Thursday, November 30, 2017

अदालतमा विस्फोट, एकको मृत्यु, १० जना घाइते

युक्रेन | युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन्।

पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोट भएको प्रहरीले जनाएको छ।

स्थानीय समय अनुसार विहान ११:२० मा विस्फोटनको घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन्। विस्फोटन भएका बेला अदालतमा सुनुवाइ भइरहेको थियो।

घटनामा परी घाइते भएका दश जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्। घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको पनि जानकारी दिइएको छ। सिन्ह्वा/फोटो: गुगल

The post अदालतमा विस्फोट, एकको मृत्यु, १० जना घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j6pyf9
via IFTTT

No comments:

Post a Comment