Monday, January 1, 2018

निधन हुनुभन्दा अगाडी पशुपतिनाथलाई यसरी सम्झिएकी थिइन् नायिका बिनाले, लेखेकी थिइन् मृत्युबारे यस्तो मार्मिक स्टाटस

काठमाडौं– कलाकार बिना थापाको बुधबार दिउसो राजधानीको बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परी उपचारका क्रममा निधन भयो । उनलाई बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले उनी सवार बा ५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी थापाको उपचारको क्रममा ट्रमा सेन्टरमा निधन भएको हो । निधन हुनुभन्दा केही दिन पहिले नायिका बिनाले पछिल्लो समय पशुपतिनाथको दर्शन अनि त्यहाँको माहोलमा टोलाइरहन मन लागेको कुरा गरेकी थिइन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले लेखिकी छिन् जिन्दगी के रहिछ तर मानवीय घमण्ड आखिर किन रु यस्तै कुराले मलाई पिरोल्छ । धेरैजसो पशुपतिनाथको दर्शन अनि त्यहाँको माहोलमा टोलाइरहन मन लाग्छ । त्यहाँको गतिविधि हेर्नको लागि म प्राय पशुपति जानेगर्छु ।

आफूलाइ फ्रेस बनाउन र केही बुझ्न, त्यहाँ बस्दा समय बितेको पत्तो पाउँदैन । मलाई लाग्छ । मृत्यु भयानक छ । तर ईमानदार छ । मानिसको ईमानदार मित्र कोहि छ भने त्यो मृत्यु हो । मृत्युले कहिले धोका दिँदैन । मृत्युको आफ्नै लय हुन्छ । उनले यो स्टाटस लेखेपछि धेरैले के भयो किन यस्तो कुरा गरेको भन्ने प्रश्न सहितको जिज्ञासा नायिका थापालाई राखेका थिए । त्यसको केही समयमा नै नायिक थापाको निधन हुन पुग्यो ।

The post निधन हुनुभन्दा अगाडी पशुपतिनाथलाई यसरी सम्झिएकी थिइन् नायिका बिनाले, लेखेकी थिइन् मृत्युबारे यस्तो मार्मिक स्टाटस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lEgrTI
via IFTTT

No comments:

Post a Comment