Saturday, February 24, 2018

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको दुबईमा निधन, कारण सहित हेर्नुहोस, यस्तो भएको रहिछ ….

आफ्नो शानदार अभिनयद्धारा करोडौंको दिलमा बस्न सफल श्रीदेवीको हृदयघातकाको कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आफ्ना पति बोनी कपुर र कान्छि छोरीसँगै आफन्तको बिहेमा सहभागी हुन श्रीदेवी दुबई गएकी थिइन्।

श्रीदेवीले फिल्म ‘जूली’ बाट बाल कलाकारको रुपमा बलिउडमा प्रवेश गरेकी थिइन्।

मिस्टर इन्डिया,चालबाज,लम्हे,खुदा गवाह,जुदाई लगायत थुप्रै हिट फिल्ममा अभिनय गरेकी श्रीदेवीलाई २०१३ मा भारत सरकारले पद्मश्री बाट सम्मान गरेको थियो।

श्रीदेवीले पाँच पटक फिल्मफेयर अवार्ड पाइसकेकी छिन्। १९९६ मा निर्माता बोनी कपुरसँग विहे गरेकी थिइन्। ५५ बर्षिय श्रीदेवीका दुई छोरी छन्।

श्रीदेवीको निधनमा दु:ख व्यक्त गर्दैं प्रियंका चोपडाले ट्वीट गरेकी छिन्।

The post बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको दुबईमा निधन, कारण सहित हेर्नुहोस, यस्तो भएको रहिछ …. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sQIwOt
via IFTTT

No comments:

Post a Comment