Saturday, November 25, 2017

बुहारी आउनुअघि बुवालाई पोखरा घुमाउँदै तक्मे (विल्सन बिक्रम राई)

हास्यकलाकार तथा अभिनेता विल्सन बिक्रम राई ‘तक्मे बुढा’ अहिले पोखरामा छन् । गोर्खा र बराहा ज्वेलर्सको छैटौं बार्षिक उत्सवको कार्यक्रमका लागि पोखरा पुगेका उनले आफ्नो बुवालाई पनि साथमा लिएर गएका छन् । पोखरा पुगेका विल्सनले आफ्नो र बुवाको फोटो सामाजिक संजालमा समेत अपलोड गरेका छन् ।

बुवासँगको एक फोटो पोस्ट गर्दै विल्सनले ‘ सौभाग्य हो यो आफ्नो बाबू सङ्ग घुम्नु र घुमाउनु पाउनु, जीवनमा पहिलो पल्ट देखि कती धेर पल्ट बुबाको हात समातेर बुबाको पछी पछी हीडेको छु आज बुबा लाई आफुसङ्ग घुमाउनु पाउनु यो भन्दा ठूलो कुरो केही हैन’ लेखेका छन् ।

हामीसँगको कुराकानीमा उनले आफु एक कार्यक्रमको लागि पोखरा पुगेको बताएका छन् । ‘कार्यक्रम पनि थियो र घुमघाम पनि हुन्छ भन्ने हिसाबले पोखरा आएका हौँ ।’ तक्मेले भने ।

‘बुवालाई मात्र लिएर जाने कि बुवाकी बुहारीलाई पनि लैजाने हो ?’ भन्ने प्रश्नमा हाँस्दै विल्सनले भने, ‘बुहारी आउनु भन्दा अघि बुबालाई त घुमाउनु पर्यो नी, अनि फेरि बुहारी आए पछि बुहारीलाई घुमाउने कार्यक्रम छ भईहाल्छ नी !’

अहिलेसम्म अबिबाहित विल्सनले बुवाकी बुहारी पनि छिट्टै भित्र्याउने बताएका छन् । ‘मिती नै चाँहि पक्का भईसकेको छैन तर छिट्टै नै भित्र्याईन्छ ।’ विल्सनले हास्दै भने । बलिउड फिल्महरुमा समेत अभिनय गरिसकेका विल्सन पछिल्लो देश तथा विदेशका कार्यक्रमहरुमा ब्यस्त छन् ।

The post बुहारी आउनुअघि बुवालाई पोखरा घुमाउँदै तक्मे (विल्सन बिक्रम राई) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AbIS1O
via IFTTT

No comments:

Post a Comment