Monday, November 20, 2017

आमा तिमि नरुनु है !

आमा हजुरको हातले पस्किएको अन्तिम छाक खाना खाएर
जब म भान्जीहरु सग रमाउदै
हल्का अस्वस्थ मेरो शरीर विस्तारामा सुताएं
बिहानीको मिर्मिरे उज्यालो हुनै नपाइ आमा मैले हजुर लगायत सबैलाई छाडेर
अहिले म स्वर्गमा बिराजमान भएं
बुवा मर्माहत हुनुभयो होला,आमा तिमी बेहोस,बहिनी,दिदी र आफन्तहरु कति रोएका होलान
मन बाधेर हासिहासी मेरो योगदानहरु सम्झेर गौरव गर ल आमा
म अब न आउने बाटो गएं,मैले मेरा डोबहरु छाडेर गएं
यति छिटै म यहाँ आउछु भन्ने मैले पनि ठानेको थिइन
अन्तिम छाक खाना खाएर सुतेको म
मिर्मिरे उज्यालोमा खै कहाँ पो आइपुगे?

आमा नरुनु तिमी ,बिना नरोउ है तिमी अनि सम्हाल मेरा बाबा,ममि ,दिदिबहिनिहरुलाई
सम्झाइदेउ मेरा भान्जाभान्जीहरुलाई
अनि बाबा हजुरले मेरो लासमा दागबत्ती दिदा म माथी बाट हेरिरहेको थिएं
हजुरले हात हल्लाउदै देशवासीलाई सम्बोधन गरिरहदा
म नसुन्ने ठाउँ बाट बाबा हजुरको महानतालाई हेर्दै चिच्याइरहेको थिएं
तर मेरो आत्मा धर्तिमा आएर हजुरलाई अङ्कमाल गर्न नसक्ने ठाउमा पुर्याइदियो भावीले बुवा
यो जन्ममा मैले जे जे दिएं बुवा,त्यो देशकै निम्ति दिएं
अर्को जन्ममा पनि म नया ईतिहास निर्माणका लागि हजुरको पुत्र भै जन्म लिन पाउं
आमा, तिमी धेरै रोएकोले मेरो स्वर्ग यात्रा कठिन भयो
बहिनी,दिदी अनि शुभचिन्तक रोएको आवाजले मेरो आत्मा आत्तिइरहयो
मुलुकको राजनिती सफल भयो भने त्यतिबेला म स्वर्गमा विराजमान हुनेछु
अनि हरेक सपनीमा आइ हजुरको साथ मेरो अभाव दिने छैन
आमा ,बाबा हजुरहरु सम्हालिनुस है

म भौतिक रूपमा मरें,मलाई मर्न मन थिएन
बुवासंगै देश सेवा गर्न आएको म मलाई कालले राख्न मानेन
बहिनी भान्जाभान्जी ,दिदी,हाम्रा सबै शुभचिन्तकहरु तपाइहरुलाई रुवाएर म आएं
मलाई आउनु मन थिएन नि बाबा
आउन मन नलागी नलागी धेरै कामहरुलाई थाती राखेर मैले सबैलाई छाडेर निष्ठुरी बन्न विवश भएं
बिहानीको उज्यालो भुइमा नखस्दै मेरो यात्रा सकिसकेको थियो बुवा
म बाचिरहने छु ,हाम्रा योगदानहरु सस्थागत भए भने
बुवा हजुर अनि आमा म फेरि पनि हजुरको छोरो भएर जन्मिरहन पाउनेछु
म प्रकाश दाहाल भएर फेरि ,मेरो देश बनाउन जन्मिएर आउनेछु
नरुनुस मेरा आदरणीय साथिहरु
मेरो भौतिक शरीर मात्रै चुंडिएको हो
देशभक्तिमा मलाई खोज्नुस त
म चुडिएको छैन

वीरताका रोल्पा,रुकुमका गोरेटाहरु तिर जानुभयो भने
त्यहा मेरा अनगिन्ती उपस्थितिहरुसग भेट्नु हुनेछ
म फेरि आउनेछु ,अर्को युद्द लड्न अहिलेलाई म गएं
न आउने बाटो गएं,बिहानीको रविको उदय नहुदै मैले आमाको काख र बुवाको स्नेहको भाग्य गुमाइसकेको थिएं
बुवा हजुरको आखामा खसेको त्यो आसुले मेरो आत्मा भिजिरहेको छ
बहिनीदिदि तिम्रो त्यो भक्कानिएको मुटुले मेरो मन पोलिरहेको छ
आमा अनि मेरा जीवन साथिहरु मैले अचानक छाडेर न आउनु थियो
त्यहाको शोकले मेरो आत्मा बाट रगत चुहिदैछ
मलाई गार्हो भयो बुवा,म मुर्छित भएं आमा

म जस्तै प्रकाशहरु करोडौको सान्त्वना पढ्दै
म शुन्यतामा उडिरहेको छु
म फेरि जन्मिनेछु नया क्रान्ती गर्न
म फेरि आउनेछु मेरो देश बनाउन
तर अहिले मेरो बेला भयो,समय आइपुगेछ
अनि आइतबारको बिहान म उडें,खै कहाँ उडें
सम्झिदै उड्दै छ मेरो आत्मा
तपाइहरु सम्हालिनुभयो भने अवतरण गर्नेछ मेरो आत्मा
यहि आनन्द र मनमोहक दृष्य बोकेको असाध्यै सुन्दर मेरो स्वर्गमा
आमा तपाईं नरुनुस है ,बाबा हजुर सम्हालिनुस है
छोरा छन मेरा तिनैलाई अब जवान प्रकाश बनाउदै
बुवा हजुरले देश चलाउनुस है?

म प्रकाश सदा हजुरको साथमा रहिरहनेछु
भौतिक रूपमा सकिन आउनलाई स्मृतिभरी बाचिरहनेछु
म अहिले गएं फेरि पनि आउछु
बिना,सिर्जना अब सम्हालिनु है
म आउनेछु हरेक यादमा स्मृति सजाउदै
टुहुरो मेरो देशमा नौलो बिहानी भराउदै
गंगा ,रेणु मेरा दिदी र बुनु अब हास्न सिक्नु
अनि मेरो आत्माले मुक्तिको यात्रामा महाप्रस्थान गर्नेछ
अहिले त म मेरो ठुली दिदी ज्ञानुसग भेट्न
आतुर आत्मा बोकेर उड्दैछु ,उड्दैछु

उनकै साथ जान बायुबेगले मेरो आत्माक गति बढाउदैछु
नरुनु मेरो बुवा,नरुनु मेरि आमा,नरोउन मेरा दिदिबहिनी आफन्त
म आउनेछु पुन: एकदिन महान क्रान्तिको यात्रामा पुन: पुन: नयाँ दिपक जलाउन
०४ मङ्सिर(सोमबार)२०७४
मेलम्ची नगरपालिका -१;भोटेचौर,सिन्धुपाल्चोक
हाल: काठमाडौं ,नेपाल

The post आमा तिमि नरुनु है ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jaLJQS
via IFTTT

No comments:

Post a Comment