्जानमा”उस्लाई छोए,त्यो रात गल्ती पनी भयो तर मैले जानेर हैन”तर तिमी यसै गरि टाडिएर गयौ भने सोच”तिमी बिनाको यो जिबन नै म त्यगी दिने छु।

–उस्का हरेक मेसेजले म पागल सरी बन्दै गए,रुदै गए,चिच्याएर भने”पिल्छ एक पटक मेरै सामु आएर भनिदेउन”मैले मजाक गरेको हुँ भनेर”पिल्ज आइदेउन”म तिम्रै हुने छु।।

The post एउटा दुखद मन छुने सत्य प्रेमकथा: जसले रुवाउने छ तपाईलाई, दुईमिनेट समय निकालेर अवश्य पढ्नुहोला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z31HGC
via IFTTT

कालिकोट बस दुर्घटना: ब्रेकफेल हुँदा पनि चालक कुवँरले बचाए ७० जना यात्रुको ज्यान

लकंराज धमाला : कालिकोट, १४ कार्तिक । कालिकोट जिल्लाको खडाचक्र नगरपालिकामा सुनार खोलामा बस दुर्घटना हुदा ३ जना घाइते भएका छन ।

जुम्लाबाट काठमाडौका लागी छुटेको ना. ५ ख ६३७ नम्बरको कर्णाली यातायतको बस दिउसो २ बजे दुर्घटना भएको हो । गाडिको ब्रकफेल भएपछि दुर्घटना भएको चालक सुरेन्द्र कुवरले बताएका छन ।

घाइते हुनेमा बैतडी जिल्ला सिबनाथ गाउपालिका वडा नं. ५ का बर्ष ३८ का तेज बहादुर चन्द, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका वडा नं. १० बर्ष ३८ कि टिकालक्ष्मी न्यौपाने, जुम्ला जिल्ला पातारासि गाउपालिका वडा नं. ५ बर्ष ३५ कि कोइरे बुढा घाइते भएका छन ।

घाइते मध्य टिकालक्ष्मी न्यौपान तेज बहादुर चन्दलाई जिल्ला अस्पताल कालिकोटले नेपालगन्ज रिफर गरेको छ । गाडिको क्षमता ४० जनाभए पनि ७० जना यात्रु सवार रहेका थिए ।

गाडिको बे्रेकफेल भएपछि चालक कुवँरले गाढि भित्ता तर्फ जोतेका थिए । कुनैपनि हालतमा बचाउनुपर्छ भन्ने चाहना भएकै कारण नआत्तिएर टुलो दुर्घना हुनबाट जोगाएको कुवँरले बताए ।

यात्रु र स्थानिय वासिन्दाहरुले ठुलो दुर्घना हुनबाट जोगाएको भन्दै चालक कुँवरलाई धन्यावाद दिएका छन् । त्यस्तै हिजो उदयपुर, गुल्मि लगायत देश भर दुर्घटनामा परी २० जना भन्दा बढिको ज्यान गएको छ ।enepalpost

The post कालिकोट बस दुर्घटना: ब्रेकफेल हुँदा पनि चालक कुवँरले बचाए ७० जना यात्रुको ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gZysxw
via IFTTT

हृदयविदारक क्षण : धादिङ बस दुर्घटनामा ज्यान गुमाएका नौ जनाको सामूहिक रुपमा अन्त्येष्टि

धादिङको गजुरीस्थित त्रिशूली नदीमा यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकाहरुको आज साँझ सामूहिकरुपमा अन्त्येष्टि गरिएको छ । दुर्घटनामा मृत्यु भएका सप्तरीका २४ जनामध्ये नौजनाको सप्तकोशीस्थित कोशी ब्यारेजमा सामूहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

अन्य १५ जनाको राजविराज, देउरी भरुवा, मानराजा, बोदे वरसाइन, शम्भुनाथ, कृष्णाशवरण गाउँपालिकालगायत मृतकको आ–आफ्नै गाउँमा अन्त्यसष्टि गरिएको छ । दुर्घटनामा मृत्यु भएका दुईजना अझै बेपत्ता छन् । राजविराजबाट काठमाडौँ गइरहेको ना६ख १४६७ नंको यात्रुबाहक बस शनिबार बिहान त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।

यस्तै, ज्यान गुमाएकाको स्मरण गर्दै राजविराजमा मैनबत्ती प्रज्वलन गर्दै हिजो साँझ श्रद्वाञ्जलि व्यक्त गरिएको थियो । सप्तरी युथ नेपालको अगुवाइमा स्थानीय गजेन्द्र चोक र दर्शन चोकमा मैनबत्ती प्रज्वलन गरी मौनधारण गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दाससहित विभिन्न कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, सर्वसाधारणको सहभागिता रहेको थियो ।

दुर्घटनामा मृत्यु भएकाहरुप्रति विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

The post हृदयविदारक क्षण : धादिङ बस दुर्घटनामा ज्यान गुमाएका नौ जनाको सामूहिक रुपमा अन्त्येष्टि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ihYtV4
via IFTTT

महान आमा, जसले छोरीलाई ‘भीरमा फालेर’ बचाइन् !

१४ कात्तिक, उदयपुर । माथिको तस्वीरमा दुईवटा दृश्य देखिन्छन् । पहिलो दृश्य सोमबार उदयपुरमा भीरबाट खसेर एकै डल्लो बनेको सुमो गाडीको हो । र, दोस्रो दृश्यचाहिँ विभत्स दुर्घटनामा परेर बाँच्न सफल ३ वर्षीया अवोध बालिका क्रिष्टिना राईको हो ।

भनिन्छ, हरेक आमालाई आफ्नो ज्यानको भन्दा बढी आफ्ना सन्तानको माया लाग्छ । ओखलढुंगा बिसंखुगढी निवासी अञ्जना राई यस्तै महान आमा सावित भएकी छिन्, जसले भीरबाट खस्दै गरेको गाडीबाट आफ्नी छोरीलाई फुत्त बाहिर मिल्काएर बचाइन् । र, आफूचाहिँ जीपसँगै गुल्टिएर रसातलमा अलप भइन् ।

‘छोरीलाई छाडेर तिमी कहाँ गयौं अञ्जना ? भाइटीका सकेर आजै बेलुका घर आइपुग्छु भन्थ्यौ, सधैंका हामीलाई छाडेर तिमी कहाँ गयौ ?’ कटारी अस्पतालमा अञ्जनाको शव अगाडि भक्कानिँदै उनका श्रीमानले यसरी विलौना गर्दा सोमबार अस्पतालमा केहीबेर सन्नाटा छायो ।

अञ्जनाको शवलाई कात्रोले बेरेको राखिएको थियो । बिसंखुगढी गाँउपालिका ७ बस्ने ३२ वर्षे श्रीमान जगत राई शवको छेउमा बसेर छाती पिट्दै ३ वर्षे छोरीलाई समातेर धेरैबेर रोए । यस्तो दारुण दृश्य देखेर छेउछाउमा उभिएका सबैका आँखाबाट बलिन्द्र धारा खसे ।

अघिल्लो दिन दुर्घटनाको खबर सुनेदेखि नै रसाएका कटारीबासीका आँखा जगत राईलाई देखेपछि थप रसाए । महिला दिदीबहिनीले घुँक्कघुँक्क गर्दै सामुहिक रोदनमार्फत मृतकप्रति श्रद्धाञ्जली प्रकट गरे ।

दुर्घटनामा परेकी श्रीमतीको शव बुझ्न ओखलढुंगाबाट कटारी आएका जगत राई श्रीमतीको शव छेउमा बसेर रोइरहँदा कसैले सम्झाउने कोशिस गरेनन् । उनको जोडी फुटाएर दुर्घटनाले लगिसकेको थियो । उनीसँग अब दुई छोरी मात्रै छन् । बेलुका घर आइपुग्छु भनेकी श्रीमतीले अब कहिल्यै नआउने बाटो समातेकी छिन् । आफ्नो साथमा गाडीमै रहेकी छोरीसमेत जगतलाई जिम्मा लगाएर उनी सधैंका लागि विदा भइन् ।

एकातिर छोरी ममी ममी भनिरहेकी थिइन् । अर्कोतिर जगत चिरनिद्रामा रहेकी श्रीमतीलाई बोलाइरहेका थिए । कुनै चलचित्रको छायाँकन भएको भए निर्देशकले कट भनेपछि रोदन रोकिने थियो । तर, त्यो दृश्यमा कसैले कट भन्न सक्ने अवस्था थिएन । त्यहाँ कुनै निर्देशक थिएन ।

सुनसरीमा रहेका भाइहरुलाई भाइटीका लगाउन गएकी ३० वर्षे अञ्जना राईको सोमबार ओखलढुंगा र्फकने क्रममा दुर्घटनामा परी घटनास्थलमै मृत्यु भयो । घर र्फकने क्रममा दुर्घटनामा पर्दा उनको साथमा रहेकी ३ वर्षे छोरी क्रिष्टिना राई भने भीरमा फिल्मी शैलीमा सकुशल फेला परिन् ।

जीप सडकबाट ५ सय मिटर तल झरेको थियो । तर, ३ वर्षे बालिका भने भीरमा रोइरहेको अवस्थामा फेला परेकी हुन् ।

उद्धारकर्ता भन्छन्- बच्ची भगवानले बचाए

दुर्घटना भएको थाहा पाउनसाथ उद्धार गर्न पुगेका कटारी नगरपालिका-१४ कुमार प्याकुरेलले ३ वर्षे बालिका क्रिष्टिनालाई उद्धार गरेका हुन् । सडकबाट तीन सय मिटर तल भीरबाट उनले वालिकाको उद्धार गरेको बताए ।

‘सुमो जीप तल मैदानमा कच्याककुचुक परेको थियो,’ उनले भने, ‘भीरमा यत्रतत्र शवहरु छरिएका थिए, तर, भीरमा हेर्दा बच्चा रोएको सुनें, अनि गएर उद्धार गरेँ ।’

कटारी अस्पतालमा बुबा जगतलाई बच्ची जिम्मा लगाइसकेपछि प्याकुरेलले भने, ‘भगवानले बचाएको यो बच्चीलाई ।’

दुर्घटनास्थलमा पुगेका प्रहरीका अनुसार जीप भीरबाट खस्नासाथ आमाले छोरी फ्याँकिदिएको हुनुपर्छ । आमाहरुमा आफू मरेर पनि छोराछोरी बचाउने शक्ति हुन्छ रे ।’

कटारी ट्राफिक प्रहरीपोष्टका प्रमुख डम्बर दियालीले भने- ‘आमाले सुरुमै गाडीबाट नफ्याँकदिएको भए बच्ची बाँच्ने सम्भावनै थिएन ।’

दुर्घटनामा यौवना श्रीमती गुमाएका जगतका अब ३ वर्षे क्रिष्टिना र ४ वर्षे छोरी अञ्जलीमात्रै छन् । सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका जगतको साहारा लुटिएको छ ।

घुर्मी सडक खण्डमा भएको दुर्घटनामा जगतकी श्रीमती सहित ९ जनाको ज्यान मृत्यु भयो । चालकसहित ११ जना सवार जीपका ८ जनाको घटनास्थलमै मृत्यु भयो । कटारी नगरपालिका २ का चालक हरि कार्कीको उपचारका क्रममा मृत्यु भयो । तीन वर्षे बालिका क्रिष्टिना बाँच्न सफल भइन् ।

यसैबीच दुर्घटनामा घाइते बनेर वीरानगर पुर्‍याइएकी ओखलढुङ्गा बरुणेश्वर-७ बस्ने १८ वर्षीया कुमारी भित्रिकोटीको अझै होस आएको छैन ।

जीर्ण बन्दै सिद्धिचरण लोकमार्ग

इप्रका कटारीका डीएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार चालककै मृत्यु भएकाले कसरी दुर्घटना भयो भन्ने एकीन गर्न सकिने अवस्था छैन ।’ डीएसपी श्रेष्ठले भने- ‘ओरालो बाटो भएकाले चिप्लिएर दुर्घटना भएको हुन सक्छ ।’

कटारीबाट ओखलढुंगातर्फ जाँदै गरेको जीप दुर्घटना भएको थियो । सिद्धीचरण लोकमार्ग अन्तर्गत कटारी-घुर्मी सडकखण्डमा ना.१.ज. ३४०४ नम्बरको जीप दिउँसो करिव १ः३० बजेतिर दुर्घटनामा परेको हो ।

सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी नगरपालिका हुँदै खोटाङ, ओखलढुंगा र सोलुखम्बु जोड्ने सिद्धिचरण राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गएकाले सवारी दुर्घटना बढिरहेको छ ।

समय समयमा मर्मत नहुँदा जीर्ण बनेको यो सडकमा वर्षेनी २० देखि ३० जनाले ज्यान गुमाउने गरेको कटारीका ट्राफिक प्रहरी प्रमुख डम्बर दियाली बताउँछन् ।

दियालीका अनुसार कटारी-घुर्मी जम्मा ४६ किलोमिटर सडक पार गर्न मालबाहक ट्रक तथा ठूला यात्रुवाहक बसलाई तीन घण्टा भन्दा बढी लाग्ने गरेको छ । अनि त्यही सडकमा हाइ स्पिडमा सुमो कुदाउँदा अन्यन्त्रित भई दुर्घटनामा हुने गरेको छ ।

सिरहाको मिर्चैया हुँदै ०३४ सालमा यो सडक उदयपुरको कटारी जोडियो । त्यसपछि कटारी-ओखलढुंगा सडक निर्माण सुरु भयो । यसैक्रममा ०५८ सालमा कटारी-घुर्मी सडकमा पनि यातायात सञ्चालन भयो । अहिले यो सडकबाट सीधा यातायात खोटाङ, ओखलढुंगा र सोलुखम्बुसम्म जोडिएको छ ।

सडक बनाउने तर मर्मत नगर्ने प्रवृत्तिका कारण सर्वसाधारणले यो सडकमा सास्ती खेप्नु परिरहेको छ ।

खोटाङको चर्चित हलेसीस्थित धार्मिक क्षेत्रमा आउने पर्यटनहरुको बाटो समेत यही हो । ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मीमा पर्ने सुनकोशीमा पक्की पुल बनेपछि ओखलढुगा-सोलुसम्बु सिधै जोडिएका छन् ।

ओखलढुंगा र सोलुखुम्बुलाई मध्यपहाडी लोकमार्गले राजधानी लगायत पश्चिम नेपालसँग जोडे पनि तराई-मधेस जोड्ने एक मात्रमार्ग यही सिद्धिचरण राजमार्ग नै हो । onlinekhabar

The post महान आमा, जसले छोरीलाई ‘भीरमा फालेर’ बचाइन् ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ly54Qf
via IFTTT

नेपालद्वारा युएई, कतार, साउदी र मलेसियाको ६२ कम्पनीमा रोजगारीमा जान रोक (सुची सहित)

काठमाडौँ | नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बैदेशिक रोजगार बिभागले युएई, कतार, साउदी र मलेसियाको ६२ कम्पनीमा नेपालीलाई रोजगारीमा जान तथा श्रम स्वीकृति दिन रोक लगाएको छ ।

बिभागले सबैभन्दा बढी मलेसियाका कम्पनीहरुमा जान रोक लगाएको छ । मलेसियाका मात्र ५२ कम्पनी बिभागको ब्ल्याक लिस्टमा परेको छ ।
मलेसिया पछी साउदीका ५ कम्पनीलाई बिभागले समस्या ग्रस्त मानेर ब्याण्ड गरेको छ । त्यस्तै कतारका ३ कम्पनी र युएईका २ कम्पनीलाई ब्याण्ड गरिएको छ । बिभागले यस अघि पनि बिभिन्न देशका ५२ कम्पनीमा जान नेपालीलाई रोक लगाएको थियो ।

बिभागले विदेश स्थित नेपाली कामदारहरुको लागि अति समस्याग्रस्त कम्पनीहरुमा नेपालीलाई श्रम गर्न जान रोक लगाउने गर्छ । यसरी रोक लगाएका कम्पनीहरुमा कुनैपनि म्यानपावरले श्रम गरि रोजगारीमा पठाउन पाउँदैनन् ।
हेर्नुहोस् कुन देशका कुन कम्पनी कालो सुचिमा परे ?

