Saturday, December 30, 2017

दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले भिसा दिन अस्वीकार

केही हप्ता अघि मात्र फिल्म ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेर फर्किएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले कुनै देश जान सबैभन्दा कठिन भएको छ भने त्यो बेलायत हो । पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटक प्रयास गरेकी साम्राज्ञीलाई फेरि बेलायतले भिसा दिन अस्वीकार गरेको छ ।

उनी यूके जान खोज्नुको मुख्य कारण ‘इन्टु मिन्टु लन्डनमा’ नामक फिल्मको छायांकनका लागि हो । साम्राज्ञीको भिसा पटक-पटक अस्वीकृत हुँदा बिग बजेटको यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । साम्राज्ञीले बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।

स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, केहीदिन अगाडि मात्र साम्राज्ञी दोस्रो पटक ‘भिसा पाऊँ’ भन्दै भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । अंग्रेजी नयाँ वर्षको केही सिन खिच्नका लागि साम्राज्ञीसहित निर्माण टीम बेलायत जाने तयारीमा थियो ।

तर, दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले नपत्याएपछि अब ‘इन्टु मिन्टु लन्डनमा’ निर्माण हुन्छ वा हुँदैन ? भन्नेमै प्रश्न चिन्ह खडा भएको छ । यो फिल्ममा साम्राज्ञीको अपोजिटमा देखिन लागेका धिरज मगर भने बेलायतमा बस्ने गर्छन । अहिले फिल्मकी निर्देशक रेनाशा वान्तवा राई यूकेमा साम्राज्ञीको प्रतिक्षा गरिरहेकी छिन् ।

प्राप्त जानकारी अनुसार, फिल्म निर्माण कम्पनीले वर्किङ भिसामा आवेदन दिएका कारण साम्राज्ञीको भिसा पटक-पटक अस्वीकृत भएको हो ।

गएको दुई महिना अगाडि पनि रेनाशा र कलाकार तथा पत्रकार दिलभुषण पाठक फिल्मको सुटिङका लागि भन्दै बेलायत पुगेका थिए । तर, साम्राज्ञीसहित १० जनाको भिसा रिजेक्ट भएपछि रेनशा र पाठक १ महिने बेलायत बसाईपछि नेपाल फर्किएका थिए । फिल्ममा दिलभुषण पाठकले साम्राज्ञीको पिताको भूमिका निर्वाहा गर्दैछन् ।

The post दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले भिसा दिन अस्वीकार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EjOid7
via IFTTT

No comments:

Post a Comment