Thursday, February 1, 2018

बिहानै आयो मलेशिया बाट दुख्द खबर : कफी पिउँदा दुई नेपाली अचेत

मलेसिया । कफी पिउँदा मलेसियाको पेनाङमा कार्यरत दुई नेपाली गम्भीर बिरामी परेका छन्। डुरियन फ्लेवरको दुई सानो प्याकेटको कफी मिसाई बाँडेर पिएका उनीहरू बिरामी परेका हुन्।

कफी पिएको करिब १० मिनेटमै उनीहरूलाई रिंगटा लागेको र कमजोर भई अचेतसमेत भएको मलेसियाली भाषाको अनलाइन पोर्टल कोस्मोले उल्लेख गरेको छ।

३१ र ४५ वर्षीय ती दुवैजना त्यहाँको पुलाउ तिकुसस्थित एउटा व्यापारिक भवनमा सुरक्षा गार्डको काम गर्छन्। ती दुईमध्ये एकजना अचेत भएका थिए। बुधबार बिहान ९।३० बजेको उक्त घटनापछि उनीहरूलाई नजिकैको अस्पताल पुर्‍याइएको थियो। हाल उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

The post बिहानै आयो मलेशिया बाट दुख्द खबर : कफी पिउँदा दुई नेपाली अचेत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FCqocH
via IFTTT

No comments:

Post a Comment