Tuesday, January 2, 2018

रत्नपार्क क्षेत्र तनावग्रस्त, एकैछिनमा बन्यो रणभूमी हेर्नुहोस भिडियो ..

रत्नपार्क क्षेत्र तनावग्रस्त बनेको छ । एकैछिनमा रणभूमीमा परिणत भएको छ । युवा विद्यार्थीले रत्नपार्क क्षेत्र तनावग्रस्त, काठमाडौं पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू ले मुर्दा जुलुशु निकालेको छ। त्रिचन्द्र कलेजबाट निस्किएको जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ। जुलुशलाई तितरवितर पार्न टियर ग्याँस समेत प्रहार भएको छ। प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको छ। विद्यार्थी र प्रहरीबीच झडप समेत भएकोछ।

नेपाल आयल निगमले सोमबार मात्र चौथोपटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो। संगठनले मूल्य बृद्धि खारेज गर्न माग गरेको छ। यस्तै निर्वाचन आयोगलाई समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न समेत उनीहरुले माग गरेका छन्।

The post रत्नपार्क क्षेत्र तनावग्रस्त, एकैछिनमा बन्यो रणभूमी हेर्नुहोस भिडियो .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CrpsdH
via IFTTT

No comments:

Post a Comment