Wednesday, November 15, 2017

भारतमा राजेश हमाललाई हेर्नेको भिड,बडिगार्डलाई सम्हाल्न हम्मे हम्मे

झण्डै दुई दशक नेपाली फिल्ममा एकलौटी राज गरेका राजेश हमाल विवाह पश्चात त्यती फिल्म नगरीमा जम्न सकेनन्,पछिल्लो समय उनी श्रीमती मधु भट्टराईसँग घुमफिरमा ब्यस्त देखीन्छन् । हाल हमाल दम्पत्ती भारत भ्रमणमा व्यस्त छन् । हमालले फेसबुकमा एक लाइभ भिडियो राखेका छन्, जसमा उनी भारतको चण्डिगढमा आफ्ना फ्यानमाझ घेरिएका छन् ।

एक कार्यक्रममा सहभागी हुन पुगेका हमाललाई हेर्न हजारौको संख्यामा नेपाली तथा भारतिय दर्शकहरु उपस्थित छन् । भारतिय भूमिमा पनि नेपाली फिल्म स्टारको यस्तो क्रेज पहिलो पटक देखिएको हो । हमाललाई दर्शकको भिडबाट छुटाएर स्टेजसम्म पुर्‍याउन बडिगार्डलाई समेत हम्मे हम्मे परेको भिडियोमा देख्न सकिन्छ ।

यस्तै, उनी आफूले अङ्ग्रेजीमा एमए गरेको भारतको चण्डिगढस्थित पञ्जाब विश्वविद्यालय पनि पुगे । हमालले पञ्जाब विश्वविद्यालयको बाहिर मधुसँग उभिएको तश्वीर फेसबुकमा राखेका छन् ।

The post भारतमा राजेश हमाललाई हेर्नेको भिड,बडिगार्डलाई सम्हाल्न हम्मे हम्मे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yIuiNT
via IFTTT

No comments:

Post a Comment