Thursday, November 30, 2017

बाहुबलीका स्टार प्रभाससँग फिल्म खेल्न कैयौँ नायिकाहरु पछि लागेका बेला, आलियाले भने अस्विकार गरिन् आखिर किन ?

एजेन्सी । बाहुबलीमा अभिनय गरेर विश्वभर चर्चामा आएका साउथ स्टार प्रभाससँग फिल्म खेल्न धेरैजसो नायिकाहरुले इच्छा देखाइरहेका बेला बलिउडकी सुन्दरी तथा चल्तीकी नायिका आलिया भट्टले भने प्रभाषसँग काम गर्न अस्विकार गरेकी छिन् । फिल्म ‘साहो’ मा आलिया भट्टलाई साउथ स्टार प्रभाससँग काम गर्न राखिएको अफरलाई आलियाले ठाडै अस्विकार गरेको भारतीय अनलाइन भाष्कर दैनिकले लेखेको छ ।

भाष्करका अनुसार साउथका सफल निर्देशक सुजिथले निर्देशन गरेको यस फिल्मलाई तमिल,तेलुगु,मलेयालम र हिन्दीमा समेत बन्दै गरेको उक्त फिल्मको सुटिंग भने पुरा गरिसकेको छ । फिल्म आबुधाबी, रोमानिया र भारतमा सुटिंग गरिएको बताइएको छ । अलिया भट्टले अभिनय गरेका बलिउडका पछिल्ला चलचित्रहरु एकपछि अर्को गर्दै सफल बन्दै गइरहेका बेला आलिया भट्टले अस्विकार गर्नुलाई कतिपय विष्लेशकहरुले उनको घमण्डी पनाका रुपमा हेरेका छन् भने कतिपयले स्वभाविक भएको समेत बताएका छन् ।

The post बाहुबलीका स्टार प्रभाससँग फिल्म खेल्न कैयौँ नायिकाहरु पछि लागेका बेला, आलियाले भने अस्विकार गरिन् आखिर किन ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AIS1SR
via IFTTT

No comments:

Post a Comment