Tuesday, November 21, 2017

यी हुन् सानो ‘प्रकाश’, जसले प्रचण्ड परिवारको यसरी मन बुझाएका छन्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतबार बिहान अचानक निधन भएपछि यतिबेला उनको परिवार ठूलो शोकमा डुबेको छ । एक मात्र छोरालाई अल्पायुमै गुमाउनुपर्दा उनको परिवारमा ठूलो बज्रपात प¥यो ।

३ बर्षअघि जेठी छोरी गुमाउनुपर्दाको पीडाका बीच फेरी छोरा गुमाँउदा उनीहरुले मन थाम्न सकेका छै्नन् ।

तर, यतिबेला उनीहरुलाई मन बुझाउने बाटो बनेका छन् प्रकाशका दुई छोरा प्रसिद्ध दाहाल र प्रणव दाहाल । साँढे २ बर्षका प्रणव विना मगरतर्फका छोरा हुन् भने प्रसिद्ध अर्की श्रीमती सिर्जना त्रिपाठीका छोरा ।

मंगलबार काठमाडौैंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको बिशिष्ट कक्षमा भेटिएका प्रचण्ड परिवार शोकाकुल अवस्थामा थिए भने साँढे २ बर्षका अवोध वालक प्रणव आफ्नै शुरुमा खेलिरहेका थिए । प्रणवको साथमा थिइन् उनकै उमेरकी प्रचण्डकी कान्छी छोरीबाट जन्मिएकी नातिनी । सबैको ध्यान दुई बालबालिकाको बालसुलभ क्रियाकलापमा केन्द्रीत थियो ।

बिहान ११ बजे यति एयरलाइन्सको जहाज चार्टट गरेर प्रचण्ड परिवार चितवन जाँदै थिए । उनीहरुको साथमा थिए एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी नेताहरु मातृका यादव, रामबहादुर थापा बादल र आफन्त ।

विमानस्थलमा सिर्जनाका आमा छोरा चाहिँ देखिएनन् । रातो पाटि बाट

The post यी हुन् सानो ‘प्रकाश’, जसले प्रचण्ड परिवारको यसरी मन बुझाएका छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BbcgWg
via IFTTT

No comments:

Post a Comment