Thursday, February 15, 2018

एकाएक भाइरल भई ठूलो सेलिब्रेटी बनेकी १६ बर्षीय प्रियाको परिवारलाई तनाव, गरे यस्तो फैसला

एकाएक भाइरल भई ठूलो सेलिब्रेटी बनेकी १६ बर्षीय प्रियाको परिवारलाई तनाव, गरे यस्तो फैसला

भ्यालेनटाईन डे भन्दा पहिला आँखा झिम्याएको एक भिडियो क्लिपको कारणले चर्चामा आएकी प्रिया प्रकाश वारियरको जीवनमा केही पनि राम्रो भईरहेको छैन । प्रियाको यो चर्चाले उनको परिवार खुसी छैन । एक अंग्रेजी वेबसाईटका अनुसार प्रियाको अपत्यारिलो र असहज चर्चा भएपछि उनलाई होस्टल पठाईएको छ ।

अचानक भएको चर्चाको कारण प्रिया एकदमै तनावमा रहेको प्रियाकी आमा प्रीथा बताएको कुरा उद्धृत गर्दै अंग्रेजी वेबसाईटले खबर लेखेको छ । खासमा प्रियाको फिल्मको निर्देशकले फिल्म रिलिज हुनुभन्दा पहिले उनले कुनै पनि अन्तर्वार्ता नदिनको लागि भनेका थिए । तर फिल्मको सुटिङ सुरु हुनेबित्तिकै उनको भिडियो क्लिप भाईरल भईदियो । यो हो–हल्लाबाट बच्नको लागि उनलाई होस्टल पठाईएको हो ।

इंंटरनेटमा आएको उनको क्रेजको बिरोध गर्न पनि प्रियाकी आमा प्रीथाले सकिरहेकी छैनन् । यसको बिरोध गर्नाले मानिसहरुमा नकारात्मक सन्देश जाने प्रीथा बताउँछिन् । “हामीले कहिल्यै पनि सोचेका थिएनौँ अचानक यस्तो भाईरल भईदिन्छ ।” प्रीथा भन्छिन्, “हामीले उसलाई एक्टिङमा देख्न चाहेका थियौ । त्यसैले उनलाई अडिसनको लागि लिएर गएका थियौ । उसको सेलेक्सन पनि भयो तर त्यो समयमा प्रिया १२ कक्षाको परिक्षा दिईरहेकी थिईन् । त्यसकारण सुटिङ गर्न पाईनन् । त्यसपछि फिल्ममेकरले उनलाई अर्को फिल्मको लागि तयार रहनको लागि भनेका थिए ।

एक दिनमै ६ लाख भन्दा धेरै इंस्टाग्राममा फलोअर्स भएकी प्रिया विश्वको तेश्रो सबैभन्दा पपुलर इंस्टग्राम सेलिब्रेटी बनेकी छिन् । तर प्रियाकी आमाले उनको कुनैपनि अफिसियल इंस्टग्राम आईडी नभएको बताएकी छिन् । प्रिया अहिले १८ बर्षकी भईन् ।

The post एकाएक भाइरल भई ठूलो सेलिब्रेटी बनेकी १६ बर्षीय प्रियाको परिवारलाई तनाव, गरे यस्तो फैसला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EHkqdI
via IFTTT

No comments:

Post a Comment