Tuesday, November 14, 2017

पूजा गर्नु अगाडि यस्ता काम गर्नुहोस्, राम्रो फल प्राप्त हुन्छ

यदि तपाई हरेक दिन घर या मन्दिरमा पूजा या प्रार्थना गर्नुहुन्छ भने तपाईले केही नियम पनि पालना गर्नुपर्ने हुन्छ । नियम भए धर्म हुन्छ र धर्म भए जीवन हुन्छ । अतः नियमानुसार नै कुनै पनि कार्य गर्नुभयो भने उचित हुन्छ ।

त्यसोभए पूजाभन्दा पहिला हामीले गर्नुपर्ने कार्य के हो जो जरुरी हुन्छ ? यो आलेखमा पूजा भन्दा पहिले गर्नुपर्ने कार्यबारे उल्लेख गरिएको छ ।

सौच: सौच अर्थात सुचिता, शुद्धता, शुद्धि, विशुद्धता, पवित्रता तथा निर्मलता । सौचको अर्थ शरीर र मनलाई बाहरी तथा आन्तरिक रुपमा पवित्र पार्नु हो । सौचको अर्थ राम्ररी मल–मूत्र त्याग गर्नु पनि हो ।

सौच दुई प्रकारको हुन्छ, बाह्य र आभ्यन्तर । बाह्यको अर्थ बाहिरी शुद्धि हो भने आभ्यन्तरको अर्थ आन्तरिक अर्थात् मन वचन र कर्मको शुद्धि हो । जब व्यक्ति शरीर, मन, वचन र कर्मले शुद्ध रहन्छ तबमात्रै उसलाई स्वास्थ्य तथा सकारात्मक ऊर्जा र ईश्वरको आशीर्वाद मिल्छ ।

स्नान: शारीरिक शुद्धता पनि दुई प्रकारको हुन्छ, पहिलोमा शरीरलाई बाहिरबाट सुद्ध गरिन्छ । यसमा माटो, उबटन, त्रिफला, नीम आदि लगायर निर्मल जलले स्नान गर्दा त्वचा एवम् शारीरिक अंग शुद्ध हुन्छन् ।

दोस्रो, शरीरका आन्तरिक अंगलाई शुद्ध गर्नका लागि योगमा कैयौं उपाय उल्लेख गरिएको छन् । जस्तै शंख प्रक्षालन, नेती, नौलि, धौती, कुंजल, गजकरणी, गणेश क्रिया, अंग संचालन आदि ।

उपरोक्त करिकाबाट स्नान गर्न सकिने अवस्था छैन भने सामान्य तरिकाले स्नान गर्ने बेला तपाईले आफ्ना सबै १० छिद्रलाई राम्रोसँग सफा गर्नु पर्नेहुन्छ । १० छिद्रमा आँखा र कानका २ दुई छिद्र, कानका २ छिद्र, मुख, नाभि (नाइटो) र गुप्ताङ्ग लिाएर कूल १० छिद्र हुन्छन् ।

धोती: तपाईले सन्ध्यावन्दन, पूजा या आरती गर्ने बेला शरीरमा एउटै कपडा लगानुहोस् । त्यो हो सिलाइ नगरिएको शुद्ध सेतो कपडा । किनकी प्राचिन कालदेखि चलेको नियम यही हो । हिन्दु धर्ममा कुनै पनि प्रकारको पूजा–अर्चनाको बेला श्रद्धालुलाई धोती लगाउन अनिवार्य गरिएको छ । प्राचीनकालमा धोती नलगाएर गरिने पूजा–अर्चनालाई पुर्ण मानिदैनथियो ।

धोती प्राय सूती कपडाबाट बनेको हुन्छ । जो हावादार र सुविधाजनक पनि हुन्छ । धोतीका कारण शरीरका रोमछिद्रमार्फत हामीलाई शुद्ध प्रायवायु मिल्छ । यसलाई पहिरिए पछि सात्विक र निर्मल भाव उत्पन्न हुन्छ ।

शुद्धि र आचमन: मन्दिरमा प्रवेश गर्नु अगाडि पुनः एकपटक शुद्धि गरिन्छ । शौचादिबाट निवृत्ति भएपछि पूजा, प्रार्थना गर्नुपूर्व आचमन गरिन्छ । मन्दिरमा गएर पनि सबैभन्दा पहिले आचमन गरिन्छ । सन्ध्यावन्दन के बेला आचमन, प्राणायामादि गरेर गायत्री मन्त्रले निराकार ईश्वरको प्रार्थना गरिन्छ । त्यसैले पूजा गर्नु पहिले शुद्धि र आचमन गर्नु जरुरी हुन्छ । lokaantar

The post पूजा गर्नु अगाडि यस्ता काम गर्नुहोस्, राम्रो फल प्राप्त हुन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iUTqKw
via IFTTT

No comments:

Post a Comment