List of Foreign Employers Blocked for conducting foreign employment in Nepal by Department of Foreign Employment

युनाइटेड अरब इमिरेट्स ( UAE)

1. Al Hamed Development Construction Company, UAE (Dubai)
2. Ejdah Assest Mgmt Group LLC UAE

मलेसिया (Malaysia)

1. Konsortium Pasar Borong Sdn.Bhd, Malaysia (Kuala Lumpur)
2. Pine Jati coproration SB, Malaysia (Kualalumpur)
3. Konsortium Pasar Borong SB. Malaysia (Kuala Lumpur)
4. Konsortium Pasar Borong SB. Malaysia (Jalan)
5. Maxlin Garments SB. Malaysia (Johor)
6. Konsortium Pasar Borong SB Malaysia (Jalan)
7. Pangilma Intan Cleaning Services SB Malaysia (Kaala Lumpur)
8. K.F.C. Holding Malaysia (Quala lumpur)
9. KFC Holdings (Malaysia) Bhd Malaysia (Kuala Lumpur)
10. Perdana Cleaning Services Malaysia (Johor)

11. AHM Consultancy & Security Services SB Malaysia (Subang Jaya)
12. ARR & Azlan SB Malaysia (Kuala Lumpur)
13. C S Metal Industries (M) SB Malaysia (Selangor)
14. Carpet Raya Manufacturing SB Malaysia (Kuala Lumpur)
15. Choon Kee Woodworks SB Malaysia (Pusing Perak)
16. Farmpave (M) SB Malaysia (Selangor D.E.)
17. Guang Lei Furniture Malaysia (02600 Arau, Perlis)
18. HLH Wood Industries SB Malaysia (Selangor)
19. Insamadu Tiling SB Malaysia (Selangor D.E)

20. Karya Legenda SB Malaysia (Sri Hartamas)
21. Kenwin Engineering SB Malaysia (Medan Setia Dua, Plaza Damansara)
22. Kilang Papan Datuk Wan Ahmad SB Malaysia (Raub Pahang Darul Makmur)
23. Landasan Sempurna Malaysia (Negari Sembilan)
24. Langkapadu (M) SB Malaysia (Selangor)
25. M10 Builders SB Malaysia (Selangor)
26. Megamall Development SB Malaysia (Jalang Puchong, KL)
27. Nian Aik SB Malaysia (Johor)
28. Perni Agaan Liew Malaysia (Bentang Pahang)
29. Restaurant Raja Arit Malaysia (Subang Jaya)

30. RNE Consortium SB Malaysia (Ipoh, Perak)
31. S.G. Meda Polywood SB Malaysia (Bukit Kepong)
32. Selangor Cotton Towels Mfg. SB Malaysia (Selangor)
33. Siang Industry Malaysia (Jalan Kepong)
34. Target Profession Holding (M) SB Malaysia (Kelantang D.E.)
35. TSE Kleener Services Malaysia (Selangor)
36. Sovina Garments SB Malaysia
37. Kok Heng Cleaning Service Malaysia
38. Squire SB Malaysia
39. Manchu Wood Industries Malaysia

40. Legend Plan Malaysia
41. Khim Seng Furniture Malaysia
42. Formpave (M) SB Malaysia
43. DK Leather Seats Sdn.Bhd. Malaysia (Puchong, Selangor)
44. GLC Cleaning & Maintenance Malaysia (Penang, Selangor, Darul Ehsan)
45. Cansortium Pasar Barang
46. MELUR SAUJANA SDN.BHD Malaysia (Kuala Lumpur)
47. M-Io Building Sdn Bhd Malaysia (Selangor)
48. M-IO Builders Sdn Bhd Malaysia (Selangor)
49. Aa Asia Setia Sdn Bhd Malaysia (Kuala Lumpur)

50. USAHATEK SDN BHD Malaysia
51. Erti Unggol Sdn Bhd (Black List) Malaysia
52. WEALTHRICH GLOBAL (M) SDN BHD Malaysia (SELANGOR)

कतार (Qatar)

1. Qatar Arab Contractors Ltd. Co. Qatar (Doha)
2. Khalid Bin Fahd Trading & Contracting Co. Qatar (Doha)
3. TEAMWORK CONTRACTING AND REAL ESTATE Qatar

साउदी अरव ( Saudi Arabia)

1. Saeed Hadi Al-Dossary Establishment for Contracting Saudi Arabia (Al Dawaser)
2. EASTERN HERITAGE G. CONTRACTING & G. CLEANING & PEST CONTROL Saudi Arabia (DAMMAM)
3. Joud Al Wafa Maintenance, Cleaning And Operating Est Saudi Arabia (Riyadh)
4. AL-YAMAMA COMPANY FOR TRADING AND CONTRACTING Saudi Arabia
5. FAHAD BIN ATIA MANEE ALMUTAIRI EST Saudi Arabia

The post नेपालद्वारा युएई, कतार, साउदी र मलेसियाको ६२ कम्पनीमा रोजगारीमा जान रोक (सुची सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yYH4LH
via IFTTT

अमेरिकामा रहेकी नायिका जल शाहले छोरी कलशको तस्विर फेसबुकमा शेयर गर्दै आशीर्वाद मागेपछि

काठमाडौं । कुनै बेलाकी सर्वाधिक अभिनेत्री हुन् जल शाह । वैबाहिक बन्धनमा बाँधिए लगत्तै अमेरिका पलायन भएकी जल त्यसपछि चलचित्रमा फर्किनन् । तर पनि उनले आफ्ना फयानहरूका लागि सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधि अपडेट गराइरहेकी हुन्छिन् ।

नायिका जल शाहले आफ्नी छोरी कलशको तस्विर फेसबुकमा शेयर गर्दै भनिन् ‘तपाईंहरूको रिक्वेस्टलाई स्विकार्दै पहिलो पटक मेरी छोरीको तस्बिर सेयर गर्दै छु, साथै आशीर्वाद मिलोस् । जल वर्षाका थोपाथोपा नदीको कलरव ध्वनि, गति र सागरको विशालता कलशमा समाहित । जलको कलश ।’ जलको छोरीको नाम कलश हो ।

केही महिनाअघिको आफ्नो फेसबुक पेजमा छोरीको फोटो अपलोड गरेकी थिइन्, जसमा उनले आफ्नो स्टाटसमा ‘कलश’ को शाब्दिक अर्थसमेत खुलाएर लेखेकी छन् । परम्परागत पहिरन लगाएकी छोरीको यो तस्बिरमा हजारौंले लाइक गरेका छन् ।

जल शाहका श्रीमान पनि व्यवसायि नै हुन् । अमेरिकामा बसोबास गर्दै आएका सरदकुमार रिजालसँग विवाह गरेपछि जल अमेरिकामै बस्दै आएकी छिन् । लामो समय सिनेमा र मिडियाबाट टाढा भएकी जल पछिल्लो समय भने सार्वजनिक कार्यक्रमहरुमा पनि देखा पर्न थालेकी छिन् । जल अमेरिकामै च्यारिटी शोहरु पनि गर्छिन् । सिनेमा ‘अवतार’बाट डेब्यु गरेकी जलले त्यसपछि, ठूल्दाई, नेपाली बाबु, बादलपारी लगायतका सिनेमामा काम गरेकी छिन् ।

The post अमेरिकामा रहेकी नायिका जल शाहले छोरी कलशको तस्विर फेसबुकमा शेयर गर्दै आशीर्वाद मागेपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yZpNls
via IFTTT

मेरो घर सम्पति बेच्छु तर गरिबलाई दिएको बचन खेरा फल्दीन-धुर्मुस(भिडियो सहित)

अरुको घर बनाइदिने दौडधूपमा यतिबेला आफ्नै घर बिर्सिएका छन्, धुर्मुसले । तैपनि उनलाई चैन छैन । चैन यसकारण छैन, उनी जुन उत्साहका साथ बस्ती निर्माणमा पसिना चुहाइरहेका छन्, त्यस अनुरुप पुग्दो पैसा उठेको छैन । धुर्मुस-सुन्तली फाउन्डेसनको थैलो जतिजति रित्तिँदैछ, उत्ति नै धुर्मुसको चिन्ताको ग्राफ बढिरहेको छ । निन्द्रा बिथोलिएको छ ।

‘अहिलेको स्थिति हेर्दा पैसा एकदमै अपुग छ’ धुर्मुसले सुनाए, ‘त्यसो भन्दैमा म आफूले दिएको बचन हार्ने छैन । किनभने उहाँहरुले मप्रति जुन आशा र भरोसा राख्नुभएको छ, त्यसलाई म मर्न दिनेछैन ।’ उनि भन्छन् अहिले सम्पुण पैसा सकीएको छ म मेरो सबै सम्पति बेच्न तयार छु तर गरिबलाई दिएको बोली खेरा जान दिने छैन.यसरी संकटमा परेका छन् धुर्मुस भिडियो हेर्नुहोस

The post मेरो घर सम्पति बेच्छु तर गरिबलाई दिएको बचन खेरा फल्दीन-धुर्मुस(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gZraJP
via IFTTT

छोरीसहित समुन्द्रको किनारामा पोज दिँदै गर्दा भेटीइन् नायिका अरुणिमा लम्साल

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल विदेश भासीएको धेरै वर्ष भइसक्यो । बिहे अघि चलचित्र र म्यूजिक भिडियोमा राम्रोसँग जमेकी अरुणिमा अहिले एक सन्तानकी आमा बनेर बेलाबेलामा आफ्नो पारिवारिक गतिबिधिलाई सामाजिक संजाल मार्फत अपडेट गराइरहेकी हुन्छिन् ।

केही समय नेपाली फिल्ममा चम्किएपछि एकाएक विदेश पलायन भएकी अरुणिमाकी एक छोरी छिन् । आफ्नो फेसबुकको कभर फोटोमा अरुणिमाले छोरीसहित मोडलिङ पोज दिइरहेको तस्बिरले राम्रो चर्चा बटुलिरहेको छ

The post छोरीसहित समुन्द्रको किनारामा पोज दिँदै गर्दा भेटीइन् नायिका अरुणिमा लम्साल appeared first on Taja nepali news.

http://ift.tt/2iNQWkT

from SHYANE http://ift.tt/2z03wkY
via IFTTT

एएफसी यू-१९ छनोट फुटबलमा नेपाल किर्गिस्तानसँग पराजित

http://ift.tt/2hpvyif १४ कात्तिक, काठमाडौं । एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ । किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोक रंगशालामा नेपालले खेल सुरु भएको २१औं

from ARENA http://ift.tt/2zTZx8Z
via IFTTT

यी ४ व्यक्तिलाई आफ्नो घरबाट कहिले खाली हात नफर्काउनुहोस् अशुभ हुन्छ

पंचतन्त्रको मित्रलाभ ग्रन्थमा दानलाइ एकदम महत्वपूर्ण मानिन्छ। यदि कोहि दान गर्न सक्षम छन् भने उसले दान गर्नु पर्छ। आउनुहोस जानी राखौ यी चार व्यक्तिलाई कहिले आफ्नो घरबाट खाली हात फर्किन नदिनुहोस।

१. घरमा आउने जुनसुकै भिखारीलाई खाली हात जान नदिनुहोस्।गरिब, दुखिको सेवा नै नारायणको सेवा गर्नु हो त्यसैले गरिबहरुलाई दरिद्र नारायण भन्ने गरिन्छ।

२. किन्नरलाई ज्योतिषहरुले बुध ग्रहको रुपमा मानिन्छ। साथै यिनीहरुले दिने आशिर्बाद पनि चाडै लाग्ने विश्वास गरिन्छ। त्यसैले घरमा आएको बेला तेस्रो लिंगी अर्थात् किन्नरलाई खाली हात फर्कन दिनु हुदैन।

३. कोहि अपाङ्गलाइ पनि घरबाट खालि हात जान दिनुहुदैन किनकी यिनीहरुमा शनि राहुको बास हुन्छ। खाली हात पठाएमा शनिको दोष घरमा रहन्छ।

४. कुनै बृद्ध बृद्धालाई घरबाट खाली हात बाहिर पठाउनु हुदैन। उनीहरुको आशिर्बादले गुरुका अशुभ प्रभाव हटाउछ।

The post यी ४ व्यक्तिलाई आफ्नो घरबाट कहिले खाली हात नफर्काउनुहोस् अशुभ हुन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A0fwmR
via IFTTT

के साच्चै ब्रेकअप भएको थियो निशा र शरदको ? यस्तो भन्छिन् निशा

नायिका तथा निर्मात्री निशा अधिकारी र नेपाली क्रिकेट टीमका उत्कृष्ठ खेलाडी शरद भेषवाकरको बिवाह २०७४ असार १६ गते धुमधामका साथ भयो । उनको बिवाह पछि उनको पहिलेको सम्बन्धहरुको बिषयमा केहि मिडियाहरुमा नकारात्मक समाचारहरु आएको थियो । जस्तो टिकाटिप्पणी आएता पनि निशाले त्यसलाई खुलेरै बिरोध गरेकी थिईन् ।

अब भने उनीहरुको बारेमा कुनैपनि टिकाटिप्पणी र नराम्रा समाचारहरु सुन्न र पढ्न परेको छैन । यस्तैमा निर्मात्री तथा नायिका निशा अधिकारी र उनका श्रीमान क्रिकेट खेलाडी शरद भेषवाकार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको लागि पुगेको छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘जीवनसाथी’ कार्यक्रममा उनीहरु अतिथीको भुमिका त्यहाँ पुगेका हुन् । माल्भिका सुब्बाको कार्यक्रम ‘जीवनसाथी’मा पुगेको उनीहरुले निशाको आगामी चलचित्र ‘झ्याईकुटी’को प्रचारप्रसार पनि गर्न भ्याए । उनीहरुले त्यहाँ निशा र शरदको भेटघाटदेखी प्रेम र बिवाहसम्मको कुराकानीलाई जोड्नेछिन् ।

उक्त कार्यक्रम शुक्रबार प्रसारण हुने भएता पनि प्रोमो भने सार्वजनिक भईसकेको छ । सार्वजनिक ४० सेकेण्डको प्रोमोमा उनीहरुले ब्रेकअपको हल्ला आएको कुराकानीलाई पनि स्पस्ट पारेका थिए । लामो समयदेखी प्रेमसम्बन्धमा रहेका उनीहरुको केहिबर्षअघि ब्रेकअप भएको हल्ला चलेको थियो । ब्रेकअपको सम्बन्धमा निशा भन्छिन्, ‘जुन बेलामा ब्रेकअप भएको थिएन त्यहि बेलमा ब्रेकअपको न्युज आईराको थियो । त्यो समयमा हामीले आफ्ना आफन्तहरुलाई ब्रेकअप भएको छैन भन्दा भन्दा हैरान भएका थियौँ ।’ यस्तै कार्यक्रमको प्रोमोमा शरदले निशालाई ‘तिमीलाई बुढो हुनेबेलासम्म पनि उत्तिकै माया र ख्याल राख्छु ।’ भनेका थिए । उनीहरुबिचको कार्यक्रमा भने शुत्रबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ । हेरौ कार्यक्रमको प्रोमो

