Thursday, November 23, 2017

आफ्नो खातामा अचानक ५० करोड रुपैयाँ आए पछी ..

तपाईंको हातमा अचानक ५० करोड रुपैयाँ पर्‍यो भने त्यसलाई सम्पत्ति वा उद्योग–व्यापारमा लगानी नगरी एक वर्षभित्रै खर्च गर्न सक्नुहुन्छ ? एउटा यस्तै घटना अस्ट्रेलियामा घटेको छ । मलेसियाबाट अध्ययनका लागि अस्ट्रेलिया पुगेकी क्रिस्टिन जियासिन लीको स्थानीय वेस्ट प्याक बैंकमा रहेको खातामा अचानक ५० करोड रुपैयाँ देखिएपछि ती युवतीले उक्त रकम ११ महिनाभित्रै खर्च गरेर सिध्याइन् ।

त्यसको केही समयपछि बैंकलाई आफ्नो गल्ती थाहा भयो । त्यसपछि बैंकले ती युवतीसँग उक्त रकम फिर्ता माग्यो तर युवतीले उक्त रकम आफूले खर्च गरिसकेको तथा फिर्ता गर्न नसक्ने बताएपछि बैंक अदालत पुगेको थियो । लगभग ६ महिनापछि सिड्नीस्थित डाउनिङ सेन्टर कोर्टले क्रिस्टिनलाई निर्दोष ठहर गरेको छ । समाचारअनुसार क्रिस्टिनले उक्त रकम महँगा पहिरन, ज्वेलरी, डिनाइनर ब्याग, जुत्ताजस्ता सामान खरिद गर्न खर्च गरेकी थिइन् ।

The post आफ्नो खातामा अचानक ५० करोड रुपैयाँ आए पछी .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mX979g
via IFTTT

No comments:

Post a Comment