Monday, November 20, 2017

नाईनलको सारी’ले गिनिजबुकमा नाम लेखाउँदै …

नाईनलको सारी’ले गिनिजबुकमा नाम लेखाउँदै छः माग्ने बुढा ..

दशैँको फुलपातीको दिनदेखी प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा २’ अझैपनि चलचित्र हलहरुमा प्रदर्शनमा आईरहेको छ । यसको प्रिक्वेल चलचित्र ‘छक्का पन्जा’ले १००औँ दिन मनाएको थियो भने ‘छक्का पन्जा २’ले गत बिहिबार ५१औँ दिनको अवसरमा राजधानीमा भब्य कार्यक्रम गरेको थियो । चलचित्रले ५१ औँ दिन मनाउँदै गर्दा चलचित्रका मुख्य कलाकार तथा निर्माता केदार घिमिरेले चलचित्रको चर्चित गीतको बारेमा गज्जबको खुलासा गरेका छन् ।

निर्माता तथा कलाकार केदार घिमिरे(माग्ने बुढा)ले चलचित्रको ‘नाईलनको सारीमा’बोलको गीतले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटिरहेको खुलासा गरेका हुन् । ‘‘नाईलनको सारी’ विश्वको एकमात्र यस्तो गीत हो जसमा नाच्नेलाई भन्दा कोरियोग्राफरलाई बढि पसिनमा आएको थियो ।’ लामो हाँसो हास्दै केदारले बास्तबिक कुरा यसरी भने, ‘खास कुरा के हो भने, कोरियोग्राफरले बिभिन्न तारिकाहरुको बारेमा बताउँदै ८ स्टेपको डान्स सिकाउनुहुन्छ । तर हामीले नसकेपछि त्यसलाई घटाएर ४ स्टेपमा झार्नुपर्ने हुन्थ्यो । हामीले डान्स गर्न खोज्दा जिउँ नै जिउ नै चलाउन गाह्रो भएपछि हामीलाई भन्दा धेरै कोरियोग्राफरलाई पसिना आएको थियो ।’‘नाईलनको सारी’बोलको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । gazzabkoonline

The post नाईनलको सारी’ले गिनिजबुकमा नाम लेखाउँदै … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hOO9b8
via IFTTT

No comments:

Post a Comment