Saturday, December 30, 2017

बस चढेर काठमाडौं छिरेका युवाको शरीर छाम्दा पैसैपैसा

काठमाडौं । बसमा सवार एक यात्रुमाथि शंका लागेर प्रहरीले उनको शरीर जाँच गर्दा लुकाएर राखेको ३२ लाख रुपैयाँ फेला परेको छ। उक्त पैसाको स्रोत नखुलेको भन्दै प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

काठमाडौं छिर्ने नागढुंगा चेकप्वाईन्टमा सवारी साधन जाँच गर्ने क्रममा रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको ना.७ ख २७७६ नम्बरको यात्रुबाहक बसमा सवार एक युवा प्रहरी फन्दामा परेका हुन्।

भारतीय नागरिक २५ वर्षीय सोनुकुमार चौधरीलाई शरीरमा कपडाले बेरेर लुकाइ ल्याएको तथा साथको झोलामा राखेको गरी ३२ लाख नगद जफत भएको प्रहरीले जनाएको छ। एकहजार दरका नोट २ हजार २ सय १७ थान र पाँचसय दरका नोट १ हजार ९ सय ६६ थान गरी जम्मा ३२ लाख रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। dcnepal

The post बस चढेर काठमाडौं छिरेका युवाको शरीर छाम्दा पैसैपैसा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2q0mMOD
via IFTTT

No comments:

Post a Comment