Friday, January 26, 2018

यसकारण नेवार महिलाले फुली लगाउदैनन्,जुन रहस्य तपाईलाई थाहा नहुन सक्छ !

नाक छेडेर लगाइने फुली को चलन नेपालमा कसरी रह्यो त? के यो हिन्दू चलन हो? यदी हो भने, पक्कै फुलीको संस्कृत शब्द पनि हुनु पर्ने हो, के हो त संस्कृत नाम? लिच्छवीकालिन कै कुरा गरौ, नेपालका प्राचीन देवीका मुर्तीहरुमा के फुली लगाइएको छ र?

यो त एघारौ वा बार्हौ शताब्द तिर भारतमा मुगल राज्य रहFदा, मुगलहरुको नजरबाट आफ्नो छोरी चेली बचाउन हिन्दूहरुले प्रचलनमा ल्याएको चलन थियो, कारण त्यस ताका मुस्लिमहरुका बिवाहित महिलाहरुले फुली लगाउने गर्थे (जस्तो कि नेपाली समाजमा सिन्दुर पोते), र उनीहरुको समुदायमा बिवाहित स्त्री माथि दृष्‍टि लगाउनु, हरण गर्नु जघन्य अपराध मानिन्थ्यो।

त्यही भएर हिन्दूहरुले सानैमा आफ्ना छोरी चेलीको नाक छेड्ने गर्थे, ताकी मुगलहरुको गिद्दे नजरबाट बचोस्। त्यो परम्परा बिस्तारित हुँदै गयो, त्यहाँ बसोबास गर्ने सबै हिन्दूहरु र खस समुदायले यसलाई परम्पराकै रूपमा ढाले। त्यहाँबाट बसाइ सराइ गर्दै नेपाल आएका खसहरुले त्याे परम्परा साथै ल्याए, उनीहरुको संसर्गमा परेका अन्य जातजातिले पनि अङ्गाले।

तर प्राचीन समयदेखि कहिल्यै मुगलहरुको र खस सम्प्रदायको संसर्गमा नपरेकाहरुले कहिल्यै फुलीलाई आफ्नो ठानेनन्। ब्राह्मणी हुँदैमा फुली लगाउनु पर्ने होइन, मेरो परिवार पूर्णरूपमा ब्राह्मण हो, तर फुली कसैले कुनै पुर्खाले पनि लगाएनन्, मेरा जातका महिलाहरु कसैले लगाउदैनन् पनि, किनकी हामी त्यो ताका पनि नेपालमै थियौ।

नेवार समुदायका श्रेष्ठ, मल्ल आदि थर गरेकाहरु पूर्ण रूपले क्षत्रीय हुन्, उनीहरु छेत्री हुँदैमा पनि महिलाहरु फुली लगाउदैनन् किन कि उनीहरु पनि त्यतिखेर नेपाल मै थिए। अन्य पनि यही हो। अचेल कसैले आफ्नो स्वेच्छाले लगाये त्यो छुट्टै कुरा हो।

The post यसकारण नेवार महिलाले फुली लगाउदैनन्,जुन रहस्य तपाईलाई थाहा नहुन सक्छ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EdOevR
via IFTTT

No comments:

Post a Comment