Tuesday, November 21, 2017

बैसाख १२ गतेको भुकम्पमाथी बनेको चलचित्र ‘माई लभ प्रोमिस फर काठमाडौं ‘को ट्रेलर सार्वजनिक

२०७२ साल गते नेपालमा गएको महाविनाशकारी भूकम्पको कथामाथी बनेको चलचित्र माई लभ प्रमिस फर काठमाडौंको ट्रेलर सार्वजनिक भएको छ । आउँदो मंसिर १९ गते काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलर मंगलवार सार्वजनिक गरिएको हो ।

जापानी निर्देशक डा तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा ०७२ साल बैशाख १२ गतेको भुकम्पले काठमाडौं उपत्यका आसपासमा पुर्याएको क्षती र भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा उठान गरिएको छ ।

चलचित्रको अधिकांश छायांकन नेपालमा गरिएको भएपनि जापानका धेरै स्थानमा पनि यसलाई छायांकन गरिएको छ । नेपाली र जापानी दुवै देशका कलाकार महत्वपुर्ण भुमिकामा राखिएको यस चलचित्रमा गणेश लामा, शितल श्रेष्ठ,जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय रहेको छ ।

आफ्नो देशको महत्वपूर्ण सम्पदा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको माइ लभ चलचित्रमा ढल्दै गरेको धरहरा देखी भूकम्पले तहस नहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ । फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र माइ लभमा सुष्मा देवकोटा, रमेश कोईराला लगायतका गितकारहरको शब्द साथै राज सागर र दिनेश सुनामकोे संगीत रहेको छ । गौरीशंकर धुजुको छायांकन र नारायण जिसीको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।हेर्नुहोस भिडियो

The post बैसाख १२ गतेको भुकम्पमाथी बनेको चलचित्र ‘माई लभ प्रोमिस फर काठमाडौं ‘को ट्रेलर सार्वजनिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A29rH0
via IFTTT

No comments:

Post a Comment