The post के साच्चै ब्रेकअप भएको थियो निशा र शरदको ? यस्तो भन्छिन् निशा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zk5aB0
via IFTTT

बाबा रामरहिमको अन्तरंग भिडियो सार्वजनिक, को हुन् महिला पार्टनर ? (हेर्नुस् भिडियो)

एजेन्सी । बलात्कारको अभियोगमा जेल सजायँ भोगिरहेका बाबा रामरहितको सेक्स भिडियो सार्वजनिक भएको छ । उनी एक महिलासँग शारीरिक सम्बन्ध राखिरहेको भिडियोमा प्रष्ट देखिएको छ । यद्यपी महिलाको अनुहार भने चिनिएको छैन् । भारतीय मिडियाका अनुसार ती महिला साध्वी वा कथित ‘धर्मपुत्री’ हनीप्रीत हुनसक्ने अनुमान गरिएको छ । डेरा सच्चा सौदाका प्रमुख बाबा रामरहित आफ्नै साध्वी (महिला भक्तजन)लाई बलात्कार गरेको अभियोगमा अदालतबाट दोषी ठहर आजिवन जेल सजायँ काटिरहेका छन् । उनकी कथित धर्मपुत्री हनीप्रीत र डेरा सच्चा सौदाकी म्यानेजर समेत प्रहरी हिरासतमा छन् । हेर्नुस् भिडियो:

The post बाबा रामरहिमको अन्तरंग भिडियो सार्वजनिक, को हुन् महिला पार्टनर ? (हेर्नुस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iNPjns
via IFTTT

Monday, October 30, 2017

पाँडे र जिग्रीले फिल्म बनाउने, निश्चल बस्नेत निर्देशक

काठमाडौं । चलचित्र नगरीमा यतिबेला कमेडी विषय बिकाउ भएको छ । छक्कापञ्जा–२ को कीर्तिमानी व्यवसायसँगै चलचित्र क्षेत्र पुनः एकपटक कमेडिमय भएको छ ।

अधिकांश निर्माता–निर्देशकहरू अहिले कमेडी चलचित्रकै तयारीमा जुटेका देखिन्छन् । यस क्रममा हास्यश्रृंखला भद्रगोलका कलाकारहरूसमेत कमेडी चलचित्रको निर्माणमा जुटेका छन् । कुमार कट्टेल जिग्री तथा अर्जुन घिमिरे पाँडेले हास्य प्रधान चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

चलचित्रका मुख्य कलाकार तथा निर्माता अर्जुन घिमिरे पाँडेले चलचित्रको स्क्रिप्ट तयार भैसकेको बताएका छन् । ‘निर्देशकका रूपमा निश्चल बस्नेतलाई लिएका छौं, गैरीधारास्थित स्टेसन फाइभमा भेटिएका कुमार कट्टेलले बताए– ‘निर्देशकसँग बसेर चलचित्रको स्क्रिप्ट फाइनल गर्दैछौं, सकेसम्म छिट्टै छायांकनमा जानेछौं ।’

The post पाँडे र जिग्रीले फिल्म बनाउने, निश्चल बस्नेत निर्देशक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z0i7Ns
via IFTTT

यौनाङ्ग चिलाएर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय

महिलाहरु आफ्नो जीवनमा चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन ।

योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ ।

योनी चिलाउने कारणहरु

१, तनाव सुन्दा अचम्म लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा योनी चलाउँछ ।

२, यिस्ट संक्रमण योनीमा यिस्ट इन्फेक्सनको कारणले पनि योनि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनी वरिपरि सेतो दही जस्तो ढुसी जम्मा हुन थाल्दछ जसको कारण योनी चिलाउँछ । मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना वढी हुन्छ । यिस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ ।

३, सुख्खा छाला सुख्खा छाला भएको व्यक्तिमा पनि योनि चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनी वरिपरीको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ ।

४, यौन संक्रमण धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभइ योनी चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेक योनीमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनी चिलाउने समस्या हुन सक्छ ।

योनी चिलाउने समस्याको निम्न घरेलु विधि अपनाउन सकिन्छ

१, सबैभन्दा पहिले त के कारणले गर्दा योनि चिलाएको हो त्यो थाहा पर्दछ । यदि धेरै जनासँग यौन सम्पर्कले यस्त समस्या भएको हो भने सबैभन्दा पहिले त्यस्तो कार्य बन्द गर्नु पर्दछ ।

२, कुनै रसायनिक पदार्थको प्रयोगबाट जस्तैः पर्फुमको प्रयोगले भो भने त्यस्तो कार्य गर्नु हुँदैन ।

३, बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छोड्नु राम्रो हुन्छ ।

४, सुतिको पेन्टी मात्र प्रयोग गर्ने र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टी नलगाउनु राम्रो हुन्छ ।

५, चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्ने ।

६, योनि सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने चिल्लोको प्रयोग गर्ने ।

७, सधैँ यौन अंग राम्रोसँग सफा गर्नु पर्दछ ।nepalaaja

The post यौनाङ्ग चिलाएर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z15amu
via IFTTT

बुद्धको मुर्तिबाट निस्कियो मानिसको सिंगो शरिर

एजेन्सी । अहिलेको प्रविधिको युग यति तीब्र गतिमा अघि बढिरहेको छ, जसले नयाँ नयाँ खोज अनुसन्धानलाई सहज बनाउँदैछ ।

विकसित प्रविधिले वैज्ञानिकहरु नयाँ नयाँ कुरा पत्ता लगाउन लागिरहन्छन् । विकसित प्रविधिको प्रयोग गरेर वैज्ञानिकहरुले करिब एक हजार वर्ष पुरानो बुद्धको मुर्तिबाट मान्छेको शरीर निकालेका छन् ।

नेदरल्यान्ड्सको एक सङ्ग्राहलयमा रहेको एउटा बुद्धको मुर्तिमाथि अनुसन्धानमा जुटेका वैज्ञानिकहरुले सुन्दै डर लाग्दो तथ्य बाहिर ल्याएका हुन् ।

यो समाचार सुनेर तपाईँ पनि पक्कै चकित पर्नुहुन्छ । हजारौँ सालदेखि संग्राहलयमा थन्किएको बुद्धको एक मुर्तिलाई त्यसका मालिकले मर्मतका लागि झिकेर सफाई गर्दा यस्तो भेटिएको हो ।

सं‌ग्राहलयका मालिकले पुराना मूर्तिको मर्मत गर्नका लागि मेन्डर मेडिकल सेन्टर (डच) मा पठाएका थिए । तर कसैलाई पनि थाहा थिएन, त्यो मुर्तिभित्र रहेको भयानक तथ्यबारे ।

जब मूर्तिलाई उठाएर स्क्यानर मेशीनमा हालियो तब मुर्तिभित्र प्राचीन कागज देखियो । जसलाई मोडेर मुर्तिभित्र हालिएको थियो । तर ती कागज निकालेपछि पनि मुर्तिभित्रबाट अरु नै केही निस्कियो ।

मुर्तिभित्र एकजना मानिसको सिङ्गो शरीर थियो । तपाईँलाई लाग्न सक्छ, को होलान् ती मानिस एक हजार वर्ष पुरानो बुद्धको मूर्तिलाई जब पगालियो तब त्यहाँबाट मानिसको सिङ्गो शरीर निस्किएको हो ।

उनी को थिए त तपाईँले सुन्नु भयो भने चकित पर्नुहुन्छ । ती मानिस थिए, ल्यूक्यान्स, जसलाई बुद्धका मास्टर मानिन्छ । यो खोजीलाई वैज्ञानिकका लागि ठुलो उपलब्धि मानिए पनि तर यस खोजले हृदय हल्लाउने तथ्य बाहिर ल्याइदिएको छ ।

The post बुद्धको मुर्तिबाट निस्कियो मानिसको सिंगो शरिर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hoMNk0
via IFTTT

नेपाल प्रहरीका इन्स्पेक्टर पुरी भारतमा उत्कृष्ट, भारतीय गृहमन्त्रीद्वारा अवार्ड प्रदान

काठमाडौं । मित्रराष्‍ट्र भारतसहित चार देशका प्रहरीको संयुक्त तालिम (IPS 69 RR )मा नेपाल प्रहरीका प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन् । प्रहरी निरीक्षक राजेशराज पुरीले सो अवार्ड हात पारेका हुन्। मित्रराष्‍ट्र भारतका गृहमन्त्री राजनाथ सिंहद्वारा उक्त ‘बेस्ट अवार्ड’ प्रदान गरिएको हो।

दीक्षान्त समारोहमा राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकरी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी, प्रहरी उपरीक्षक बिनोद घिमिरे र प्रहरी नायव उपरीक्षक भुपेन्द्र खत्री सहभागी भएका थिए।

मित्रराष्‍ट्र भारतको हैदरबादमा संचालित पूर्वसन्ध्यामा हरेक वर्ष इन्डियन पुलिस सर्भिसमा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुने गर्द्छन।

यो वर्ष भुटान, माल्दिप्स लगायतका देशबाट जम्मा १३६ जना सहभागी भएका थिए। सो तालिम भारतको हैदराबाद तालिम केन्द्रमा सञ्चालन हुने गर्छ।

The post नेपाल प्रहरीका इन्स्पेक्टर पुरी भारतमा उत्कृष्ट, भारतीय गृहमन्त्रीद्वारा अवार्ड प्रदान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iNtuUU
via IFTTT

यी युवतीको १ करोड ९४ लाखसँग यौनसम्पर्क गर्ने वाचा, तर ४ सयसँग नै थाकिसकिन्

एक २७ बर्षीय मोडेलले अचम्मको वाचा गरेकी छिन् । पाओला साउलिनो नामक ती मोडेलले आफ्नो देशका १ करोड ९४ लाखसँग यौन सम्पर्क गर्ने वाचा गरेकी छिन् । तर उनले ४ सयसँग यौन सम्पर्क स्थापित गर्दैगर्दा आफू निकै थाकिसकेको प्रतिक्रिया दिएकी छिन् । ती मोडलले भोट हाल्ने १ करोड ९४ लाखसँग यौनसम्पर्क गर्ने बताएपनि कम्तीमा १० लाख मानिससँग भने वाचा पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

पाओलाले इटालीका पूर्व प्रधानमन्त्री मातिवो रेन्जीको संवैधानिक सुधारको अवधारणापश्चात् यो अचम्मको घोषणा गरेकी हुन् । स्मरण रहोस्, उनी प्रधानमन्त्री विरुद्ध उत्रिएकी थिइन् ।

उनले यौन सम्बन्धका दौरान आफू स्वस्थ र केही चोट नलागेको बताएकी छिन् । गोप्य कोठामा यौन सम्बन्धका बेला अत्यन्तै थाक्दा कहिलेकाँही ब्रेक पनि माग्ने गरेको जानकारी दिइन् ।

पुरुषले कण्डम लगाउने वा नलगाउने भन्ने विषयमा पनि उनी आफैंले निर्णय गर्ने गरेकी छिन् । उनले अहिले भोट दिने ४ सय जनासँग यौनसम्बन्ध स्थापित गरिसकेको दावी गरेकी छिन् ।

ती मोडेलले अब फेब्रुअरी १ तारिखबाट आफ्नो भ्रमणको यात्रा सुरु गर्नेछिन् र मार्च ८ तारिखमा सकाउनेछिन् । – एजेन्सी

The post यी युवतीको १ करोड ९४ लाखसँग यौनसम्पर्क गर्ने वाचा, तर ४ सयसँग नै थाकिसकिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zkuxTl
via IFTTT

३१ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको घाउमा खाटा नबस्दै:फेरि गाडी भीरबाट खस्यो

उदयपुर र गुल्मीमा १८ को मृत्यु

उदयपुर/तम्घास : धादिङको गजुरीमा ३१ जनाको ज्यान जाने गरी शनिबार बिहान भएको बस दुर्घटनाको घाउमा खाटा नबस्दै सोमबार उदयपुर र गुल्मीमा भएका डरलाग्दा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको टाटासुमो जिप सोमबार दिउँसो भीरबाट खस्दा नौ जनाको र बुटवल-तम्घास सडकखण्डअन्तर्गत गुल्मीदरबार गाउँपालिका-४, वीरवासस्थित बन्द्रखुट्टामा यात्रुवाहक माइक्रोबस भीरबाट खस्दा नौ जनाको ज्यान गएको हो ।

उदयपुरको दुर्घटनामा परेका नौमध्ये आठ जनाको घटनास्थलमै र चालक कटारी नगरपालिका-२ का २८ वर्षीय हरि कार्कीको उपचारक्रममा कटारी अस्पतालमा मृत्यु भएको हो । सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी-बेतेनी-घुर्मी सडकखण्डको कटारी नगरपालिका-११, लेखानी ठाँटीमा ना.१ज ३४०४ नम्बरको जिप दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा नेपाली सेनाको अमरदल गण सोलुखुम्बुमा सिपाही पदमा कार्यरत सप्तरी वैखा-६ का रुपेन्द्र वुर्जा, उदयपुरको रामपुरठोक्सिलाका सन्देश किराँती, ओखलढुंगा शेर्मा-३ का ईश्वरप्रसाद भट्टराई, सप्तरी कविलासा-३ का गंगाराम साह, सप्तरी वयरगाडा-४ का राधेश्याम महतो र ठेगाना नखुलेका सविता राई छन् । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

मृतकको उमेर र केहीको जिल्ला खुले पनि अन्य ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएकी केसुंगा-७, ओखलढुंगाकी अञ्जना राईको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ । चालकसहित ११ जना सवार उक्त जिपबाट आठ वर्षीय बालकलाई भने स्थानीयले सकुशल उद्धार गरेका छन् ।

जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख एसपी भट्टले जानकारी दिए । उकालोमा तान्न नसकेर पछाडि सर्दा जिप भीरबाट खसेको प्रहरीको अनुमान छ । दुर्घटनास्थल कटारी बजारबाट ३५ किलोमिटर उत्तरी भेगको कच्ची सडकमा पर्छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीका डीएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी भट्टले बताए ।

यात्राको हिसाबले उदयपुरको सबैभन्दा असुरक्षित मानिने उक्त सडकमा बर्सेनि सवारी दुर्घटना हुँदा दर्जन बढीको मृत्यु हुने गरेको संघका उपमहासचिव कार्कीको भनाइ छ । कच्ची सडक, त्यसमा पनि क्षमताभन्दा बढी यात्रु, ओभर स्पिड र सडकको नाजुक अवस्थाका कारण बर्सेनि दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

त्यसैगरी, गुल्मीमा माइक्रोबस भीरबाट खस्दा मृत्यु भएका नौ जनामध्ये घटनास्थलमै सात र उपचारक्रममा मिसन अस्पताल पाल्पामा दुई जनाको ज्यान गएको हो । विपरीत दिशाबाट आउँदै गरेको नेपाल टेलिकमले प्रयोग गर्ने लु.१च ४५२२ नम्बरको बोलेरो जिपमा बा.४ख ५५०१ नम्बरको यात्रुवाहक माइक्रोबस ठोक्किएको प्रहरीले जनाएको छ । माइक्रोबस सडकबाट करिब पाँच सय मिटर तल भीरमा खसेको छ । बोलेरोलाई साइड दिँदा माइक्रोबस भीरबाट खसेको प्रहरीले जनाएको छ ।

