Tuesday, January 2, 2018

साझपख हलेसी बजार खरानी भएको खबर आयो

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भीषण आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले अहिले भीषण रुप लिएको छ ।

आगोले उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राई लगायतको घर नष्ट भइसकेको छ । ग्याँस पड्किरहेकाले आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट दमकल मगाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘आगो नियनत्रण गर्ने अन्य विकल्प छैन, दिक्तेलबाट दमकल झिकाएका छौँ,’ मेयर राईले भने, ‘ग्याँस पनि पड्किरहेकाले नियन्त्रण लिन अप्ठ्यारो भइरहेको छ।’

दिक्तेलबाट हिँडेको दमकल कम्तीमा दुई घण्टापछि मात्र हलेसी पुग्ने भएकाले आगोले ठूलो क्षति हुने अनुमान गरिएको छ। बाक्लो बजारमै सुरु भएकाले आगोले हलेसीमा त्रास फैलिएको स्थानीय सन्देश राईले बताए। आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको छ। from: Nagariknews

The post साझपख हलेसी बजार खरानी भएको खबर आयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CGvQuJ
via IFTTT

No comments:

Post a Comment