Tuesday, January 2, 2018

मधेशी महिलाको अवस्था देखेर नायिका केकी अधिकारी रोइन् (भिडियो)

काठमाडौँ, १९ पुस । आउँदो शुक्रबार चलचित्र ‘राज्जा रानी’ प्रदर्शनमा आउँदैछ । यही पुस २१ गते नेपाल, भारतसहित विभिन्न मुलुकमा राज्जा रानी प्रदर्शन हुन लागेको हो ।

सो चलचित्रमा नाजीर हुसैन र केकी अधिकारी मूख्य भूमिका छन् भने कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।यम थापाको निर्देशन तथा एमके पौडेलको निर्माणमा बनेको सो चलचित्रमा राज्जाको भूमिकामा नाजीर र रानीको भूमिकामा केकी रहेकी छन् ।

अभिनेता नाजीर भन्छन्, ‘राज्जा रानीमा म राज्जाको भूमिकामा छु । प्रेमको विषयमा घमण्डी भूमिका निर्वाह गरेको छु ।’ दाइजो र महिला हिंसाको विषय समेटिएको सो चलचित्रमा केकीले भने रानीको भूमिका निभाएकी छन् ।

तराई क्षेत्रमा हुने महिला हिंसाको विषयलाई प्राथमिकता दिइएको उक्त चलचित्रको सुटिङ बाँकेको नेपालगञ्जमा पनि गरिएको थियो । तराई मुलुककी युवतीको भूमिका निभाएकी केकी भन्छिन्, ‘सुटिङको दुई÷तीन दिन नौलो लाग्यो, तर बिस्तारै आफूले मधेशी युवतीको लवज ल्याउन सकेँ ।’

तराईमा महिलाले व्यहोर्ने हिंसाको अभिनय गर्दा आफ्नो मन दुःखेको र साँच्चिकै आँखाबाट आँशु झरेको अनुभव सुनाएकी केकीले भनिन्, ‘उनीहरुको दुःख आफ्नै दुःख जस्तो लाग्यो, अभिनय गरेको आँशु नभएर वास्तविक रुपमै मन नै दुखेर आँशु आएको थियो ।’

सोही चलचित्रका अभिनेता नाजीरले चलचित्र हेरिसकेपछि कुनै एक दर्शकले महिला हिंसाको आवाज उठाएमा चलचित्रको सफलता हुने बताए । उनी भन्छन्, ‘महिला हिंसाविरुद्ध कुनै एउटा घरमा आवाज उठ्छ भने त्यो हामीहरुको सफलता हुनेछ ।’

The post मधेशी महिलाको अवस्था देखेर नायिका केकी अधिकारी रोइन् (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qiEVr6
via IFTTT

No comments:

Post a Comment