बुटवल-तम्घास सडक कालोपत्रे गरिए पनि धेरै ठाउँमा साँघुरो हुँदा बर्सेनि सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । सडकका अधिकांश ठाउँ साइड दिन नपुग्ने खालका छन् । साँघरो र घुम्ती सडक बर्सेनि दुर्घटनाको कारक बन्ने गरेको यातायात व्यवसायी बताउँछन् ।

दुर्घटनामा परी छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डे, गुल्मीको रेसुंगा नगरपालिका-१० सिमिचौरका गाडीचालक अन्दाजी ३२ वर्षीय भीमबहादुर घर्तीमगर, मालिका गाउँपालिका-६ का ३० वर्षीय लालबहादुर मुखिया, इस्मा गाउँपालिका-१, हस्तीचौरकी २७ वर्षीया यमुना पन्थी (मरासिनी), मुसीकोट नगरपालिका-३, बडागाउँकी ५० वर्षीया मानकुमारी थापा, इस्मा गाउँपालिका-६ का २६ वर्षीय दिलबहादुर कुमाल र वडा नम्बर २ पालुखाकी ५० वर्षीया रुवी नेपाली, गुल्मी वेलफेयरमा कार्यरत केवी गुरुङ र रुरु गाउँपालिका-६ रिमुवाकी सुमित्रा दर्लामीको ज्यान गएको सशस्त्र प्रहरी बल गुल्मीका नायब उपरीक्षक प्रकाश सिग्देलले जानकारी दिए । माइक्रोमा १७ जना सवार थिए ।

गाउँकै सरस्वती माविका शिक्षक पाण्डे जीवनसंगिनी अमृताको स्वास्थ्योपचारका लागि बुटवल पुगेका उनी सोमबार घर फर्कंदै थिए । अस्पतालले दुई दिनभित्र पुनः जाँच गर्न आउनू भनेपछि उनी श्रीमतीलाई बुटवलस्थित आफन्तकोमा छाडेर घर फर्किएका हुन् ।

घाइते हुनेमा इस्मा गाउँपालिका-१, हस्तीचौरकी चार वर्षीया सिर्जना मरासिनी, सोही ठाउँकै दुई वर्षीया सृष्टि मरासिनी, रुरु गाउँपालिका-१ का १९ वर्षीय माधव पोखरेल, मुसिकोट नगरपालिका-२ का २३ वर्षीय प्रकाश केसी, गुल्मी दरबार गाउँपालिका-४ का २२ वर्षीय गोकुल कार्की, मालिका गाउँपालिका-६ अर्जेका सुमन कार्की, मालारानी गाउँपालिका-१, अर्घाखाँचीका २९ वर्षीय विष्णुप्रसाद भुसाल र रेसुंगा नगरपालिका-१० की १० वर्षीया रविना दर्लामी रहेको सशस्त्र प्रहरी बल गुल्मीका डीएसपी प्रेमप्रकाश सिग्देलले जानकारी दिए । घाइतेमध्ये आठ जनाको लुम्बिनी मेडिकल कलेज बुटवल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । annapurnapost

The post ३१ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको घाउमा खाटा नबस्दै:फेरि गाडी भीरबाट खस्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hr6uHY
via IFTTT

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

The post आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z5Bmr9
via IFTTT

कुकुरको पछि लागेर घना जंगलमा गएका बालक हराएपछि खोज्न ३ दिन लाग्यो, हेलिकप्टरको प्रयोग गरेर उद्धार गरियो

एजेन्सी । घना जंगलमा एउटा बच्चाले ३ दिनसम्म बिताउनु के सामान्य कुरा हो र ? त्यो पनि हिउँले ढाकिएको डरलाग्दो रुसको साइबेरियाको जंगलमा ?

ब्वाँसा र भालुको बिगबिगी रहेको साइबेरिया जंगलमा तीन वर्षको बच्चा सेरिन डोपचटले ७२ घण्टा एक्लै बिताउँदा पनि ति बालकलाई सकुशन उद्धार गरिएको छ ।

जंगलमा हराएका बालक डोपचट कुकुरको बच्चाको पछि लागेर जंगलमा भएको अनुमान गरिएको छ । उनी जंगलको छेउमा रहेको गाउँमा हजुरआमासँग बस्दै आएका थिए ।

बालकलाई गाउँलेसहित स्थानीय प्रहरी तथा एउटा हेलिकप्टरको प्रयोग गरेर उद्धार गरिएको हो ।

उक्त जंगलमा ह्रिंसक जनावरहरु पनि रहेको र बालक तिनीहरुबाट बच्च सफल भएकोमा अविभावकहरु खुशी देखिएका छन् ।

The post कुकुरको पछि लागेर घना जंगलमा गएका बालक हराएपछि खोज्न ३ दिन लाग्यो, हेलिकप्टरको प्रयोग गरेर उद्धार गरियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gWskWF
via IFTTT

एउटा बहादुर सिपाहीको अन्येष्टी : जसले अरुको लाश खोज्दा आफ्नो जीवन गुमाए

पर्वत । मंगलबार बिहान हर्पन खोलमा भेटिएका लाशको खोजी गर्ने क्रममा पानीमा डुबेर मृत्यू भएका पर्वत ठूलीपोखरी घर भई कास्कीमा कार्यरत बल बहादुर कुँवरको प्रहरी सम्मानका साथ अन्त्येष्टी गरिएको छ । पर्वतको कुस्मा स्थित मोदीबेणी घाटमा उनको अत्येष्टी गरिएको हो ।

अन्येष्टीका क्रममा प्रहरीले अन्तिम शोक सलामी सहित सम्मान गरेको थियो । शोक सलामीका लागि अञ्चल प्रहरी कार्यालय बाग्लुङ्गका प्रहरी बरिष्ठ उपरिक्षक विक्रम गुरुङ्ग, पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनाल, प्रहरी निरिक्षक लिलाराज लामिछानेको उपस्थितिमा एक टुकडीले अन्तिम सलामी दिएको थियो ।

मृतक कुँवरलाई उनका बाबु ओम बहादुर कुँवरले दागबत्ती दिएका थिए । कुँवरका १ छोरा, श्रीमती सहित बाबु, आमा, २ जना दाजुभाई र ४ दिदी बहिनी रहेका छन् । सामान्य परिवारमा जन्मिएका उनी आफ्नो कर्तव्यपालनामा अब्बल मानिएका थिए ।

मृतक कुँवरले नेपाल प्रहरीको पोखरा स्थित विपद् उद्धार टोलीमा रहेर धेरै जनाको ज्यान बचाएको तथा उद्दारमा दिलो ज्यान दिएर आँफूलाई अब्बल साबित गरेका थिए । उनले फेवातालमा डुबेका धेरै जनालाई जीवितै उद्धार गरेका थिए विभिन्न विपदका घटनामा वेपत्ता बनेकाहरुलाई जीवित तथा मृत उद्धार गरेका थिए । २६ वर्षिय कुँवर २०६६ सालबाट नेपाल प्रहरीमा कार्यरत रहेका थिए ।

कसरी भयो घटना
पोखरा लेखनाथ महानगरपालिका–१८ चखंपुरस्थित हर्पन खोलाले सोमबार नदीपुर बस्ने २४ बर्षीय ललित पुन र २४ बर्षीय ईन्द्र पुनलाई बगाएको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा खोलाको दहमा डुबेर कुँवरको मृत्यू भएको प्रहरीले जनाएको छ ।

कास्कीको हर्पन खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यू भएका दुईजनाको लाश खोजी गर्ने क्रममा प्रहरीले सोमबारदेखि प्रयास गरिरहेको थियो । प्रहरी जवान कुँवरले मंगलबार बिहान अथक प्रयासपछि एक जनको लाश निकाल्न सफल भए सोही लाश भएको ठाउँमा अर्को लाश पनि हुनसक्ने भन्दै कुँवरले धेरैपटक खोज्ने प्रयाश गरेका थिए ।

उद्धारका लागि गएका टोली कमान्डरले बिना कुनै तयारी खोलामा पस्न निर्देशन दिएपछि उनी खोलामा हाम फाले सामान्य अवस्था जस्तै उनले खोलमा हामफालेपछि उनी पनि वेपत्ता बने । सेफ्टी कुनै साधन प्रयोग गरेका भए उनको यस्तो अवस्था नआउने सहकर्मीहरुको भनाई छ ।

खोलामा तथा तालमा ६ मिनेटसम्म डुबेर खोज्न सक्ने उनी करिब १५ मिनेटसम्म बाहिर नआएपछि स्थानीयवासीले १ जना प्रहरी बेपत्ता भएको जानकारी दिएपछि मात्रै उनको खोजी भयो । उनको उद्धार समेत समायमा नहुँदा मृत्यू भएको प्रत्यक्षदर्शीको भनाइ छ । खोलामा पसेपछि उनी पनि हिलामो गाडीएर मुख नाकमा लेदो भरिएपछि मृत्यू भएको बताईएको छ । घटनमा प्रहरी कमजोरी भएको र प्रहरीले आफ्नै साथीको समेत उद्धार गर्न नसकेको परिवारको आरोप छ ।

नेपाल प्रहरीमा रहेर कर्तव्य पालनका शिलसिलमा धेरैको ज्यान बचाउन सफल भएका कुँवरको अरुको लाश खोज्ने क्रममा आफ्नो जीवन समाप्त भयो । कर्तव्य पालनमा भएको मृत्यूले ठूलीपोखरी गाउँ तथा पर्वत जिल्ला नै शोकमग्न बनेको छ । मृतक कुँवरको चिरशान्तिको कामना सहित सुचनाकेन्द्र डट कमको तर्फबाट समेत भावपूर्ण श्रद्धाञ्जली । गणेश पौडेल source:suchanakendra

The post एउटा बहादुर सिपाहीको अन्येष्टी : जसले अरुको लाश खोज्दा आफ्नो जीवन गुमाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xB3NJE
via IFTTT

फेरी आयो दुख्द खबर: माइक्रोबस दुर्घटनामा हुँदा १० जनाको मृत्यु…

गुल्मी – गुल्मीमा माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ । मृत्युहुनेहरुमा पुर्बघर गुल्मी हाल बसाई बुटवल रहेको र गुल्मी वैलफेयरमा काम गर्ने अन्दाजी ४० बर्षका केश बहादुर गुरुङ,अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ का ४३ बर्षिय राम प्रसाद पान्डे,मालिका गाउँपालिका ६ का २६ बर्षिय लाल बहादुर मुखिया,ईश्मा गाउँपालिका ६ बस्नौटा मन २५ बर्षिय बिर बहादुर कुमाल,ईश्मा गाउपालिका वार्ड नं १ ताल्तुङकी बर्ष ३२ बर्षिय यमुना मरासिनी,ईश्मा गाउँपालिका २ गुल्मीकी ४२ बर्षिय रुमी नेपाली, मुसिकोट नगरपालिका वार्ड नं तोलादी गुल्मीकी ५२ बर्षिय मान कुमारी थापा, रेसुङ्गा नगरपालिका १० सिमीचौर निवासी ३५ बर्षिय गाडी चालक भिम बहादुर घर्ति,रुरु गाउँपालिका रिमुवा घर भई हाल रेसुङ्गा नगरपालिका ८ बस्ने ३४ बर्षिय सुमित्रा दर्लामी,ईश्मा गाउँपालिका ६ का २८ बर्षिय डिल बहादुर कुमालको मृत्यु भएको छ ।

घाइतेहरुमा
मालिका गाउँपालिका घमिर ७ का २० बर्षिय सुमन कार्की,ईश्मा गाउपालिका वार्ड नं १ बस्ने बर्ष ४ कि नाबालिका सृजना मरासिनी,सोही स्थानकी ढाई बर्षिय सृष्टी मरासिनी,रुरु गाउँपालिका १९ बर्षिय माधव पोख्रेल,मुसिकोट नगरपालिका २ निवासी २३ बर्षिय प्रकाश के.सी,अर्घाखाँची मालारानी गाउँपालिका १ निवासी २९ बर्षिय विष्णु प्रसाद भुषाल, गुल्मीदरबार गाउँपािलका चारपाला निवासी २२ बर्षिय गोकुल कार्की, मालिका गाउँपालिका ७ घमिर निवासी १९ बर्षिय एलिसा घिमिरे , रेसुङ्गा नगरपािलका ८ निवासी १३ बर्षिय सुमित्रा दर्लामी र एक जना पुरुष १८र १९ बर्षिय गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

The post फेरी आयो दुख्द खबर: माइक्रोबस दुर्घटनामा हुँदा १० जनाको मृत्यु… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xBK0d1
via IFTTT

राजाको अन्तिम संस्कार गर्न ९ अर्ब खर्च

थाइल्याण्डका राजा अदुल्यादेज भूमिबोलको अन्तिम संकार गरिएको छ । अदुल्यदेजको गत बर्षको १३ अक्टोबरमा निधन भएको थियो । उनको अन्तिम संकारका लागि १ बर्ष देखि तयारी चलिरहेको थियो ।

भूमिबोल १९५० मा थाल्याण्डका राजा बनेका थिए । राजाको अन्तिम संस्कार पाँच दिन लगाएर गरिएको छ । उनको अन्तिम संस्कार राजधानी बैंककमा भएको छ । थाइल्याण्डका जनताले उनलाई पिताकारुपमा मान्ने गरेका थिए । उनको निधन भएपछि पुरै थाइल्याण्ड शोकमा डुबेको थियो । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनको अन्तिम संकारका लागि ९ अर्ब खर्च गरिएको छ ।

भगवान रामका वंशज मानिने भूमिबोलको निधन पछि एक बर्षको राष्ट्रिय शोक घोषणा गरिएको थियो । उनको निधन भएको १ बर्ष पछि बौद्ध परम्परा अनुसार अन्तिम संकार गरिएको छ । उनको अन्तिम सवारी सुनको रथमा निकालिएको थियो । राजाको सम्मानमा ५०० प्रतिमा निर्माण गरिएको थियो । उनलाई संवैधानिकरुपमा राजा बनाइएको थियो । उनीसँग सिमित शक्ति थियो । थाइल्याण्डमा उनलाई मानिसले भगवानकारुपमा मान्ने गरेका थिए ।

उनको जन्म ५ डिसेम्बर १९२७ मा भएको थियो । उनका पिता माहिडोल अदुन्यदेत पनि राजा थिए । राजाको अन्तिम संकारका लागि १८५ फिट अग्लो श्मशान बनाइएको थियो ।

यो अहिलेसम्मकै महंगो अन्तिम संस्कार समेत हो । भूमिबोलले करिब सात दशक थाइल्याण्डको राजगद्धी सम्हाले । उनी सय बर्ष पुरानो चकरी राजवंशका नवौं राजा थिए । उनी संसारको सबैभन्दा लामो समयसम्म राज गर्ने राजाकारुपमा मानिन्छन् । ७० बर्षमा उनले १२ प्रधानमन्त्री फेरेका थिए । एजेन्सी

The post राजाको अन्तिम संस्कार गर्न ९ अर्ब खर्च appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xBGzD9
via IFTTT

बीच सडकमै एक युवकले महिलाहरुको स्तन समाईदिएपछि… त्यसपछि जे भयो भिडियोमा हेर्नुहोस्

