Friday, January 26, 2018

नेपाल आउन लागेका सलमान खानलाई हेर्नका लागि तोकियो टिकट दर

काठमाडौं । बलिउड सुपर स्टार सलमान खान नेपाल आउने निश्चित भएको छ । उनी ओडीसी इन्टरटेनमेन्टले आयोजना गरेको फागुन २६ गते काठमाडौं को टुँडिखेलमा हुने कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन् ।सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाडौं आउने सलमान नेपालमा तीन दिनसम्म बस्नेछन् ।

उनीसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने आयोजकले जनाएको छ । ७ जना कलाकारका साथमा ९० जनाको टोली होटलमा बस्नेछन् ।आयोजकका अनुसार कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको छ । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने छ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका हुनेछन् ।उनलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिने , ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिने र ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्ने आयोजकले बताएका छन् ।

The post नेपाल आउन लागेका सलमान खानलाई हेर्नका लागि तोकियो टिकट दर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DCNEXb
via IFTTT

No comments:

Post a Comment