Saturday, December 30, 2017

चितामा जलिरहेकी महिलाको पेट फुटेर निस्कियो नवजात शिशु, श्मशानघाटमा रुवाबासी

एजेन्सी। डाक्टरको लापरवाहीले प्रसूती व्यथा लागेकी महिलाको ज्यान गएपछि उनको अन्तिम संस्कारको क्रममा अचानक पेट फुटेर नवजात शिशु बाहिर निस्किएपछि श्मशानमै रुवाबासी चलेको छ । महिलाको शव जल्दै गर्दा अचानक महिलाको पेट विष्फोट भयो र नवजात शिशु चितानजिकै खस्यो । यो दर्दनाक दृश्य देखेर मृतक महिलाका पति चित्कारसहित रुन थाले । यो दृश्य देखेर मलाकीको पनि आँखा रसाए ।

भारतको छत्तीसगढको रायगढमा यस्तो दर्दनाक घटना भएको हो । २२ वर्षकी ती महिलाको १७ जनवरीका दिन सुत्केरी हुने समय तोकिएको थियो । २४ डिसेम्बरका दिन उनी अस्वस्थ भएपछि अस्वताल भर्ना गरिएको थियो । जाँचमा उनको शरीरमा ५ ग्राम मात्रै हेमोग्लोबिन तत्व भएको पाइएपछि डाक्टरले उनलाई ३ पिन्ट रगत चाहिएको बताएका थिए । ल्याबका कर्मचारीले महिलाको लागि ए पोजिटिभ रगत चाहिएको बताएका थिए ।

उनीहरुले २४ घण्टामा रगतको बन्दोबस्त गरे । त्यसपछि अस्पताल जाँदा ल्याबका कर्मचारीले उनीहरुलाई ए पोजेटिभ नभइ ए नेगेटिभ रगत चाहिने बताए । ल्याबका कर्मचारीले अचानक अर्को रगत चाहिने बताएपछि परिवारले जसोतसो एक पिन्ट रगत खोजे । अर्को २ पिन्ट रगत खोज्न उनीहरुलाई समय लाग्यो । त्यतिबेलासम्म ढिलो भइसकेको थियो र महिलाको मृत्यु भयो । dcnepal

The post चितामा जलिरहेकी महिलाको पेट फुटेर निस्कियो नवजात शिशु, श्मशानघाटमा रुवाबासी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CsjOVq
via IFTTT

No comments:

Post a Comment