Friday, February 2, 2018

साझपख त्रीभुवनअन्त राष्ट्रीय बिमान स्थलमा घट्यो अर्को खतरनाक घटना

काठमाडौं– नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुल बहादुर राई अबैध सुन सहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत राईलाई केन्द्रिय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले बिहीबार बालुवाटार स्थित उनको कोठाबाट नियन्त्रणमा लिएको हो ।कुल बहादुर राई र अर्का एकजना २० तोला अवैध सुन सहित पक्राउ परेका छन्’ महानगरीय

अपराध महाशाखाका प्रमुख (एसएसपी) दिवेश लोहनीले भने, ‘आवश्यक कारवाहीका लागी हामीले राजस्वमा बुझाएका छौं ।’बिहीबार बिहान प्रहरी सहायक निरीक्षक राई एयरपोर्टमा ड्युटी अफिसर थिए । सादा पोशाकमा ड्युटी गरिरहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन गोल्डेन गेटबाट पास गराएका थिए ।त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझपख उक्त सुन आफ्नो डेरामा लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोले बिगत केही दिनदेखी त्रिभुवन विमानस्थलबाट हुने अवैध सुन तस्करीबारे निगरानी गरिरहेको थियो । निगरानीका क्रममा ड्युटी अफिसर रहेका राईले सुन पास गरेको खुलेपछी प्रहरी टोलीले उनलाई रसियन एम्बेसीको पछाडी रहेको उनको डेराबाट नियन्त्रणमा लिएको बताईएको छ ।कुल बहादुर राई त्रिभुवन विमानस्थलमा कार्यरत असई भएको पुष्टि गर्दै विमानस्थलका प्रमुख (एसएसपी) प्रेम चन्दले भने, ‘अपराध महाशाखाले नियन्त्रणमा लिएको खबर आएको छ, किन नियन्त्रणमा लिएको भन्नेबार हामीले आधिकारीक पत्र पाईसकेका छैनौं ।’ SOURCE:NEPALONLINE PATRIKA

The post साझपख त्रीभुवनअन्त राष्ट्रीय बिमान स्थलमा घट्यो अर्को खतरनाक घटना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EcoDpy
via IFTTT

No comments:

Post a Comment