एजेन्सी – मनोरन्जनका लागि बनाइने ‘प्रयाङ्क भिडियो’ अहिले संसारभर निकै चर्चित रहेको छ । जसमा सामाजिक संदेश दिने देखि बिसुद्ध रमाइलो र हसाउने हेतुले बनाईने थुप्रै भिडियोहरु हामीले युटुबमा देख्न सकिन्छ। हामि आज तपाइँलाई एउटा यस्तो ‘प्रयाङ्क भिडियो’ देखाउन जाँदै छौं, जसमा एक पुरुषले बीचसडकमा खुलेयाम महिलाको संबेदनशीलसंग स्तन समाउदै हिडेका छन्। उनले भिडियोमा १०० जना महिलाको स्तन समाएका छन्। संसारभर व्यापक रुपमा बनाईने र हेरिने गरेको प्रयाङ्क पहिले युरोप अमेरिका लगायतका देशमा बनाइने गरिन्थेयो। तर अहिले विश्वका सायद सबै देशमा यस्तो भिडियो बनाउने र युटुबमा अपलोड गर्ने प्रचंलन रहेको छ। हेर्नुहोस भिडियो …

The post बीच सडकमै एक युवकले महिलाहरुको स्तन समाईदिएपछि… त्यसपछि जे भयो भिडियोमा हेर्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gNT3Ru
via IFTTT

दलित बालिकाको बलात्कार पछी आखा झिकेर मार्ने प्रयास । बोलिदिने मान्छे नहुदा र आर्थिक नहुदा उपचारमा ढिलाइ ।

कार्तिक १२ गते भोजपुरको आम्चोक ९ दुम्माना निवासी बर्ष १४कि अस्मिता बिक लाइ स्थानीय श्री

सरस्वती माबी कक्षा ८ मा अध्यानरत सन्तोष श्रेस्ठ ले बलात्कारको प्रयास गरि बिकको आखा झिकेर हत्या गर्ने प्रयास गरेको पीडित बालिकाले अर्ध अचेत अवस्था मा बताएकी छन ।

अत्यन्तै गरिब परिवारकी बालिकाको धरानमा रहेका केहि आफन्त हरुको सहयोगमा बिपि मेमोरियल हस्पिटल धरानमा ल्याएका छ्न

भनिदिने ठुलो मान्छे नभएकोले उपचारमा डाक्टरले ढिला सुस्ती गरेको गुनासो गरेका छन भने आर्थिक अवस्था कम्जोर र डाक्टरले ढिला सुस्ती गरेको कारण आखा निकालेर फाल्ने अवस्था आएकोले बताएका छ्न ।

The post दलित बालिकाको बलात्कार पछी आखा झिकेर मार्ने प्रयास । बोलिदिने मान्छे नहुदा र आर्थिक नहुदा उपचारमा ढिलाइ । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z3xsPw
via IFTTT

१२ ज्योतिर्लिंग नेपालमै : पहिलोपटक तथ्य पत्ता लाग्यो, कहाँ कहाँ छन् ?

काठमाडौँ । सत्ययुगमा धपधपी बल्ने विश्वास गरिएका शिवजीका बाह्र लिंग नेपालमा फेला परेका छन् । नेपाली १२ ज्योतिर्लिंग दर्शनार्थ भारतका विभिन्न स्थानमा धाउँदै आएका छन् ।

भगवान् शिव (शंकर) का साक्षात् अवतार भएकाले ज्योतिर्लिंगको दर्शन र पूजाआजाले पुण्य प्राप्ति हुने शास्त्रमा उल्लेख छ। १२ ज्योतिर्लिंगको दर्शन र पूजाआजा गर्दा तत्कालीन राजालगायतले पाएका फलबारे १२ वटै कथा पनि शास्त्रमा वर्णन गरिएका छन्।

नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले स्कन्द पुराणको मानस खण्ड, हिमाद्री बराह पुराण र शिव पुराण अध्ययन गरी ०७२ कात्तिकदेखि हालसम्म स्थलगत अवलोकनबाट नेपालमै १२ ज्योतिर्लिंग रहेको तथ्य पहिलोपटक पत्ता लगाएका हुन्।

उनका अनुसार दार्चुलामा मल्लिकार्जुन, दार्चुलाकै नाघुमा नागेश्वर, महाकाली नदीतटमा विश्वनाथ, महाकाली र सरयू नदीतटमा रामेश्वरम्, बैतडीको रावलाद्री पर्वतमा केदारनाथ, अछामको साफेबगरमा वैद्यनाथ, मुस्ताङको शालग्राम क्षेत्रमा सोमनाथ, कौशिकी नदीको तट दोलखामा भीमाशंकर, खोटाङ रेवा नदीतटमा ओमकारेश्वर, सिन्धुलीको गौतमी नदीतटमा त्र्यम्बकेश्वर, तमोरी (ताप्लेजुङ) र काबेली (पाँचथर) नदीको संगमको गुफामा महाकालेश्वर र हिमालयबाट प्रकट भएको घुस्मा नदीतट (खोजी भइरहेको) मा घुस्मेश्वर ज्योतिर्लिंग फेला परेका हुन्।

भारतको उत्तराखण्डमा केदारनाथ, उत्तरप्रदेशको विश्वनाथ, झारखण्डको वैद्यनाथ, मध्यप्रदेशको ओमकारेश्वर र महाकालेश्वर, महाराष्ट्रको घुस्मेश्वर, त्र्यम्बकेश्वर र भीमाशंकर, गुजरातमा नागेश्वर र सोमनाथ, तमिलनाडुमा रामेश्वरम् र आन्ध्र प्रदेशमा मल्लिकार्जुन गरी १२ ज्योतिर्लिंग स्थापित रहेको मानिन्छ। प्राचीनकालदेखि अस्तित्वमा रहेका १२ ज्योतिर्लिंग विभिन्न कालखण्डमा पुनःस्थापन गरिँदै आएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

The post १२ ज्योतिर्लिंग नेपालमै : पहिलोपटक तथ्य पत्ता लाग्यो, कहाँ कहाँ छन् ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lu9cAQ
via IFTTT

नेपाल आइडलको भन्दा झन्डै दोब्बर रकम पुग्दा पनि सागर आलेलाई सहयोगको ओइरो

नेपाल आइडलको उत्कृष्ट ४ मा पर्न सफल सागर आलेलाई अमेरिकामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल’मा उत्कृष्ट सांगितिक प्रस्तुती गदैं उत्कृष्ट पाँचभित्र प्रवेश गरेपनि नेपाल आइडल बन्न बाट बन्चित भएको भन्दै बाल्टिमोर मगर संघको अभियानमा संकलन भएको ४ लाख ८९ हजार ११३ रुपैयाँ शनिबार एक कार्यक्रमका विच आलेका शुभचिन्तकका आफन्तले हस्तान्तरण गरेका थिए ।

अमेरिकाको बाल्टिमोर र न्यूर्योगमामा रहेका नेपालीहरुबाट संकलन गरिएको आर्थिक म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका याम पुन, मंगला गाउँपालिका बरंजाका मनप्रसाद रोका लगाएतको सक्रियतामा संकनल भएको आर्थिक हस्तान्तरण कार्यक्रममा बोल्दै गायक आलेले सहयोगलाई सांगितिक क्षेत्रमै खर्च गर्ने बताए । ‘सबै शुभचिन्तकको सहयोगलाई मेरो सांगितिक क्षेत्रमै खर्च गर्नेछु । तपाईहरुको सहयोगबाट भविस्यमा अझै धेरै राम्रो गर्ने प्रतिबद्धता जनाउँछु’उनको भनाई उद्धित गदैं बरंजा भकिम्ली माईती कुटुम्ब समाजका अध्यक्ष कमल पुनले भने ।

कार्यक्रममा समाजका बरिष्ठ सल्लाहकार क्याप्टेन कर्ण बहादुर रोका लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन दिल बहादुर बुढाथोकीले गरेका थिए । बरंजा भकिम्ली माईती कुटुम्बमार्फत भकिम्ली र बरंजामा विभिन्न सामाजिक कार्य भइरहेको छ ।काठमाण्डौमा बसोबास गर्नेहरुबाट भकिम्लीको जयन्ती माविको भवनका साथै प्राकृति विपत्तीमा परेकाहरुलाई समेत नियमित सहयोग गर्ने गरेका छन् ।

The post नेपाल आइडलको भन्दा झन्डै दोब्बर रकम पुग्दा पनि सागर आलेलाई सहयोगको ओइरो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lsUZUA
via IFTTT

सेक्स गर्दा कहिले पनि नगर्नुहोस यि गल्तिहरु तपाइको सम्बन्ध राम्रो हुदैन- (हेर्नुहोस भिडियो)

Health is the level of functional and metabolic efficiency of a living organism. In humans it is the ability of individuals or communities to adapt and self-manage when facing physical, mental, psychological and social changes with environment. The World Health Organization (WHO) defined health in its broader sense in its 1948 constitution as “a state of complete physical, mental, and social well-being and not merely the absence of disease or infirmity.”हेर्नुहोस भिडियो

The post सेक्स गर्दा कहिले पनि नगर्नुहोस यि गल्तिहरु तपाइको सम्बन्ध राम्रो हुदैन- (हेर्नुहोस भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z3jjBU
via IFTTT

हात्तीको पुच्छरको गहना लगाए ठाउँकोठाउँ कारवाही

काठमाडौं : हात्तीको पुच्छरको रौं प्रयोग गरी बनाइएको गहना लगाएको भेटिए तत्काल पक्राउ गरी कारबाही गरिने भएको छ । राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको आइतबार बसेको बैठकले चोरीसिकार नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो ।

वनमन्त्री विक्रम पाण्डेको अध्यक्षतामा बसेको बैठकले वन्यजन्तुको चोरीसिकार नियन्त्रण र निराकरण गर्न कडाइ गर्नेसमेत निर्णय गरेको छ । हात्तीको पुच्छरको रौंमा सुन र चाँदी प्रयोग गरी हातमा बाला लगाउने चलन छ ।
समितिले सक्कली वा नक्कली जुनसुकै बाला लगाएको पाइए तत्काल कारबाही गर्ने निर्णय गरेको हो । बैठकले वन्यजन्तुको अंग प्रयोग गरी गहना नलगाउन सबैलाई सचेत गराउने निर्णय गरेको छ । विभिन्न देशबाट जीवित संरक्षित वन्यजन्तु नेपाल भित्रिने क्रम बढेको भन्दै मन्त्री पाण्डेले यसको नियन्त्रणमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को दण्डसजाय महलअन्तर्गत ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद सजाय हुनेछ । चोरीसिकार नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३०, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको ऐनअन्तर्गत कारबाही हुनेछ ।

संरक्षित वन्यजन्तुको तस्करी नियन्त्रण नगरे संरक्षणमा नेपालले कमाएको छवि गुम्ने भन्दै सतर्क भएर नियन्त्रण गर्न सबैलाई निर्देशन दिने समितिले निर्णय गरेको छ । बैठकमा चारै वटा सुरक्षा निकायका प्रमुख, गृह, कानुन, वन र अर्थ मन्त्रालयका सचिव, वन्यजन्तु विज्ञसमेत उपस्थित थिए । वन्यजन्तु संरक्षणमा नेपालले विश्वमै इज्जत कमाउँदै आएको छ भने वन विकास र संरक्षणमा अपनाइएको सामुदायिक सहभागितालाई थप प्रोत्साहन दिने भएको छ । नाइजेरियादेखि भारत हुँदै नेपालमा चिम्पान्जीलगायत विभिन्न संरक्षित वन्यजन्तु भित्रिने गरेको पाइएको छ ।

संरक्षणमा कमाएको इज्जत कायम राख्न सञ्चारमाध्यम, सरोकारवाला निकाय सबैसँग सकारात्मक भूमिका निर्वाह गर्नसमेत समितिले अनुरोध गरेको छ । सबैले अघि बढेर सक्रियतापूर्वक काम गर्नुको विकल्प नभएको भन्दै चोरीसिकारको कडाइसाथ नियन्त्रणको तयारीमा जुटेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बताए । चोरीसिकार र तस्करी नियन्त्रण गर्न जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउने र सञ्चारमाध्यमलाई समेत सकारात्मक सन्देश प्रवाह गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।everydaykhabar

The post हात्तीको पुच्छरको गहना लगाए ठाउँकोठाउँ कारवाही appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ihNkn8
via IFTTT

डर लाग्दो देखिइन् सुनकेशरीमा अभिनेत्री ऋचा शर्मा

काठमाडौं, १३ कात्तिक । चलचित्र ‘सुनकेशी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री ऋचा शर्माको डर लाग्दो लुक्स देखाइएको छ ।

हरर जनरामा रहेको ‘सुनकेशरी’को यसअघिको सार्वजनिक गरिएको पोस्टर एक बालिका फिचरिङ थिइन् । अभिनेत्री ऋचा र भीम न्यौपाने निर्माता रहेको सुनकेशरीलाई अभिनेता अर्पण थापाको निर्देशन गरेका छन् ।

सो चलचित्रमा ऋचा, भीम न्यौपाने, रवीन्द्र झालगायत कलाकारको अभिनय रहेको छ ।

The post डर लाग्दो देखिइन् सुनकेशरीमा अभिनेत्री ऋचा शर्मा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gND9Xa
via IFTTT

सुत्दा ब्रा र पेन्टी खोल्ने बानी बसालौं ! पढ्नुहोस् फाईदा

दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा छन्ः

रक्तसञ्चार सुचारु हुन्छ
ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

दाग बस्दैन
ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा पर्छ
ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

आराम हुन्छ
ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।

स्तनसम्बन्धी रोग लाग्दैन
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन ।

पसिना आउँदैन
सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

क्यान्सरको जोखिम कम गर्छ
कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । कँसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्यान्सरको जोखिम बढ्छ । – शुक्रबार

The post सुत्दा ब्रा र पेन्टी खोल्ने बानी बसालौं ! पढ्नुहोस् फाईदा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zQtOW1
via IFTTT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाट आयो फेरी अर्को सबैलाइ -चकीत पार्ने खबर !!

