Friday, November 24, 2017

एकातिर सासुको लाश अर्कोतिर ढुंगा, काँधमा बोकेर ४० किमी पैदल

एजेन्सी। बाटोमा सासुको मृत्यु भएपछि उनको शवलाई घरसम्म लैजाने पैसा नहुँदा एक ज्वाइँले श्रवणकुमारले जस्तै एउटा काठमा एकातिर सासुको लाश बाँधे । सन्तुलन मिलाउनको लागि अर्कोतिर ढुंगा बाँधेर ४० किलोमिटर पैदल हिँडेर शवलाई घर ल्याएका छन् । गरिबीको यो दर्दनाक दृश्य बुधबार भारतको इलाहाबादमा देखिएको हो ।

इलाहाबादको सीमाक्षेत्रमा रहेको रीवाँ जिल्लाका नचकु नामका ती व्यक्ति इलाहाबादमा एक प्रधानकहाँ काम गर्छन् । उनकी पत्नी र सासु सँगै बस्थे । सासुको स्वास्थ्य बिग्रिइरहन्थ्यो । जाँचमा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । सासु अब धेरै नबाँच्ने थाहा पाएपछि उनलाई गाउँ लैजानको लागि लिएर हिँडेका थिए । तर गाउँका लागि अटोरिक्सा लिएर हिँडेका नचकुकी सासुको अलिकति अगाडि पुग्नेबित्तिकै मृत्यु भयो । उनको मृत्यु भएको थाहा पाएपछि अटोरिक्सावालाले उनीहरुलाई त्यहीँ झारिदिए ।

अटोरिक्सा वालाले झारिदिएपछि उनीहरुलाई गाउँ जान आपत पर्यो । घण्टौं बित्यो तर कुनै गाडी उनीहरुलाई लैजान तयार भएन । जुनसुकै गाडीले १–२ हजार पैसा माग्थे तर उनीहरुसँग पैसा थिएन । कतैबाट कुनै विकल्प नपाएपछि उनले एउटा लामो काठमा दुबै छेउमा तन्ना बाँधे । एउटामा सासुको लाश राखे र अर्कोतिर सन्तुलन बनाउनको लागि ढुंगा राखे । त्यसपछि पत्नीसँग गाउँ जानको लागि पैदल हिँडे ।

करिब ८ घण्टा पैदल हिँडेपछि उनीहरु आफ्नो गाउँ गोंद कटरा नजिकैको बजार शिवराजपुर पुगे । त्यहाँ अन्य मानिसहरुले उनीहरुलाई चिनेका थिए । उनीहरुले सोधेपछि दुवै पतिपत्नीले पूरै कहानी बताए । त्यसपछि त्यहाँका स्थानीयले चन्दा जम्मा गरेर ५ हजार रुपैयाँ ती दुईलाई दिए । त्यही क्रममा जिल्ला मजिष्ट्रेट अर्पित गुप्ता र अर्का अधिकृत अमित मिश्रा त्यही बाटो कतै जाँदै थि । भीड देखेपछि उनीहरु त्यहाँ रोकिए । उनीहरुले तत्काल एम्बुलेन्स बोलाइदिएर पती पत्नीसहित शवलाई गाउँ पठाइदिए । बाँकी खर्चको लागि कार्यालयमा आएर निवेदन दिन भनेको मजिष्ट्रेट गुप्ताले बताएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mXUNO2
via IFTTT

No comments:

Post a Comment