Thursday, December 28, 2017

एक्ली साम्राज्ञी बिरुद्ध तीन हिरोइन !

नयाँ बर्ष २०७५ को एक हप्ता अघि अर्थात आगामी चैत्र २३ यस्तो दिन बन्दै छ जहाँ नेपालका नाम चलेका चार हिरोइनको प्रतिष्ठाको लडाइँ हुँदैछ । पछिल्लो समयका चर्चाका, चल्तीका अनि नाम कहलिएका चार हिरोइन एकसाथ पर्दामा आउँदैछन् दुई फिल्मको तर्फबाट । फिल्म हुन् ‘तिमी सँग’ र कोहलपुर एक्सप्रेस’ ।

पटक पटक रिलिज तय गर्दै सरिरहेको शिशिर राणाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘तिमी सँग’ले अन्तिम रिलिज चैत्र २३ लाई लक गरेको छ भने अभिनेत्री केकी अधिकारीको निर्माणमा बनेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ अर्को बर्षको बैशाख १४ लाई तोकेको मितिबाट अघि आएको छ जसका कारण भिडन्त पक्का पक्की भएको छ कि साम्राज्ञी भर्सेज केकीको ।

कुरा केकीमा मात्र अड्किएको छैन् केकीको फिल्ममा प्रियंका कार्की र ऋचा शर्मा पनि लिड अभिनयमा छन् । जसले पनि एकल साम्राज्ञी भर्सेज तीन हिरोइनको संकेत गरेको छ । घोषणाको हिसाबले ‘तिमी सँग’ सुरुमा रिलिज गरिएको हो तर केकीको फिल्म भने सोहि मितिमा साउथ सुपरस्टार रजनिकान्त तथा बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म ‘रोबोट २ .०’ रिलिज हुने भएपछि अघि आएको हो ।

लामो समयदेखि अभिनय अनुभव सँगालेकी केकीको डेब्यू निर्माणमा बनेको फिल्मबाट धेरैले आशा पनि गरेका छन् केकीले पनि बर्षौदेखिको फिल्म क्षेत्रसँग नजिक हुँदाको अनुभव फिल्ममा खर्चेको बताउँदै आएकी छिन् । उता केकी ऋचा तथा प्रियंका भन्दा पछिल्लो पुस्तामाझ केहि बर्षयता अलिक लोकप्रिय बनेको नाम साम्राज्ञीको फिल्मलाई पनि कम आँकलन गर्दा हतार हुनसक्छ । उता ‘कोहलपुर एक्सप्रेस’मा एक गीतमा नृत्य गर्दै अर्की अभिनेत्री रिमा विश्वकर्मा पनि जोडिएकी छिन्।

उल्लेखित कुराले हिरो प्रधान मानिँदै आएको नेपाली फिल्म उद्योगमा यो पटक भने हिरोइन भर्सेज हिरोइनको संकेत गर्दा चार जना अभिनेत्रीहरु बीचको भिडन्त रोचक हुने देखिन्छ । परिक्षामा चारै जना होमिँदा ‘कोहलपुर एक्सप्रेस’ निर्देशक विशाल भण्डारी पनि सँगसँगै हुनेछन् उक्त फिल्म भण्डारीको लागी पनि ठुलो पर्दाको डेब्यू निर्देशन हो । बाजी कसले मार्छ त्यसलाई भने केहि महिना मात्र पर्खिँदा थाहा लाग्नेछ ।

Filmy Nepal

The post एक्ली साम्राज्ञी बिरुद्ध तीन हिरोइन ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zK4O2d
via IFTTT

No comments:

Post a Comment