Friday, October 27, 2017

खुशिको खबर: अमेरिकामा बन्यो संसारकै ठूलो हिन्दु मन्दिर

अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना गरिएको छ। १ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण गएको महिना सम्पन्न भएको थियो।

मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वलको प्रयोग गरेर निर्माण गरिएको मन्दिरको एउटा हलमा मात्र १ हजार जना बसेर पुजा गर्न सक्ने बनाइएको छ।

उक्त मन्दिरको लागत १६ करोड डलर रहेको बताइएको छ। यो भन्दा अगाडी सबैभन्दा ठूलो मन्दीर तमिलनाडुको श्रीरंगम रहेको थियो। अक्षरघामको संयोजनमा अमेरिकाकै अन्य शहरहरु एटलांटा, ह्यूस्टन, शिकागो, लास एंन्जलस लगायत क्यानाडाको टोरन्टो मा समेत स्वामिनारायण मन्दिर बनेका छन।

The post खुशिको खबर: अमेरिकामा बन्यो संसारकै ठूलो हिन्दु मन्दिर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ze7Z6B
via IFTTT

No comments:

Post a Comment