Saturday, January 27, 2018

प्रहरी इन्काउन्टरमा मारिए डिल्लीबजार कारागारबाट भागेका ‘टीके डाका’

काठमाडौँ । काठमाडौं उपत्यकामा भएका शृृङ्खलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछापका टीका थापामगर प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

माघ ४ गते मध्यराती डिल्लीबजार स्थित गोलघरबाट भागेका थापा मगर शनिवार चितवनको रामनगरमा प्रहरीको गोलीबाट मारिएका हुन् ।

‘अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीसँग दोहोरो मुठभेड हुँदा टीका थापामगरको मृत्यु भएको छ’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘जेलबाट भागेपछि खोज्दै जाँदा रामनगरमा थापामगरसँग प्रहरीको जम्काभेट भयो ।’

गोलघरको जाली काटेर टिका फारार भएपछि प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ड्युटीमा रहेका प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

रामेछापको दोरम्बार स्थायी घर भएका टीकालाई पुस २६ गते अपराध महाशाखाले पक्राउ गरेको थियो । ratopati

The post प्रहरी इन्काउन्टरमा मारिए डिल्लीबजार कारागारबाट भागेका ‘टीके डाका’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DH37Fy
via IFTTT

No comments:

Post a Comment