Saturday, November 18, 2017

प्रकाशको निधनपछि नर्भिक अस्पतालमा भावविह्वल आफन्त (तस्बिरहरु)

काठमाडौं- प्रकाश दाहालको निधनपछि नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकहरुको घुइँचो लागेको छ। अस्पताल पुगेका आफन्तजन भावविह्वल देखिन्थे।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्या उँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जानकारी दिए। चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ।

माओवादी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीले भनिन्, ‘अस्पताल पुर्या्उनुअघि नै उहाँको निधन भएको हामीलाई चिकित्सकहरुले बताउनु भएको छ। औपचारिक घोषणा प्रचण्ड काठमाडौं आइपुगेपछि मात्र गर्ने अस्पतालले तयारी गरेको छ।’

The post प्रकाशको निधनपछि नर्भिक अस्पतालमा भावविह्वल आफन्त (तस्बिरहरु) appeared first on Taja nepali news.

http://ift.tt/2jDD0Ky

from SHYANE http://ift.tt/2zfcApN
via IFTTT

No comments:

Post a Comment