Saturday, November 25, 2017

बैदेशिक रोजगारीमा भएका नेपालीहरुको लागि अत्यन्त जरुरी सूचना, बैदेशिक रोजगार विभागले बिदेशमा रहेका नेपालीको लागि यि सुविधाहरु प्रदान गर्दै

बैदेशिक रोजगार पर्वद्धन वोर्डवाट बैदेशिक रोजगारमा गएका कामदारहरु अङ्गभङ्ग तथा मृत्यु भएमा आर्थिक सहायता प्रदान गदै आएको छ ।

बैदेशिक रोजगार पर्वद्धन वोर्डवाट प्रदान गरिने आर्थिक सहायता र औषधीपचार सम्बन्धी प्राप्त गर्न अपनाउनुपर्ने तरिकाहरु निम्न अनुसार छन् ।

मृतक कामदारका हकदारले पाउने आर्थिक सहायता

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ ‘घ’ मा उल्लेख भए अनुसार र बैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम बैदेशिक रोजगारमा गई मृत्यु भएका कामदारका परिवारलाई निम्न अनुसार प्रकृया पूरा गरी रु. ३,००,००० (तीन लाख) आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।

बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिई गएको करार अवधिभित्र मृत्यु भएको

मृत्यु भएको प्रमाणित भएको १ बर्ष्भित्र मृतक कामदारको हकवालाले वोर्डको सचिवालयमा निवेदन पेश गरेको हुनुपर्दछ ।

निवेदन साथ संलग्न हुनु पर्ने कागजातहरु

-मृतक कामदारको पासपोर्ट,

-श्रम स्वीकृति पत्र,

-करारपत्र

-Death Certificate

-रोजगारदाता मुलुकको,

-सम्वन्धित दूतावासको शिफारिसपत्र

-मृत्यूदर्ता प्रमाणपत्र,

-हकवालासँग मृतकको नाता प्रमाणितपत्र

-मृतक कामदारको नागरिकता

-हकवालाको नागरिकता

-हकवालाको पासपोर्ट साइजको फोटो २ प्रति

-मृतक अविवाहित भए सो को प्रमाणित कागजात ।

अंगभंग भएका कामदारले पाउने आर्थिक सहायता

-बैदेशिक रोजगारमा भई दुर्घटनामा परी अंगभंग भई स्वदेश फर्किएका कामदारलाई वोर्डले अंगभंगको प्रकृति अनुसार निम्न आधारमा बढीमा रु. ३,००,००० (तीन लाख) सम्म आर्थिक -सहायता उपलव्ध गराउँछ ।

आधारहरु

-बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिई गएको ।

-करार अवधि भित्र अंगभंग भएको ।

-अंगभंग भई स्वदेश फर्किएको १ बर्षभित्र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयमा निवेदन दिएको ।

आवश्यक कागजातहरु

-कामदारको पासपोर्ट

-श्रम स्वीकृति पत्र

-करारपत्र

-रोजगारदाता मुलुकमा उपचार गराएको पे्रसकिप्सन

-सम्वन्धित दूतावासको शिफारिसपत्र

-कामदारको नागरिकता

-अंगभंग भएको कामदारको अंगभंग भएको फोटो

-नेपाल फर्किएपछि सरकारी अस्पतालमा उपचार गराएको प्रेसकिप्सन

-नेपाल र्फकदाको हवाई टिकट ।

The post बैदेशिक रोजगारीमा भएका नेपालीहरुको लागि अत्यन्त जरुरी सूचना, बैदेशिक रोजगार विभागले बिदेशमा रहेका नेपालीको लागि यि सुविधाहरु प्रदान गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zBnlCF
via IFTTT

No comments:

Post a Comment