Sunday, December 3, 2017

२० देखि ४० वर्षको उमेरमा गर्नुहुन्न यी गल्ति, नत्र जीवनभर दुर्भाग्य ले छोड्ने छैन

२० देखि ४० को उमेर हरेकको जीवनमा यस्तो समय हो जब व्यक्ति सबैभन्दा धेरै ऊर्जावान् हुन्छन् । यो उमेरमा मानिसहरु आफ्नो हरेक चाहना पूरा गर्न चाहन्छन् र यसका लागि हरसम्भव प्रयास गर्छन् । आफ्नो ऊर्जाको धुनमा तपाईं विभिन्न कुराहरु नजरअन्दाज गर्नुहुन्छ जसले तपाईंको जीवनमा दुर्भाग्य निम्त्याउन सक्छ र तपाईंले सम्झौताको जीवन जिउनका लागि बाध्य हुनुपर्ने सम्भावना निम्तिन सक्छ ।

स्वास्थ्यमा ध्यान नदिनुः

यो उमेरमा स्वास्थ्य र शरिरले तपाईंको साथ दिने गर्दछ । यो चक्करमा तपाईं आफ्नो खानपिनको विशेष ध्यान राख्नुहुन्छ । अनियमित खाना र जंक फुडले तपाईंको स्वास्थ्यलाई दिन प्रतिदिन नकारात्मक असर पुर्याइरहेको हुन्छ जसको असर बढ्दो उमेरसँगै देखिन्छ । भविष्यमा तपाईंको शरिर आवश्यकताभन्दा बढि कमजोर हुनसक्छ ।

बढ्दो उमेरमा तपाईं जतिसुकै पोषक तत्वले भरपुर भोजनको बानी बसाल्नुहोस्, तपाईंको शरिरले यसलाई पूर्ण रुपमा सोस्न पाउँदैन । त्यसकारण यो उमेरदेखि नै स्वास्थ्यका लागि हानिकारक खानेकुरा खान बन्द गर्नुहोस् र एक स्वस्थ जीवनशैली अपनाउनुस् ता कि तपाईंको शरिर बलियो रहोस् र बुढेसकालमा शारिरिक कमजोरीसँग जुघ्न नपरोस् ।

बचत नगर्नुः

२० देखि ३० को उमेर यस्तो हुन्छ जब तपाईं कमाउन सुरु गर्नुहुन्छ र पहिलो पटक आफूलाई आर्थिक रुपमा स्वतन्त्र महसुस गर्नुहुन्छ । धेरैजसो मानिसहरु यो स्वतन्त्रतालाई महसुस गर्नका लागि खानपिन र मोजमस्तीमा खर्च गर्दछन् । उनीहरु भविष्यका लागि कुनै योजना तयार गर्दैनन् र बचत गर्ने त उनीहरुको बानी नै हुँदैन । तपाईंले पनि सुन्नुभएको होला, समय सधैं एकैनासे हुँदैन त्यसकारण अहिले देखि नै बचतको बानी बसाल्नुहोस् । पछि परिवारको जिम्मेवारी तपाईंको काँधमा आउँछ त्यसैले पनि यो समयमा बचत गर्नैपर्छ ।

भ्रमणः

धेरै मानिसहरु अवकाशपछि घुम्न रुचाउँछन् र युवावस्थामा पैसा कमाउन र आफ्नो भविष्यमा मात्र ध्यान दिन्छन् । तर पैसा कमाउने र भविष्यको चक्करमा नबिर्सिनुहोस् कि तपाईंको शरिर यो उमेरमा बढि उर्जावान् र बलियो हुन्छ । त्यसकारण घुमघाम र रोमाञ्चक क्रियाकलापका लागि योभन्दा उत्कृष्ट समय अरु हुनसक्दैन । पछि समय र पैसा हुँदा पनि तपाईं यी कुराहरु गर्न असमर्थ पनि हुनसक्नुहुन्छ ।

