Sunday, December 31, 2017

खुशिको खबर: युएई सरकारले दियो निशुल्क नेपालीलाई घर फर्किने अवसर

युएई सरकारले भिजिट भिसामा आएर भिजाको म्याद सकिदा समेत युएई बाहिर नगएका र जरिवाना तिर्न नसकि बसेका साथै कामदार भिसा रुपमा आएका तर कम्पनी छोडेर गैरकानुनी रुपमा काम गर्दै आएका नेपालीहरुलाई निशुल्क घर फिर्तीको अवसर प्रदान गरेको छ ।

अंग्रेजी नयाँ बर्षको अवसरमा जनवरी १ तारिखको दिन एक दिनलाई मात्र यो सुबिधा प्रदान गरीएको प्रवासी नेपाली मन्च युएईका अध्यक्ष श्याम कंडेलले सुनौलो नेपाललाई बताए अनुसार सारजाह एअरपोर्टको इमिग्रेसनले पुलिस केश परेका बाहेक अरुलाई जरिवाना नतिरी नेपाल जान छुट दिएको छ ।

त्यसको लागी मेघा मल अगाडीको इमिग्रेसन अफिसमा १ तारिकको दिन बिहान ७ बजे सम्पर्क गर्न भनिएको छ । युएई सरकारको यो सुबिधासंगै महँगो जरिवाना तिर्नुपर्ने अवसरबाट धेरै नेपाली लाभान्वित हुने अवसर प्राप्त भएको छ । sunaulonepal

The post खुशिको खबर: युएई सरकारले दियो निशुल्क नेपालीलाई घर फर्किने अवसर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CfVYQ1
via IFTTT

No comments:

Post a Comment