Monday, February 26, 2018

धर्मले जे भनोस्, स्वास्थ्यका लागि गहुँत (पिसाब) अत्यन्त हानिकारक ‘डेन्जर’ नै रैछ, यस्तो सम्म भन्छन डाक्टरहरु

हिन्दु धर्म परम्परामा हरेक धार्मिक तथा सामाजिक संस्कारहरुमा गाईको गहुँतप्रयोग गर्ने चलन छ । मानिसहरु चोखो तुल्याउन होस् या अन्य बैदिक विधिको लागि गाईको गहुँत आवश्यक हुन्छ ।

मानिसहरु मरेर घाटमा लाने बेलामा मलामी गईन्छ । मलामी पुगेर फर्कदा गाइको गहुँत नखाईकन घर छिर्न मिल्दैन भन्ने कथन छ । त्यसैगरि अन्य विभिन्न पुजाआजामा पनि गाईको गहुँत अनिवार्य हुन्छ । गाईको गहुत शुद्धताको प्रतिक हो , यो हाम्रो धार्मिक विश्वास हो । तर, गहुत खादाँ फाईदा भन्दा बेफाईदा बढि भएको डाक्टरहरु बताउछन ।

डाक्टरहरुको अनुसार गाईको गहुँत खानु स्वास्थ्यको दृष्टिले राम्रा मानिँदैन । किनकी हरेक प्राणीको मुत्रथैलीमा शरीरको विकारको पदार्थहरु जम्मा हुने गर्दछ । ती जम्मा भएको विकारको पर्दाथहरु पिसाब भएर निक्लन्छ । त्यसैले गहुँत खानु राम्रो होईन ।

डा. रोशन राउत मुटुरोग विशेषज्ञ हुन् । उनकाअनुसार गाईको गहुतको महत्व धर्ममा जत्तिनै वर्णण गरेपनि स्वास्थ्यको हिसाबले हानिकारक हो । भन्छन ‘गहुँत भनेको पिसाब हो, पिसामा शरीरको फोहोरी पदार्थहरु जम्मा हुने हो । त्यसैले फोहोर खाँदा स्वास्थ्य राम्रो हुँदैन ।’

उनको अनुशार हामीले खाएका कतिपय पदार्थहरुको विकार पिसाब थैलीमा जम्मा हुन्छ । उक्त विकार शरीरमा रहदा शरीर बिरामी हुने भएकाले पिसाब नलीबाट बाहिर निक्लन्छ । मानिसको जस्तै प्रक्रिया जनावरमा पनि लागू हुने भएकाले खानु राम्रो होईन ।

उनी भन्छन ‘अझ बिरामी गाई अर्थात दीर्घरोगी गाईको गहुँत भयो भने मानिसको स्वास्थ्यमा गम्भिर असर पर्छ । धार्मिक महत्वलाई ध्यानमा राख्दै त्यसको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । त्यो निल्नै पर्छ वा खानै पर्छ भन्दा पनि त्यसको असरलाई ध्यानमा राखेर धार्मिक कार्यमा प्रयोग गर्नुपर्छ ।

यसबारेमा तपाइलार्इ के लाग्छ? के यो डा.को कुरा सही हो त?

The post धर्मले जे भनोस्, स्वास्थ्यका लागि गहुँत (पिसाब) अत्यन्त हानिकारक ‘डेन्जर’ नै रैछ, यस्तो सम्म भन्छन डाक्टरहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BTtBFZ
via IFTTT

No comments:

Post a Comment