परिवारलाई समय नदिनुः

करियरलाई उत्कृष्ट बनाउने लोभमा आजकालका युवा यति धेरै व्यस्त हुन्छन् कि आफ्नो परिवारलाई समय दिन पनि पाउँदैनन् । अहिले तपाईंलाई अहिले केही फरक नपारेपनि भविष्यमा यो कुरा सधैं तपाईंको मनमा खट्किरहनेछ ।

विवाह गर्न हतार गर्नु वा नराम्रो सम्बन्धमा रहिरहनुः

मानिसहरुलाई लाग्छ कि काम पाउने बित्तिकै विवाह गर्नुपर्छ तर यस्तो हुनुहुँदैन । विवाह जीवनभरी निभाउनुपर्ने एक बन्धन हो । त्यसकारण जब तपाईंले सही जीवनसाथी पाउनुहुन्छ तबमात्र विवाह गर्नुहोस् । धेरै मानिसहरु विवाह त गर्छन् तर केही समयपछि नै समस्याबाट गुज्रन थाल्छन् ।

आमाबुवा वा बुढाबुढीको सल्लाह नमान्नुः

युवावस्था त्यस्तो बेला हो जहाँ तपाईंलाई आफूले गरेको सबैकुरा सही लाग्छन् । तपाईं नयाँ सोचसहित यति जोसमा हुनुहुन्छ कि अन्य सबै बिचार तपाईंलाई पुरानो र कमजोर लाग्छन् । तर नबिर्सिनुहोस् कि तपाईंका आमाबुवा जीवनको संघर्षमा तपाईंभन्दा अत्यधिक अनुभवी हुनुहुन्छ । त्यसकारण उहाँहरुलाई पनि ध्यानपूर्वक सुन्नुहोस् ।

खराब जागिरमा अड्किरहनुः

थुप्रै पटक तपाईंले रुचाएको जागिर पाउनुहुन्न तर करियरको सुनिश्चितता वा आर्थिक परिस्थितीसँग जुघ्नका लागि तपाईं सम्झौता गर्नुहुन्छ र मन नलागे पनि काम गरिरहनुहुन्छ । यस्तो नगर्नुहोस् र तुरुन्त उक्त कामलाई छोड्नुहोस् नभएर केही समयपछि तपाईंले उक्त कामलाई महत्व दिन छाड्नुहुन्छ र तपाईंलाई आफ्नो जीवन नै व्यर्थ लाग्न सक्छ ।

आमा बुवाको खुसीका लागि आफ्नो सपना त्याग्नुः

तपाईं त्यो काममा मात्र सफल हुनसक्नुहुन्छ जुन तपाईंलाई राम्रो तरिकाले आउँछ । थुप्रै पटक मानिसहरु आफ्नो आमाबुवाको खुसीका लागि त्यो करियर पनि अपनाउने गर्दछन् जसमाथि उनीहरुको रुची नै हुँदैन । परिणाम यस्तो हुन्छ कि उक्त काममा उनीहरुको परफर्मेन्स औसत हुने गर्दछ । त्यसकारण समय हुँदा नै आफ्नो क्षमताको पहिचान गर्नुहोस् र त्यसतर्फ आफ्नो कदम बढाउनुहोस् । आमाबुवाले तपाईंलाई जीवन जिउने तरिका सिकाउन सक्नेछन्, तपाईंलाई संघर्षसँग लड्ने हिम्मत दिनसक्छन् तर यो जरुरी छैन कि उनीहरुले जुन काममा सफलता हाँसिल गरका छ त्यसमा तपाईं पनि निपुण हुनुपर्छ ।-एजेन्सी

The post २० देखि ४० वर्षको उमेरमा गर्नुहुन्न यी गल्ति, नत्र जीवनभर दुर्भाग्य ले छोड्ने छैन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j9kx5E
via IFTTT

No comments:

Post a Comment