काठमाडौं कातिक १३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी ऐनीको राहदानीमा भदौ २३ गते अर्कै व्यक्ति उडेकी हुन्। अर्काको राहदानीमा उड्ने अनुमति विमानस्थलस्थित अध्यागमनका कर्मचारीले कसरी दिए, खोजीको विषय बनेको छ।अर्कै व्यक्ति उडेको खुलासाफ्लोरेन्स राहदानी हराएको भन्दै नेपालस्थित फ्रान्सेली दूतावासबाट जारी भएको राहदानीमा भिसा ट्रान्सफर गर्न अध्यागमन पुग्दा उनको राहदानीमा अर्कै व्यक्ति उडेको खुलासा भएको हो। त्यसलगत्तै अध्यागमन विभागले विमानस्थलस्थित अध्यागमन कार्यालयमा खबर गरेको थियो। फ्लोरेन्सको राहदानीमा अर्कै व्यक्तिलाई उडाउन सघाउ पुर्‍याएको आशंकामा विमानस्थल अध्यागमनका एक अधिकृतलाई विभागमा फिर्ता बोलाइएको छ।

अनुसन्धानअध्यागमन विभागको सूचना अधिकारीसमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए। निर्देशक पौडेलले भने, ‘अर्काको राहदानीमा डिपार्चर दिने कर्मचारीमाथि समेत छानबिन भइरहेको छ। प्रहरी र अध्यागमन दुवै निकायले अनुसन्धान गरिरहेको छ।’अध्यागमन कर्मचारीलाई थाहा छैन ​विमानस्थलमा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली नहुँदा फ्रान्सेली युवतीको राहदानीमा अवैध व्यक्ति उड्न सफल भएको अधिकारीहरू बताउँछन् । फ्लोरेन्स इन्डोनेसियामा व्यापार गरेर बस्दै आएकी छन् । उनको राहदानीमा उड्ने व्यक्तिबारे अध्यागमन कर्मचारीलाई थाहा छैन । तर, यसबीच फ्लोरेन्सले समेत नेपाल छाडिसकेकी छन् । पर्यटक भिसामा आएकी उनी कपन गुम्बामा मेडिटेसन गर्न बसेकी थिइन् । त्यहीँबाट उनको राहदानी भएको झोला हराएको प्रहरीमा उजुरी परेको थियो।

राहदानी रहेको झोला हराएपछि फ्लोरेन्सले महानगरीय प्रहरी वृत्त बौद्ध र प्रदर्शनीमार्गस्थित पर्यटक प्रहरीमा उजुरी गरेकी थिइन् । गुम्बामा मेडिटेसन गर्ने क्रममा उनी लिथुनियाकी एक युवतीसँग बसेकी थिइन् । केही दिन सँगै बसेकी लिथुनियाकी ती युवतीले फ्लोरेन्सको राहदानी दुरुपयोग गरेको हुन सक्ने आशंका गरे पनि अध्यागमन र प्रहरी अधिकारीले त्यसबारे प्रमाण जुटाउन सकेका छैनन् । ‘यो वा त्यो वहानामा कर्मचारीमाथि कारबाही गर्नुभन्दा प्रविधिलाई बलियो बनाउनुपर्‍यो,’ विमानस्थलस्थित अध्यागमनका एक कर्मचारीले भने, ‘न प्रविधि बलियो छ न त कर्मचारीलाई कुनै तालिम। कर्मचारीलाई निशाना मात्र बनाएर हुँदैन, गृह मन्त्रालय नै अध्यागमनको स्तरोन्नतिमा उदासीन छ।’

अध्यागमन विभागले पर्याप्त अनुसन्धानविनै ती फ्रान्सेली युवतीलाई असोज १३ गते शुक्रबार जाने अनुमति दिएको स्रोतले बताएको छ। फ्लोरेन्सको राहदानीबाट अर्कै व्यक्ति उडेको खुलासा भएपछि विमानस्थलमा खटिएका अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ। त्यसैगरी, अर्काको राहदानी लिएर यात्रा गर्ने व्यक्तिलाई बोर्डिङ पास दिने एयरलाइन्सका कर्मचारीको भूमिका शंकास्पद देखिएको छ।विमानस्थल अध्यागमन कार्यालयमा भएको यो घटना पहिलो भने होइन। पुसमा समेत एक भियतनामी युवतीको राहदानीमा अर्कै युवती उडेकी थिइन्। अध्यागमनका अधिकारीले भियतनामी युवती लेथी किमतुको राहदानीमा को उड्यो भन्ने विषय पत्ता लगाउन सकेनन्।

साभार:राप्ती 24 न्युज

The post त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाट आयो फेरी अर्को सबैलाइ -चकीत पार्ने खबर !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A14ZaT
via IFTTT

मध्यराति राजधानीको सडकमा यस्तो अवस्थामा भेटीए अनमोल केसी

काठमाडौं – सुपरस्टार नायक भुवन केसीको निर्माण तथा अनमोल केसी अभिनित चलचित्र ‘कृ’को छायाँकन फेरि सुरु भएको छ । पटक पटक रोकिदै आएको चलचित्रको छायाँकन अहिले राजधानीमा सुरु गरिएको हो ।

राजधानीको बिभिन्न सडकमा मध्यराती चलचित्रको लागि द्धन्द्धका दृश्यहरु छायाँकन भइरहेको छ । जसको जानकारी चलचित्रका द्धन्द्ध निर्देशक चन्द्र पन्तले सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

पन्तले चलचित्रमा अनमोलले दिदै गरेको दृश्य सहितका केही तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा अनमोलले एक्सन अभिनय गरिरहेको लुक समेत देख्न सकिन्छ ।

अनमोलसँगै अदिति बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय चलचित्रमा रहने छ ।

सुवास गिरि र भुवन केसीले मिलेर निर्माण गरिरहेको चलचित्र पुरुषोत्तम प्रधानले छायाँकन गरिरहेका छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रको निर्माण समयमा रिलिज मिति समेत घोषणा गरिएको थियो । तर समयमा छायाँकन नसकिदा पटक पटक रिलिज मिति सर्दै आएको छ । सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको ‘कृका सहनिर्माता श्री पराजुली हुन् ।

-रातोपाटी

The post मध्यराति राजधानीको सडकमा यस्तो अवस्थामा भेटीए अनमोल केसी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xxF9JZ
via IFTTT

कोहलीले यसरी तोडे तेन्दुलकरको कीर्तिमान

http://ift.tt/2yXhvIl १३ कात्तिक, काठमाडौं । न्युजिल्याण्डबिरुद्धको तेस्रो तथा अन्तिम एकदिवशीयमा शतक प्रहार गर्दै भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले टिमलाई २-१ ले शृङखलामा जित दिलाए । करिअरको ३२औं शतकले भारतीय टिमले जितमात्रै

from ARENA http://ift.tt/2ig5W7p
via IFTTT

खेलकुद पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा अधिकारी

http://ift.tt/2yXY7eo १३ सुर्खेत, काठमाडौं । खेल क्षेत्रलाई पत्रकारितामार्फत अगाडि बढाउने उदेश्यले सुर्खेतमा खेलकुद पत्रकार मञ्च गठन गरिएको छ । अधिकारी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पत्रकारकारिता विषयका उपप्राध्यापक समेत हुन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेका पत्रकारहरुको भेलाले भानुभक्त

from ARENA http://ift.tt/2zghtyc
via IFTTT

दिपकले मलाई सेक्स गरेको छैन, दिपक विवाहित नभएको भए…..दीपा श्री निरौला

त्यतिमात्र होइन उनी नेपाली सिने क्षेत्रमा पाको उमेर सम्म विवाह नगरी बस्ने सीमित कलाकारको सूचीमा पनि अग्रस्थानमै छिन् ।

नेपाली हेडलाइन्ससँग दीपाले यौन अनुभव, विवाहको चाहाना देखि कलाकारिता सम्मका विषयमा अन्तरंग कुरा खुलेर गरेकी छिन् ।

प्रस्तुत छ हेडलाइन्सका महेश चौरसिया र गोकर्ण लामिछानेले दीपासँग गरेको अन्तरंग कुराकानिः

व्यस्त दिनचर्याकाबीच व्यक्तिगत समय कसरी निकाल्नु हुन्छ ?
खासै गाह्रो हुदैन । समय मिलायो भने सवै काम सम्भव हुनेरहेछ । सार्वजनिक मान्छेको व्यक्तिगत जीवन हुदैन भन्छन् । त्यसैले कामलाई बढी प्राथमिकता दिन्छु ।

‘तितोसत्य’ सुरु भएकै झन्डै १३ वर्ष पुगिसक्यो ।
यसरी हप्तैपिच्छे कार्यक्रम तयार गर्नुपर्दा विषयबस्तु कसरी छान्नुहुन्छ?
राजनीतिक अवस्था अस्तव्यस्त भएको मुलुकमा सामाग्रीको अभाव नै हुदैन । कार्यक्रमको मुख्य सामाग्री नै राजनीतिक व्यंङ्गमा आधारित हुन्छ ।
राजनीति सुध्र्यो भने कन्टेन्टको अभाव होला नि त ?
म त भन्छु बरु कार्यक्रम बन्द भए होस् तर राजनीति सुर्धे हुन्थ्यो ।

‘छ एकान छ’ फिल्मले राम्रै सफलता पायो । अर्को फिल्म पनि बनाउने होला नि त ?
‘वडा नम्बर छ’ फिल्म बनाउने तयारी हुदैछ । स्क्रिप्ट लेख्ने काम भइरहेको छ ।
‘छ’ लाई नै किन छान्नु भएको हो ?
‘छ’ हाम्रो लकी नम्बर सावित भयो ।

थुप्रै नेपाली चलचित्र असफल भइरहेको सन्दर्भमा ‘छ एकन छ’ ले राम्रै व्यापार गर्यो । खासमा फिल्म चल्ने आधार के हो ?
कथाबस्तु, लोकेसन अनि प्रस्तुति ।

‘अग्निपथ’ चलचित्रबाट तपाईले ठूलो पर्दामा सुरुवात गर्नुभएको थियो । फेरि बीचमा किन हराउनु भयो ?
म आफूलाई एउटा नायिका भन्दा पनि कलाकारका रुपमा लिन्छु । उसो त नायिका हुने त हरेकलाई रहर हुन्छ तर प्रस्ताव आएका रोलहरु नै त्यति मन परेनन् । तितो सत्यमा पनि व्यस्त भइयो । बडा नम्बर छ को तयारी हुदैछ त्यसैमा देखिनेछु ।
कलाकार असफल हुनुको कारण के लाई मान्नुहुन्छ ?

अनुहार, जीउ, बोली र हाउभाउ सुहाउदो रोल मात्रै गर्नु पर्छ । तर जो पायो त्यही रोल गर्यो भने कलाकार मात्र होइन फिल्म पनि चल्दैन ।
कलाकारलाई प्रशंसा कतिको आवश्क छ ?
प्रशंसाले प्रोत्साहन गर्छ । सायद मैले दर्शकको माया र प्रशंसा नपाएको भए यहासम्म पुग्न सक्थेन ।
अहिलेसम्म बिहे किन गर्नु भएन ?

राम्रो केटा नै भेटिएन (लामो हासो) । हेर्नुस् विवाह भन्ने कुरा भाग्यमा लेखेरै आउनु पर्छ । ५५ वर्ष भएपछि राजेश दाईले अस्ति भर्खर बिहे गर्नुभयो । हतार गर्न हुदैन । भाग्यमा लेखेको बेला केटा पनि भेटिन्छ बिहे पनि हुन्छ ।
राजेश हमालले त बिहे गरिसके अब तपाईले बिहे कहिले गर्नुहुन्छ ?
अब धेरै ढिलो धेरै हुदैन । कम्तीमा दुई वर्ष भित्र म पनि बिहे गर्छु । राजेश दाई अविवाहित हुदा बिहेको प्रश्नबाट मलाई पन्छिन सजिलो थियो । अब त झन् अप्ठयारो पो भएछ ।

राजेश हमालको बिहेले तपाई किन अप्ठयारो ?
अविवाहित संघको अध्यक्ष (राजेश हमाल) ले बिहे गरिसकेपछि बाकी सदस्यहरुलाई अप्ठयारो हुदैन त ? दाई अध्यक्ष सम्हालिरहनु भएको थियो । बिहे कहिले गर्ने भनेर राजेश दाईलाई सोधिने प्रश्न म तिर तेर्सिएको छ । अब मैले सोध्नु पर्यो, राजेश दाई यति चाडै किन बिहे गर्नु भएको ?
यति लामो समय एक्लै जिम्दगी बिताउन गाह्रो हुदैन ?
हुदैन । म त मेडिटेशन (ध्यान) गर्छु । त्यसैले ध्यान अन्त जादैन । त्यसो त एक्लै बस्न त को नै चाहन्छ र हतार छैन । राम्रो केटा भेटे बिहे गर्छु । प्रस्तावहरु थुप्रै आए तर गतिलो भएन ।

प्रेम प्रस्ताव कतिको आउछ ?
थुप्रै आउछ । अचेल कम भइसक्यो । सुरुमा लव लेटर लेखेर, बाटोमा भेटेर प्रेम प्रस्ताव गर्नेले हैरानै बनाउथे । ३० वर्ष उमेर कटिसकेपछि प्र्रेम प्रस्ताव आउन छोड्छ । केटीलाई प्रेम प्रस्ताव आएन भने त त्यो केटी नै होइन नि । प्रोपेज नआउने त्यो महिला महिला होइन महेला हो ।
कस्तो केटाको खोजीमा हुनुहुन्छ ?
मलाई रुप राम्रो भन्दा मन राम्रो भएको केटा चाहिन्छ । अहिले पनि ‘भेकेन्सी ओपन’ छ ।
तपाईलाई प्रेमको अनुभव छ ?
विद्यार्थी छदा मैले पनि मायाँ गरे । बिहे गर्ने मोडमा पुगेको थिए । तर त्यो प्रेम असफल भयो । एक पटक प्रेममा धोका पाएपछि कसैसंग माया नै बसेन ।

अनि सेक्सको अनुभव नि ?
भएन । यो नितान्त निजि कुरा हो तर मलाई सेक्सको अनुभव छैन ।
दिपकराज गिरीसंग काम गरेको दशकौं भइसक्यो । रिल लाइफमा तपाईहरु पतिपत्नि हुनुहुन्छ । वास्तविक जीवन हामी पतिपत्नि भए

हुन्थ्यो जस्तो लाग्दैन ?
दिपक र मेरो जोडी परफेक्ट छ । ऊ विवाहित नभएको भए हामी बिहे गर्थ्यौं । नेपालको कानुनले पनि बहुविवाहको छूट दिएको भए म दिपकसंग बिहे गर्थे ।

ठूलो र सानो पर्दा दुवैमा जमेकी सीमित कलाकारमा मध्ये पर्छिन् दीपा श्री निरौला ।
त्यतिमात्र होइन उनी नेपाली सिने क्षेत्रमा पाको उमेर सम्म विवाह नगरी बस्ने सीमित कलाकारको सूचीमा पनि अग्रस्थानमै छिन् ।

नेपाली हेडलाइन्ससँग दीपाले यौन अनुभव, विवाहको चाहाना देखि कलाकारिता सम्मका विषयमा अन्तरंग कुरा खुलेर गरेकी छिन् ।

प्रस्तुत छ हेडलाइन्सका महेश चौरसिया र गोकर्ण लामिछानेले दीपासँग गरेको अन्तरंग कुराकानिः

व्यस्त दिनचर्याकाबीच व्यक्तिगत समय कसरी निकाल्नु हुन्छ ?
खासै गाह्रो हुदैन । समय मिलायो भने सवै काम सम्भव हुनेरहेछ । सार्वजनिक मान्छेको व्यक्तिगत जीवन हुदैन भन्छन् । त्यसैले कामलाई बढी प्राथमिकता दिन्छु ।

‘तितोसत्य’ सुरु भएकै झन्डै १३ वर्ष पुगिसक्यो ।
यसरी हप्तैपिच्छे कार्यक्रम तयार गर्नुपर्दा विषयबस्तु कसरी छान्नुहुन्छ?
राजनीतिक अवस्था अस्तव्यस्त भएको मुलुकमा सामाग्रीको अभाव नै हुदैन । कार्यक्रमको मुख्य सामाग्री नै राजनीतिक व्यंङ्गमा आधारित हुन्छ ।
राजनीति सुध्र्यो भने कन्टेन्टको अभाव होला नि त ?
म त भन्छु बरु कार्यक्रम बन्द भए होस् तर राजनीति सुर्धे हुन्थ्यो ।

‘छ एकान छ’ फिल्मले राम्रै सफलता पायो । अर्को फिल्म पनि बनाउने होला नि त ?
‘वडा नम्बर छ’ फिल्म बनाउने तयारी हुदैछ । स्क्रिप्ट लेख्ने काम भइरहेको छ ।
‘छ’ लाई नै किन छान्नु भएको हो ?
‘छ’ हाम्रो लकी नम्बर सावित भयो ।

थुप्रै नेपाली चलचित्र असफल भइरहेको सन्दर्भमा ‘छ एकन छ’ ले राम्रै व्यापार गर्यो । खासमा फिल्म चल्ने आधार के हो ?
कथाबस्तु, लोकेसन अनि प्रस्तुति ।

‘अग्निपथ’ चलचित्रबाट तपाईले ठूलो पर्दामा सुरुवात गर्नुभएको थियो । फेरि बीचमा किन हराउनु भयो ?
म आफूलाई एउटा नायिका भन्दा पनि कलाकारका रुपमा लिन्छु । उसो त नायिका हुने त हरेकलाई रहर हुन्छ तर प्रस्ताव आएका रोलहरु नै त्यति मन परेनन् । तितो सत्यमा पनि व्यस्त भइयो । बडा नम्बर छ को तयारी हुदैछ त्यसैमा देखिनेछु ।
कलाकार असफल हुनुको कारण के लाई मान्नुहुन्छ ?

