Friday, November 3, 2017

यहि हो राजनीति? काङ्ग्रेस सभापति शेरबहादुर नै एमालेमा प्रवेश, किन गरे यस्तो?

चुनावको मुखैमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पूर्व सभापति शेर बहादुर ढांटले बुधबार नेकपा एमालेमा प्रबेश गरेका छन् ।

२०४६ सालबाट नै नेपाली काग्रँसको राजनीतिक जीवन शुरुवात गरेका ढाँटलाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं. ७ का ईन्चार्ज भिम रावलले पार्टीमा स्वागत गरेका हुन । २०४६ सालको आन्दोलन देखि तत्कालिन जिल्ला विकास समितिको सदस्य समेत भइसकेका ढाटले नेकपा एमालेले मात्रै देशलाई निकास र विकास दिने सक्ने भएकोले काग्रेससंगको ३० वर्षिय राजनितिक यात्रालाई पूर्णविराम लगाएर एमालेमा आएको बताए । पूर्व पार्टी सभापतिसंगै एक दर्जन बढी युवाहरुले एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा प्रदेश नं. ७का ईन्चार्ज रावलले अधिकार प्राप्तीको लडाईलाई अब आर्थिक सम्बृद्धिसंग जोड्नु पर्ने बताएका छन् । पछिल्लो समयमा भएको बाम गठबन्धनलाई देखेर केही पार्टीहरुले नेपालमा साम्यवादको आउने भएको भन्दै २००६ साल देखीआज सम्मको स्थितिसम्म नेपाली काग्रेस अधिनायकवादको नमुना भएर प्रस्तुत भईरहेको रावलले बताए । source:morangonline

The post यहि हो राजनीति? काङ्ग्रेस सभापति शेरबहादुर नै एमालेमा प्रवेश, किन गरे यस्तो? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iugi3j
via IFTTT

No comments:

Post a Comment