Sunday, October 29, 2017

कमेडियन भारती आफूभन्दा ७ वर्ष कान्छो केटासँग विवाह गर्दै

मुम्बई (एजेन्सी)– चर्चित कमेडियन भारती सिंहले आफूभन्दा ७ वर्ष कान्छो केटासँग विवाह गर्ने भएकी छिन्। ३३ वर्षीय भारतीले ३ डिसेम्बरमा गोवामा विवाह गर्ने खबर सार्वजनिक गरेकी छिन्। उनी हर्ष लिबचियासँग विवाह गर्दैछिन्।

भारतीले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेकी हुन्। उनीहरु बीच विवाह हुने निधो भए पनि तिथी सार्वजनिक भएको थिएन्। भारतीले इन्स्टाग्राममा ठट्टा गर्दै लेखेकी छिन्, ‘उहाँले मेरो मुटु चोर्नु भयो। ३ डिसेम्बरमा म उहाँको थर चोर्दैछु।’

विवाह पछि यो जोडी युरोपमा हनिमुनका लागि जाने बताइएको छ। भारतीले विवाहका लागि सपिङ गर्न पनि सुरु गरिसकेकी छिन्। भारतीले कुरा छिने पछि हर्षलाई अमृतसरस्थित आफ्नो घर पनि लिएर गएकी थिइन्। उनीहरुले अमृतसरको स्वर्ण मन्दिरमा खिचेको तस्बिर पनि सार्वजनिक गरेका छन्।

हर्ष स्क्रिप्ट राइटर हुन्। दुबै ८ वर्षदेखि डेट गरिरहेका थिए। यसै वर्ष जुनमा ‘झलक दिखला जा’ बाट बाहिरिए पछि दुबैले कुरा छिनेका थिए।

The post कमेडियन भारती आफूभन्दा ७ वर्ष कान्छो केटासँग विवाह गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iI0M7T
via IFTTT

No comments:

Post a Comment