अनुहार, जीउ, बोली र हाउभाउ सुहाउदो रोल मात्रै गर्नु पर्छ । तर जो पायो त्यही रोल गर्यो भने कलाकार मात्र होइन फिल्म पनि चल्दैन ।
कलाकारलाई प्रशंसा कतिको आवश्क छ ?
प्रशंसाले प्रोत्साहन गर्छ । सायद मैले दर्शकको माया र प्रशंसा नपाएको भए यहासम्म पुग्न सक्थेन ।
अहिलेसम्म बिहे किन गर्नु भएन ?

राम्रो केटा नै भेटिएन (लामो हासो) । हेर्नुस् विवाह भन्ने कुरा भाग्यमा लेखेरै आउनु पर्छ । ५५ वर्ष भएपछि राजेश दाईले अस्ति भर्खर बिहे गर्नुभयो । हतार गर्न हुदैन । भाग्यमा लेखेको बेला केटा पनि भेटिन्छ बिहे पनि हुन्छ ।
राजेश हमालले त बिहे गरिसके अब तपाईले बिहे कहिले गर्नुहुन्छ ?
अब धेरै ढिलो धेरै हुदैन । कम्तीमा दुई वर्ष भित्र म पनि बिहे गर्छु । राजेश दाई अविवाहित हुदा बिहेको प्रश्नबाट मलाई पन्छिन सजिलो थियो । अब त झन् अप्ठयारो पो भएछ ।

राजेश हमालको बिहेले तपाई किन अप्ठयारो ?
अविवाहित संघको अध्यक्ष (राजेश हमाल) ले बिहे गरिसकेपछि बाकी सदस्यहरुलाई अप्ठयारो हुदैन त ? दाई अध्यक्ष सम्हालिरहनु भएको थियो । बिहे कहिले गर्ने भनेर राजेश दाईलाई सोधिने प्रश्न म तिर तेर्सिएको छ । अब मैले सोध्नु पर्यो, राजेश दाई यति चाडै किन बिहे गर्नु भएको ?
यति लामो समय एक्लै जिम्दगी बिताउन गाह्रो हुदैन ?
हुदैन । म त मेडिटेशन (ध्यान) गर्छु । त्यसैले ध्यान अन्त जादैन । त्यसो त एक्लै बस्न त को नै चाहन्छ र हतार छैन । राम्रो केटा भेटे बिहे गर्छु । प्रस्तावहरु थुप्रै आए तर गतिलो भएन ।

प्रेम प्रस्ताव कतिको आउछ ?
थुप्रै आउछ । अचेल कम भइसक्यो । सुरुमा लव लेटर लेखेर, बाटोमा भेटेर प्रेम प्रस्ताव गर्नेले हैरानै बनाउथे । ३० वर्ष उमेर कटिसकेपछि प्र्रेम प्रस्ताव आउन छोड्छ । केटीलाई प्रेम प्रस्ताव आएन भने त त्यो केटी नै होइन नि । प्रोपेज नआउने त्यो महिला महिला होइन महेला हो ।
कस्तो केटाको खोजीमा हुनुहुन्छ ?
मलाई रुप राम्रो भन्दा मन राम्रो भएको केटा चाहिन्छ । अहिले पनि ‘भेकेन्सी ओपन’ छ ।
तपाईलाई प्रेमको अनुभव छ ?
विद्यार्थी छदा मैले पनि मायाँ गरे । बिहे गर्ने मोडमा पुगेको थिए । तर त्यो प्रेम असफल भयो । एक पटक प्रेममा धोका पाएपछि कसैसंग माया नै बसेन ।

अनि सेक्सको अनुभव नि ?
भएन । यो नितान्त निजि कुरा हो तर मलाई सेक्सको अनुभव छैन ।
दिपकराज गिरीसंग काम गरेको दशकौं भइसक्यो । रिल लाइफमा तपाईहरु पतिपत्नि हुनुहुन्छ । वास्तविक जीवन हामी पतिपत्नि भए

हुन्थ्यो जस्तो लाग्दैन ?
दिपक र मेरो जोडी परफेक्ट छ । ऊ विवाहित नभएको भए हामी बिहे गर्थ्यौं । नेपालको कानुनले पनि बहुविवाहको छूट दिएको भए म दिपकसंग बिहे गर्थे ।

अन्त्यमा केही भन्नु छ?
दर्शकले यसरी नै माया गर्दिऊन् बाँकी पुगेकै छ । स्रोत – साभार / हाम्रो संदेश

The post दिपकले मलाई सेक्स गरेको छैन, दिपक विवाहित नभएको भए…..दीपा श्री निरौला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zjmkyA
via IFTTT

पेटमा बच्चा छ भने कसरी शारिरिक सम्बन्ध राख्ने

एजेन्सी । खासमा पेटमा बच्चा भएको समयमा शारिरिक सम्बन्ध राख्न हुन्छ की हुँदैन भन्ने विषयमा धेरै मानिसहरुको जिज्ञासा रहने गरेको पाइन्छ ।

यो विषय धेरे दम्पतीको जिज्ञासा र चासोको विषय पनि हो । गर्भवती महिलाको गर्भधारणको कुल समय सामान्यतया नै महिना एक हप्ता हुन्छ।

यसलाई चिकित्साक विज्ञानमा सजिलोको लागि ३ भागमा बाँडिएको छ । पहिलो तीन महिना, दोस्रो तीन महिना, तेस्रो तीन महिना । पहिलो तीन महिनामा गर्भमा रहेको भुर्णको प्रारम्भिक विकास र त्यसको सुरक्षाका आवयवहरु बन्ने तीनको व्यवस्थापन गर्ने समय हो ।

त्यसबेला शरिरमा अत्याधिक कम्पन्नले गर्भको बच्चालाई हानी गर्न सक्छ । त्यसैले पहिलो तीन महिना यौन सम्पर्कको लागि त्यति उपयुक्त मानिदैन । तर यो समयमा सम्बन्ध राख्नुहुन्छ भने त्यसबेला अत्यधिक कम्पन्न हुने गरी सम्बन्ध नराख्दा राम्रो मान्छि ।

गर्भधारणको दोस्रो त्रैमासिक यौन सम्पर्कको लागि सबै भन्दा सुरक्षित र उपयुक्त मानिन्छ । त्यति खेर गर्भको बच्चालाई प्रकृतीले नै सुरक्षा प्रदान गरेको हुन्छ ।

गर्भ धारणको तेस्रो त्रैमासिक समय महिलाको पेट ठुलो हुने भएर सामान्यतया महिला पुरुषले प्रयोग गर्ने पुरुष माथि महिला तल भएर गरिने सम्भोग गर्न अप्ठारो हुन्छ ।

त्यस्तोमा यथेष्ट घर्षण र लिंग प्रबेशमा बाधा पुग्ने मात्र होइन गर्भासयमा बढि चाप पर्ने हुदाँ महिलालाई सास फेर्न गाह्रो हुन्छ । र पेटमा रहेको बच्चलाई पनि असर पुग्न सक्छ ।

The post पेटमा बच्चा छ भने कसरी शारिरिक सम्बन्ध राख्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ieHiUu
via IFTTT

उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसमा

काठमाडौं, कात्तिक १३ – उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएको छ । चौधरी यसअघि २०६४ सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिकतर्फको सांसद हुनुहुन्थ्यो ।

एमालेभित्र माधव नेपाल निकट रहनुभएका उहाँ केपी ओली शक्तिमा आएसँगै छाँयामा पर्नुभएको थियो । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहनुभएका चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरु देखिनै निकट सम्बन्ध थियो ।

अहिले चौधरीलाई कांग्रेसमा ल्याउने महामन्त्री सशांक कोइरालाले विशेष पहल गर्नुभएको थियो । चौधरीले नेपालका विभिन्न उद्योगमा लगानी गर्नुभएको छ । चौधरीको नाम समानुपातिक सूचिमा परेको कांग्रेसका एक शीर्ष नेताले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

चौधरी विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली हुनुहुन्छ ।फोर्ब्सले जनाए अनुसार अहिले उहाँको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चौधरी समूहको विश्वका विभिन्न देशका होटेलमा लगानीसमेत रहेको छ । लोकप्रिय चाउचाउको वाइवाइको ब्रान्डलाई समेत विश्वका विभिन्न देशमा चौधरी समूहले विस्तार गरिसकेको छ । ujyaaloonline

The post उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yYIt2w
via IFTTT

Sunday, October 29, 2017

प्रमोशन छाडेर व्वाइफ्रेण्ड खोज्न भारतमा प्रियंका कार्की

कात्तिक १७ गतेबाट नायिका प्रियंका कार्की अभिनित फिल्म ‘फाटेको जुत्ता’ प्रदर्शनमा आउँदैछ । प्रियंका र सौगात मल्लको फिल्ममा मुख्य भूमिका छ । तर, फिल्म प्रदर्शनमा आउन एक हप्ता पनि बाँकी नरहँदा प्रियंका भने नेपालमा छैनन् । फिल्मकी प्रमुख पात्र नै प्रचार-प्रसार छाडेर वेपत्ता हुँदा यतिबेला ‘फाटेको जुत्ता’ यूनिट तनाबमा देखिएको छ ।

आखिर कता गइन् त प्रियंका ? केहीदिन अगाडि दाँत दुखेको कारण देखाउँदै एकैदिन विहान ‘शत्रुगते’को मुहर्त समारोहमा उपस्थित नभएकी प्रियंका दिउँसो भने केकी अधिकारीको फिल्म ‘कोहलपुर एक्सप्रेस’को घोषणा सभामा सहभागी भएकी थिइन् ।

प्राप्त जानकारी अनुसार, प्रियंका ‘शत्रुगते’को छायांकनका लागि विरगञ्ज जाने भन्दै भारतमा रहेका प्रेमी आयुष्मान देशराज श्रेष्ठसँग भेट गर्न भारत प्रस्थान गरेकी छन् ।

प्रियंकाले आफ्नो प्रेमीसँगका केही तश्वीर इन्ट्राग्राममा पनि शेयर गरेकी छिन् । एकतिर फिल्म ‘शत्रुगते’को छायांकन अनि अर्कोतिर ‘फाटेको जुत्ता’को प्रमोशन, प्रियंकालाई यतिबेला दौडधुप हुनु पर्ने हो तर उनी व्वाइफ्रेण्डसँग भारतमा मस्ती गरिरहेकी छिन् । कलाकारले फिल्मको प्रचारमा वेवास्ता गर्दा यसको स्वयंम घाटा कलाकारलाई नै हुन्छ ।

कति निर्माता तथा निर्देशकको त कलाकारसँग यहि बिषयमा झगडा समेत हुँदै आएको देख्न र सुन्न पाईन्छ । कुनै पनि किसिमको उदघाटनमा रिबन काट्न र प्रेम-प्रेमिकासँग मस्ती गर्न फुर्सद पाउने कलाकारले आफ्नै फिल्मको प्रचारमा हिँड्न किन हिचकिचाउँछन् ? के फिल्मको प्रचारमा साथ दिनु कलाकारको धर्म होइन र ?

The post प्रमोशन छाडेर व्वाइफ्रेण्ड खोज्न भारतमा प्रियंका कार्की appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ien79j
via IFTTT

एक वीर प्रहरी जवान जसले यात्रुहरूको ज्यान जोगाउन त्रिशुलीमा हाम फाले

शनिबार बिहानको पाँच बजेको थियो। हाम्रो सञ्चार सेटमा राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशुली नदिमा खसेको खबर आयो।
सशस्त्र प्रहरीको विपत व्यवस्थापन तालिम केन्द्रमा रहेकाले हाम्रो काम नै सकेसम्म छिटो उद्दारमा खटिने हो। खबर आउनासाथ हामी उद्दारका लागि घटनास्थल जान हतारियौं।

सशस्त्र प्रहरी वल, विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट घटनास्थल गजुरीको घाटवेशी १०–१२ किलोमिटर टाढा पर्छ। हामीले बिहानको नित्यकर्म पनि गर्न पाएका थिएनौं। सशस्त्र प्रहरी इन्सपेक्टर अजयकुमार थापाको कमाण्डमा कुरिनटारबाट हामी १९ जनाको टोली हतार हतार घटनास्थलतर्फ लाग्यौं। टोलीमा सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार विरेन्द्रबहादुर कार्की, हबल्दार नरेन्द्रसिंह भण्डारी र म सहित तीन जना गोताखोर थियौं।

घटनास्थल पुग्दा हामीले बस देखेनौँ। पहिले नै बस त्रिशुली नदीमा डुबिसकेको रहेछ। यात्रुहरू जताततै छरिएका थिए। घाइतेहरू पीडाले छटपटाइरहेका थिए भने कतिपय रुँदै गुहार मागिरहेका थिए। पहिला हामी घाइतेहरुको उद्दारमा खटियौं। नदि किनारबाट १६ जना घाइतेलाई माथि सडकमा निकाल्यौं। कसैलाई बोक्यौं, कसैलाई डो¥याएर माथि निकाल्यौं। कोही आफैं विस्तारै हिंडेर माथि निस्किए। घाइतेहरु सबैलाई अस्पताल पठाउने काम भयो।

कतिपय घाइते बोल्ने अवस्थामा थिएनन्। घाइतेहरुको उद्दार गर्दा बिहान झण्डै सवा सात बजिसकेको थियो। बस नदिभित्र पूरै डुबेको थियो। घटनास्थलमा रमिता हेर्नेको भीड बढ्दै गयो। सडक किनारमा स्थानीयबासी र यात्रुहरु भेला भएका थिए। नदिमा खसेको बस कहाँ छ अत्तोपत्तो थिएन।

हामी तीन जना गोताखोर विरेन्द्रबहादुर कार्की, नरेन्द्रसिंह भण्डारी र म बस र यात्रु खोज्न नदिमा पस्ने तयारीमा लाग्यौं। त्यतिन्जेलसम्म बिहानको साढे सात जति बजेको थियो।

पानीभित्र पस्दा सुरक्षाका लागि आवश्यक पर्ने सबै सामान हामीले लगायौं। पानीमा पस्दा सुट, बुट, अक्सिजन, नाइफ, मिडल, चस्मा लगायतका सामान लगाउनु पर्छ। त्यसरी पानीमा पस्दा एक घण्टासम्म पानीभित्रै रहेर काम गर्न सकिन्छ।

The post एक वीर प्रहरी जवान जसले यात्रुहरूको ज्यान जोगाउन त्रिशुलीमा हाम फाले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yWk1RC
via IFTTT

धार्मिक बिधिअनुसार पैसालाई आफुतिर आकर्षित गर्ने उपाए, एक पटक गरेर त हेर्नुस् के हुन्छ ?

