Tuesday, October 3, 2017

फोहरमा फालिएको बोरा खोलेर हेर्दा उड्यो सातोपुत्लो, आत्तिएर भाग्दाभाग्दै भए बेहोस्

फोहरको थुप्रोमा केही काम लाग्ने कुरा भेटिन्छ कि भनेर खोजिरहेका सडक युवकले अचानक एउटा स्कुटरबाट बोरा फालेको देखेपछि बोरा खोलेर हेर्दा उनको सातोपुत्लो उड्यो । उनी आत्तिएर चिच्याए र बेहोस भए । बोरामा २ जना मान्छेको कंकाल भरिएको थियो ।

शनिबार दिउँसो नवदुर्गा विसर्जनपछि फालिएको फोहरमा ती युवकले काम लाग्ने कुराहरु खोजिरहेका थिए । त्यही बेला उनले नजिकैको पोखरीमा केही फ्याँकिएको आवाज सुने । उनले त्यता हेर्दा एक व्यक्तिले स्कुटरमा आएर बोरा फालेर फर्किरहेको देखे । कउआ नामका ती युवकलाई ती व्यक्तिले नवदुर्गा पुजापछि हवनका सामग्री फालेर गएको जस्तो लाग्यो । त्यसपछि उनले बोरा निकालेर जमिनमा खन्याए । बोराबाट मान्छेका हड्डीहरु जमिनमा पोखिएको देख्दा कउआको सातोपुत्लो उड्यो ।

उनी आत्तिएर चिच्याउँदै भागे । भाग्दाभाग्दै बेहोस भएर ढले । उनी चिच्याएको सुनेपछि आसपास भएका केही मान्छेहरु त्यहाँ पुगे । तर तंत्र क्रिया वा अरु कुनै अनिष्ट हुन सक्ने डरले प्रहरीलाई खबर गरेनन् । घटनापछि पूरै क्षेत्रमा मानिसहरु त्रसित छन् । बोराबाट निस्किएको एउटा मानवको टाउकोको हड्डी सिंगै छ । अर्को फुटाएर चकनाचुर पारिएको छ । एउटा खोपडीको दाँतहरु पनि छन् । बोरामा खोपडीसँगै अन्य हड्डीहरु पनि निस्किएका छन् । केही हड्डीहरुमा हरियो नीलो रंगको पेन्ट गरिएको छ । यी नरकंकालको प्रयोग गरी तान्त्रिक क्रिया गरिएको आशंका गरिएको छ । डिसी नेपाल

The post फोहरमा फालिएको बोरा खोलेर हेर्दा उड्यो सातोपुत्लो, आत्तिएर भाग्दाभाग्दै भए बेहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yV7ECj
via IFTTT

No comments:

Post a Comment