Wednesday, November 22, 2017

लाश माथिको राजनिती: पति गुमाएकी अर्धमुर्क्षित पत्निलाई ३ दिनमै चुनावी सभामा लगेर यो के गरेका होलान ?

भएको एउटै पुत्र गुमाएकी शोकले विह्वल आमा र पति गुमाएकी अर्धमुर्क्षित पत्निलाई तेस्रो दिनमै लगेर चुनावी सभामा खडा गरिन्छ। मृतकका कुराहरु सुनाएर र तस्वीरहरुका कार्निभल गरेर थप पीडा दिइन्छ, रुवाइन्छ।

सहानुभूति बटुलिल्छ। अनि गठबन्धनका एक नेताले भन्नु हुन्छ “प्रचण्ड”जीले १५ हजारको अन्तरले नजिते हाम्रै पार्टीको बेइज्जत हुन्छ। के यो लास माथिको राजनीति हैन? हिजो मानविय संवेदनाको कुरा गर्नेहरु आज कता छन? आफ्ना प्रिय गुमाएकाहरुको बिन्ती यसरी तमासा नगर। उनीहरुलाई एकान्तको खाँचो छ। नियतीबाट लुटिएको यी नारीहरु माथी यो अन्याय भएन? उनीहरुलाई नितान्त पारिवारिक वातावरण, साथ र समयको जरुरत छ। तर यो कुरा कसले बुझ्ने? सबैलाई राजनीतिको भेंडी चाल जो चल्नु छ।
*फेरि एकपटक प्रकाश दाहलमा हार्दिक श्रद्धाञ्जली।

निर्दयी ईश्वरले उनको आमा र पत्नीहरुलाई पीडा सहन सक्ने शक्ति प्रदान गरुन।
भिडियो हेर्नुहोस:

The post लाश माथिको राजनिती: पति गुमाएकी अर्धमुर्क्षित पत्निलाई ३ दिनमै चुनावी सभामा लगेर यो के गरेका होलान ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jLeE1H
via IFTTT

No comments:

Post a Comment