एजेन्सी – आधुनिक समयमा पैसा निकै महत्वपूर्ण छ । मानिसहरु अहिले पुरै रुपमा पैसामा निर्भर छन् । पैसाले खुशीलाई त किन्न सकिदैंन । तर पैसा नभई अहिले हामीलाई बाँँच्न सम्म पनि गाह्रो हुने अवस्था छ ।

धेरैजसो मानिसको जीवनमा आर्थिक समस्या हुने गर्छ । धेरै चिन्ता लिनाले पनि आर्थिक अवस्थामा असर आउने गर्छ । तपाईंलाई यसमा लजाउनुपर्ने कुरा केही पनि छैन । पैसाको अभाव सबैलाई हुन्छ ।

आज हामी तपाईंलाई प्राकृतिक तरिकाबाट आर्थिक समस्यालाई समाधान गरी पैसालाई आर्कषित गर्ने उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि तपाईंले सबैभन्दा पहिला सकारात्मक सोच राख्न आवश्यक छ । त्यसपछि तपाईंले निम्न धार्मिक विधिलाई अपनाउन सक्नुहुन्छ । यसले तपाईंलाई पैसालाई आर्कषित गर्ने शक्ति दिन्छ ।

आवश्यक सामाग्रीहरु
२ मुठ्ठी चामल २ वटा सिसाको गिलास २ वटा मैनबत्ती६ कालो मरिचको अन्न

विधि: तपाईंले यस विधिलाई मंगलबारको दिन गर्नुपर्ने हुन्छ । यो दिन तपाईंको फुर्सद नभएमा बुधबार मध्यरात अघि पुरा हुने गरी अरु दिनमा पनि गर्न सक्नुहुन्छ ।

एउटा भाँडोमा पानीलाई हाल्नुभई उमाल्नुहोस् । त्यसपछि यसलाई २ वटै सिसाको बोतलमा हाल्नुहोस् र चिसो हुन दिनुहोस् । १ मुठ्ठी चामल र ३ वटा मरिचलाई एउटा बोतलमा र अर्को १ मुठ्ठी चामल र ३ वटा मरिचलाई अर्को बोतलमा हाल्नुहोस् ।

१ वटा बोतललाई भान्छा कोठामा र अर्को बोतललाई सुत्ने कोठामा देख्ने गरी राख्नुहोस् । मैनबत्तीलाई बोतललाई राख्नुभन्दा अगाडि बाल्नुहोस् । र केही घण्टाको लागि त्यसै छोड्नुहोस् । त्यसपछि चम्चाले मैनबत्तीलाई निभाउनुभई दुबै बोतललाई देख्ने ठाउँमा राख्नुहोस् ।

यस विधिलाई बाधा हुन नदिनको लागि यसलाई तपाईंले कोही पनि नभएको अवस्थामा गर्नुहोस् । यस विधिलाई तपाईंले नियमित रुपमा गर्नुभएमा चाडैं नै पैसाको अभाव हुने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

The post धार्मिक बिधिअनुसार पैसालाई आफुतिर आकर्षित गर्ने उपाए, एक पटक गरेर त हेर्नुस् के हुन्छ ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gUvpGN
via IFTTT

लाइसेन्सको लागि पाँच किलोमिटर लाइन: विहे सार्ने कि लाइसेन्स लिने अन्योलमा युवा

विराटनगर। मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानैदेखि हजारौँ मानिस लाइनमा बसे। भिड व्यवस्थापन गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुपर्यो । प्रहरीको लाठीबाट मोरङ बुढीगंगा– १ का टीकाराम निरौलासहित अन्य दुईजना घाइते भए।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति कृष्ण अधिकारी आफन्तहरूले धेरै गुनासो गरेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर आइतबार यातायात व्यवस्था कार्यालय पुगे । तर, त्यहाँको अवस्था देखेर उनी पनि चकित भए । पाँच किलोमिटर लामो लाइन । लाइसेन्सको प्रक्रियाका लागि टोकन लिन आएकाको मोटरसाइकलको ताँती र लाइन व्यवस्थापन गर्न प्रहरीले दिइरहेको दबाब देखेर उनी दिक्क भए ।

उनले मोबाइलबाट केही फोटो र भिडियो खिचे अनि फेसबुकमा स्टाटस लेखे, ‘अपराधीले मानव अपहरण गरेर फिरौती लिएकोभन्दा राज्यले नागरिकलाई यातना दिएर ठूलो अपराध गरिरहेको छ । ए प्रतिपक्षका नेताहरू हो नागरिकले पाएको यस्तो सास्तीबारे चाहिँ तिमीहरूले बोल्न पर्दैन ? हे सरकार विधि बनाएर रेगुलर लाइसेन्स दिने व्यावस्था मिलाउँदा के बिग्रन्छ ?’

-नौ महिनापछि खुलेको सवारी यातायातको लाइसेन्स बनाउने प्रक्रियाका लागि आइतबार करिब २० हजार सेवाग्राही यातायात कार्यालयमा भेला भएका थिए ।

-हजारौँ मानिस लाइनमा बसेका वेला बिचौलियाहरूले निःशुल्क पाइने टोकन (फारम दर्ता गराउने मिति लेखेको चिट) पाँच सयदेखि १५ सय रुपैयाँसम्म बिक्री गरेका थिए ।

-कोसी अञ्चल यातायात व्यवस्था सवारी अनुमति कार्यालयका प्रमुख श्यामकुमार सिंहले सोचेभन्दा बढी सेवाग्राही आएकाले भिड व्यवस्थापन गर्न समस्या भएको बताए ।

१५ सयको लाइसेन्स बनाउन कम्तीमा १५ हजार खर्च

टोकन लिने हजारौँ भएकाले लाइसेन्स लिन महिनौँ लाग्न सक्छ । सो समयमा लाइसेन्स लिनकै लागि कतिले तोकिएको बिहे सार्नुपर्ने, विदेश जाने मिति बदल्नुपर्नेसमेत हुन्छ । आइतबार घन्टौँ लाइनमा बसेर टोकन लिएका एक युवाले आफ्नो मंसिर अन्तिम साता बिहे परेकाले बिहे छाड्ने कि लाइसेन्स छाड्ने भन्ने दोधारमा परेको बताए ।

‘बिहे छाडाैँ जीवनको कुरो छ, लाइसेन्स छाडौँ फेरि कहिले पाइएला थाहा छैन । फारम दर्ता गराउने मिति पनि त्यही समयमा परेको छ, के गर्ने के नगर्ने अन्योलमा परेको छु,’ उनले भने । पटकपटक धाउनुपर्ने झन्झटले बन्द व्यापार र पेसाकर्मीहरूले पाउने सास्ती त छँदै छ, खाने–बस्ने समस्या र आतेजाते यातायात खर्चको बोझले १५ सय रुपैयाँ राजस्व तिरेर प्राप्त गर्न सकिने लाइसेन्स १५ हजारभन्दा महँगो पर्न जान्छ ।

नयाँ पत्रिकाबाट

The post लाइसेन्सको लागि पाँच किलोमिटर लाइन: विहे सार्ने कि लाइसेन्स लिने अन्योलमा युवा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xyjelR
via IFTTT

कोरियामा एक नेपाली चेलीको सफलता, दर्जनौं नेपालीलाई जागीर दिएकी छिन

म सर्बप्रथम आफनै देशमा हुँदा फलानोको छोरी हुँ, फलानोको श्रीमती अनी बुहारी हुँदै नाता थपिदै जाने एक पात्र थिय अनी बन्दथे । मलार्ई यो फलानोको यो हो त्यो हो मा मात्र सिमित हुँन मन थियन। बिश्वका ती प्रख्यात महिलाहरु रुबी एम.गोर्डिन,एलिन डिभो, सेलिअ विलिमसन,टिजिअना डिअरिङ्ग आदी ले आफनो समुदाय,क्षेत्र अनी राष्ट्रप्रति गरेका सम्मानीत कार्यबाट उनीहरुको उचाईको चर्र्चा सँगै म उनीहरु बन्न नसकेनी बन्ने कोशीश गर्नु पर्छ भन्ने सपना पालीरहेकी हुन्छु तर सफलताको त्यो सपनालाई प्राप्त गरेकी छैन सायद सफलता उचार्ईमा नै हुन्छ होला त्यसलाई चुम्न म हरेश कहिल्यै खान्न र खान पनि नपरोस।

आज भन्दा ३६ बर्ष अगाडी तनहुँको माझकोटमा जन्मिएकी बिन्दु मल्ल तनहुँमा कहलीएका दुर्र्गा बहादुर मल्ल ठकुरी खानदानभित्रकी एक्ली सन्तान थिईन । उनको परिवारभित्र उनी छोरी भएर जन्मिएपनि छोरा सरह सम्मान पाईन कुनै कुरामा परिबन्द र घेरा तोकिएन अनी यो ठिक त्यो बेठिक भन्ने बर्र्गिकरण गरिएन । जे राम्रो लाग्छ त्यो गर्र्न उनलार्ई स्वतन्त्रता थियो जसले गर्दा बिन्दु मल्लमा मात्र सिमित उनी, बाबामामुले आशा र भरोसा गदै देशको लागि पनि केहि गरेस भन्ने आशीस सहित आस्था बिन्दु मल्ल बाट परिचित हुँन पुगिन ।

जेभिएर एकेडेमीबाट बिज्ञानमा स्नातक एंवम त्रिभुबन बिश्वबिद्यालयबाट बाताबरण बिज्ञानमा स्नाकोत्तर गरेपछि जे जे भोग्नुपर्छ म तयार छु एकाएक मैले आफनो दिमागलार्ई एकै चौटी ३६० डिग्रीमा घुमाए अनी रोजे कुनै बेला नेपालले केहि खाद्य सहयोग गरेको देश दक्षिण कोरिया,सउलको कफी टेम्पल क्याफेको अफोगेटो कफीको स्वादमा उनले जिबनका टर्निङ्ग प्वईन्टलाई ब्याख्या गरिरहँदा बिख्यात साहित्यकारले लेखेर तहल्कै मच्चाएको नोभेल्समा रहेका पात्रको कहानी भन्दा कम थिएन त्यो कथा जुन जो कोहीको लागी प्रेरणा हुँन सक्दथ्यो ।

अ मैले भन्नै भुले एउटा नेपाली उखान छ नी म “ताक्छु मुढो बन्चरो ताक्छ घुँडो” त्यस्तै गरेर आफनै कुलकुटुम्ब भित्रको जीबनसाथी रोज्नुपर्छ भन्ने बिचारलार्ई लात मारिदिए र अन्र्तरजातिए प्रेममा परे अनी सोचे परिबर्र्र्तन मैैले गर्ने हो यसलाई यथार्थमा बदल्नै पर्छ भन्दै त्यो प्रेमलार्ई बिबाहमा सन् २००४ मा परिणत गरे सायद मेरो यो निर्णयबाट बाबामामुको मन साह्ै दुखेको थियो यसमा बिस्तारै परिबर्तन गरी छाड्य उनी निधक्क भन्दै थिईन ।

किताबी ज्ञान जती नै होस त्यो अपुग नै हुँदो रहेछ जब दक्षिण कोरियाको ईन्छन अन्तराष्ट्रिय बिमानस्थलमा झरेपछि आफुले आफैलाई प्रश्न गरे अवसरको प्रचुर सम्भाबना भएको देशमा केहि नदेखेर ठुलो जेटको शयर गर्न मरिहत्ते गरेपछि अब आफुलाई जिरोबाट काउन्ट गर्र्नै पर्छ न त स्नातक न त स्नाकोत्तर । कोरियाको ईह्वा वुमन्स युनिभर्र्सिटीबाट जब र्ईन्जिनियररिङ्ग कोर्र्ष सफलताका साथ सम्पन्न गरेपछि बल्ल सम्झिए संघर्ष बिनाको जीबन के जीबन ?

एउटा हाते ब्याग अनी लगेजमा आफना केहि लत्ताकपडा र मामुले बनाईदिएको कोशेली बाहेक सबै मैले केहि गर्र्नुपर्छ भन्ने बजनदार भारी थियो त्यो लगेजमा, मामुले बनाएको कोशेली सक्कीसक्दा तिनै केहि गर्र्र्नुपर्छ भन्ने बजनदार भारी बढीरहेका थिय । सन् २००९ मा एउटा सानो ज्योती रेष्टुरेन्ट खोलेर अगाडी बढे तब सम्म म आमा बनीसकेकी थिय ।

दक्षिण कोरियाको प्रतिष्ठीत योन्सेई युनिभर्सिटीमा जलबायु तथा मौसम परिबर्तन बिषयमा बिद्याबारिधीको अन्तिम चरणमा रहेकी आस्था बिन्दु लगभग बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको बाताबरण मन्त्रालय अन्र्तगत पर्ने र संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्र्पोरेशन डिपार्र्टको अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भुमिकामा कार्यरत रहँनु पक्कै सानो कुरो थियन।

उनी थप्छीन पाईलट प्रोजेक्टको रुपमा कोरिया बाताबरण कर्र्पोरेशन संस्थाका माध्यमबाट नेपाललार्ई एक करोड रुपैयाँ आर्थिक सहयोग सम्झौतामा नेपालका जनसंङख्या तथा बाताबरण मन्त्रालयका सचिब बिश्वनाथ ओली र संस्थाका प्रमुख बिच हस्ताक्षर गराउँन म सफल भय यो सुरुवात हो भोलीका दिनमा देश प्रतिको मेरो जिम्मेबार अझ बढी हुनेछ ।

हाल दक्षिण कोरियामा लगभग छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेकी उनले कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्र्दछीन भने दुईदर्र्जनका हाराहारीमा नेपाली युवायुवतीलाई रोजगारी दिएकी छिन् ।

अन्त्यमा त्यो अफोगेटो कफिको कपलाई रित्याउँदै सोधे धेरैले भन्दछन् देशलाई माया गर्छु यो त्यो सब बहानाबाजीका रेडीमेड जवाफ जीबन सफल भयो यत्तिमा आत्मसन्तुष्टी लिनुहोस् अह् उनी मान्नेवाला थिईनन् म जती सम्पन्न किन न हुँ म नेपाली भनेर चिनीनुलाई गर्बिलो ठानेर छाती फुलाउँनुलाई खुसी मान्दीन । पासपोर्र्ट बोकेर जेटमा संसारका जुनसुकै कुनाको शयर गर्र्र्र्दैमा आत्मसन्तुष्टी मलार्र्ई हुँदैन भोलीका दिन देशप्रति मैले मेरो जिम्मेबार कुशलतका पूर्र्बक निर्र्बाह गर्न सके भने मात्र म पक्का नेपाली नत्र के नेपाली ?

(दक्षिण कोरियाका संवाददाता अर्जुन बरालले बिन्दु मल्लसँगको कुराकानीका आधारमा तयार पारेको सामाग्री)

The post कोरियामा एक नेपाली चेलीको सफलता, दर्जनौं नेपालीलाई जागीर दिएकी छिन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z0L6CN
via IFTTT