Wednesday, November 1, 2017

कण्डमको सट्टा पुरुषहरुका लागि नयाँ गर्भनिरोधक क्रिम आयो

एजेन्सी । कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन् । बाँदरमा गरिएको परीक्षण सफल भएसँगै बैज्ञानिकहरुले पुरुषका लागि नयाँ क्रिमको उत्पादन गरेका छन् ।

जुन क्रिमले गर्भनिरोधकका रुपमा काम गर्नेछ । त्यो क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्न सक्ने बताइएको छ । उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नुपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन् । यो गर्भनिरोधक क्रिम ल्याउने कम्पनीका अनुसार दुई वर्षको परीक्षणपछि यसले काम गरिररहेको तथ्य पुष्टि भएको हो । यो परीक्षण बाँदर प्रजातिमा कामसमेत गरेको कम्पनीको दाबी छ ।

केही वर्षमै यो पुरुषहरुको प्रयोगका लागि ल्याउन सकिने कम्पनीले उल्लेख गरेको छ । हाल पुरुषहरुमा दुई तरिकाबाट गर्भनिरोधक गर्न सकिन्छ । एक कण्डमको प्रयोग र अर्को नसबन्दी । क्रिमवाला विधि नसबन्दीजस्तै भएको कम्पनीको दाबी छ ।

शोधकर्ताले नसबन्दी विपरीत पुरुषले बच्चा जन्माउने फैसला बदल्न चाहे यो क्रिम उपयोगी बन्नसक्ने बताएका छन्

The post कण्डमको सट्टा पुरुषहरुका लागि नयाँ गर्भनिरोधक क्रिम आयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lDBCIz
via IFTTT

No comments:

Post a Comment