Wednesday, November 15, 2017

आमा र छोराको लाश एकैपटक घरबाट हिड्यो, निकै कारुणीक दृष्य, जो कल्पना भन्दा बाहिर हुन्छ (भिडियो सहित हेर्नुहोस्)

पर्वत । नेपाली लोक संगितमा पछिल्लो समय निकै चर्चामा रहेको नाम हो प्रशान्त पौडेल जो आफैमा बहु प्रतिभाका धनि छन् । उनले लोकदोहोरी, आधुनिक र पप गीत सबैमा राम्रो कलम चलाउछन ।
उनले सिर्जना गर्ने हरेक गीत उत्कृष्ट हुन्छन साथै उनी आफैमा राम्रो गीत गाउने कलाकार पनि हुन । त्यति मात्र होइन उनले दमदार निर्देशकको पनि परिचय उनको पछिल्लो गीत खरानी मार्फत दिएका छन ।

परदेशमा बसेर नेपाल फर्किएका पौडेल आजभोली गित संगित श्रृजना, गायन तथा निर्देशनमा ब्यस्त छन् । उनले निर्देशन गरेको र गाएको निकै प्रतिक्षारत भिडियो खरानीले उनको हाईटलाई निकै उचाईमा लगेको छ । गितमा राखिएका शब्दहरु र गितमा अभिनय गरेकाहरुको कारण गितले साच्चीकै भावुक बनाउन सफल देखिन्छ ।

गीत हेर्ने कसैलाई पनि लाग्दैन मैले गीत हेरीरहेको छु लाग्छ त केवल मैले बास्तविक कसैको जिवनी हेरीरहेको छु । उत्कृष्ट शव्द संगीत तथा आवाज साथै सबै बास्तविक लाग्ने कलाकारहरुको अभिनय अनि साथै मन छुने कहानी प्रशान्तले सार्वजनिक गरेको खरानी गीतको जति प्रशंसा गरे पनि त्यो कमिनै हुन्छ ।

बुढी भयौं आमा तिमी, पुगी सक्यौ असी
कसलाई दोसी लगाम बरै, कर्मै खोटी भसी
पोहोर साल चुरा फोर्यौ, पुछ्यौ सिन्दुर शिरको
बिधुवाको सेतो पहिरन मनमा पाको पिर
आशुको मुल आखामा हटेन मन घाउ झन बढ्यो घटेन ।

जस्ता शब्दहरुको कारण निकै दरिलो मन भएकाहरुको मन पनि धामिन सक्दैन । र पिडाले मन गरौं हुन्छ । गीतमा सुमन खतिवडा र तिलोचन पौडेल र आमाको रुपमा देखिनु भएकी रुकमया पौडेलको यति जिवन्त अभिनय छ जसको ब्याख्या जति नै गरे पनि कम हुन्छ । जसको कारण गित निकै मार्मीक भएको छ ।

गीतमा प्रशान्त पौडेलको आवाज, शव्द र लय समेत रहेको छ । गीतको म्युजिक भिडियो समेत प्रशान्त पौडेललेनै निर्देशन गरेका छन ।
भिडियो

The post आमा र छोराको लाश एकैपटक घरबाट हिड्यो, निकै कारुणीक दृष्य, जो कल्पना भन्दा बाहिर हुन्छ (भिडियो सहित हेर्नुहोस्) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A05TI2
via IFTTT

No comments:

Post a Comment