Friday, November 24, 2017

बम विस्फोटमा दुई प्रहरी अधिकारीको मृत्यु

इस्लामाबाद। उत्तरपश्चिमी पाकिस्तानको प्रान्तीय राजधानी पेसावरमा शुक्रबार बिहान भएको बम विस्फोटमा परी पाकिस्तानका दुइजना प्रहरी अधिकारीको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

पेसावरको हेयाताबाद क्षेत्रको ततारा पार्कनजिकै उनीहरुको हत्या गरिएको समाचारमा जनाइएको छ। पेसाबर उत्तरपश्चिमी खैवर पाख्तुनख्वाको प्रान्तीय राजधानी हो।
यस आक्रमणमा परी प्रहरी जनरल मुहमद असरफ नुर र उनको अङ्गरक्षकले ज्यान गुमाएका बताइएको छ। यी प्रहरी अधिकारी आफ्नो कार्यालयतर्फ गइरेहको अवस्थामा सो आक्रमण भएको प्रहरीले जनाएको छ ।

यस आक्रमणबाट प्रहरी अधिकारीको सवारी साधान पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । हालसम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । रासस/सिन्ह्वा

The post बम विस्फोटमा दुई प्रहरी अधिकारीको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BmyS6o
via IFTTT

No comments:

Post a Comment